काभ्रेको बेथानचोकको अवैध ढुङ्गा खानीमा गएको पहिरोले एकै परिवारका तीन जनाकाे ज्यान लियो

काभ्रेको बेथानचोकको अवैध ढुङ्गा खानीमा गएको पहिरोले एकै परिवारका तीन जनाकाे ज्यान लियो

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  भदौ ३१, २०७९

भगवान पनि कति निर्दयी बिचरा बुढा गुमाएको पीडामा थलिएकी ठूली मायाको परिवारको घरमा भएका परिवारलाई अबैध रुपमा सञ्चालनमा रहेको ढुङ्गा खानीको पहिरोले सुतेको बेला एकै चिहान बनाइदिएको छ । 

भनिन्छ , दशा बाजा बजाएर आउँदैन त्यसैले बेलैमा सचेत नहुँदा आज एकै घरका तीन सन्तानको ज्यान जान क्षणभरमै छेउमै रहेको ढुङ्गा खानीको  लापरबाहीका कारण गएको छ ।
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलाल गणेश थानमा बसिरहेकी ६५ बर्षिय ठूली माया तामाङ लगायतका उनका ४० बर्षिय छोरी साबित्री तामाङ र ४४ बर्षिय  माइला छोरा नीर बहादुर तामाङको आफ्नै घर माथिको ढुंगा खानीबाट आएको पहिरोका कारण ज्यान गएको हो । 

बिगतमा  देखि नै ढुङ्गा खानी सञ्चालनमा रहेको  तर केही समय रोकिएको र अहिले  १र २ महिनामा सञ्चालनमा ल्याएको साथै मृतक परिवारको पनि ढुङ्गा खानीमा शेयर रहेको स्थानीयहरुका दावी छ भने र आदि भन्दा बढी जसो जग्गा उनीहरुको बताएको छ । 

 ठूली मायाको  २ छोरी र ४ छोरा रहेकोमा  सबै शहरतिर बस्थे कुनै बैदेशिक यात्रा बाट भर्खरै फर्केका थिए। ठूलि मायाको श्रीमान बितेको ८ महिना अघि मात्र क्यान्सरले गर्दा निधन भएको थियो । 

आफ्नो श्रीमान गुमाएर चर्किएको आलो घाउलाई बिस्तारै मनलाई सम्झाउँदै बसेकी ठूली माया प्राय घरमा एक्लै बस्ने गर्थिन् ।  छोरा छोरीहरु आ-आफ्नो कमाइमा लागेका थिए ।  एक्लोपन त्यहि माथी श्रीमान गुमेको पीडामा बसेकी ठूली मायालाई छोराहरु आउदै भेट्दै जाने गर्ने गरेको छिमेकीहरुले बताउँछन् । 

उता आमा एक्लै भइन भनी बिदेशबाट कान्छी छोरी सावित्रा बैदेशिक  रोजगारी छोडेर नै  घरमा  आएर बसेको लगभग २ महिना बित्दै थियो। तर ती छोरी आमालाई एक्लै भइन भन्दै १० धारा दुधको भार तिर्न परदेश देखि फर्किनु पनि दशा नै बनिदियो जन्म दिने आमाको वरिपरि रम्दै रमाउँदै आफ्नी आमालाई स्याहार गर्छु भन्दै आएको २ महिना हुन लाग्दै छोरी पानी पिउन समेत नपाए घरमै छोपिनु पर्यो। 

उता माइला छोरा नीर बहादुर तामाङ पनि आमा भेट्न त्यही अघिल्लो दिन घर आएका थिए आमासँगको भेट २२ र २४ घन्टा पनि राम्रो नबित्दै आफ्नै घरमा एकै चिहान हुनुपर्यो।

भदौ ३० बिहीबार राती परेकाे  निरन्तर वर्षासँगै बिहान ३ बजेर ३० मिनेटमा आएको पहिरोले  ठूली मायाको घरलाई  ढुंगा खानीको पहिरोले तहसनहस बनाइदियो। छोरा निरबहादुर र छोरी सावित्राको घटना स्थलमै मृत्यु  भयो भने आमा ठूली मायाको उपचारको क्रममा बनेपा शिर मेमोरियल अस्पतालमा  बिहान ८ बजे मृत्यु भयो।

स्थानीय ध्रुवबहादुर तामाङ भन्छन्- बिचरा आमाको बुढा बितेको ८ महिना हुँदै छ । छोरी पनि बिदेशबाट आएको २ महिना जति भयो आमा एक्लै भइन भनेर आएको थिइन 
के गर्नु आज त्यस्तो भयो  । त्यो  ढुङ्गा खानी सञ्चालन नगरेको भए हुन्थ्यो उहाँहरुको पनि शेयर  थियो। सञ्चालन गरे पनि त्यहाँ नबसेको भए हुन्थ्यो दु;ख लागेको छ ।

त्यस्तै स्थानीय सुवर्ण दोङ भन्छन् - घर नजिकै ढुङ्गा खानी भएकोले त्यसको परिणाम भोग्नु पर्यो। दुःख लाग्छ अझै सचेत भइएन भने धेरैले अकालमै ज्यान गुमाउनु पर्ने हुन सक्छ । 

आज मृतकहरुको बौद्ध परम्पराअनुसार काठमाडौंको स्वयम्भूमा संस्कार कार्य गरिने उहाँको परिवारहरूले जनाएका छन् । मृतकहरुको शव पोष्टमार्टमका लागि बनेपा लगिएको थियो। बनेपाको शिर मेमोरियल हस्पिटलमा गरिएको पोष्टमार्टम पश्चात आज दाहसंस्कार गर्न लागिएको हो। मृतकहरुको शव बनेपाबाट काठमाडौँको स्वयम्भू लगिएको छ।

साथै स्थानीयहरुले त्यहाँ अबैध रुपमा अझै ढुङ्गा खानी  सञ्चालन गरे फेरि कस्तो ज्यान जाने थाहा नभएको र अब कमजोर भिरालो भुगोलमा वा बस्ती नजिक यस्ता अबैध खानीहरूलाई प्रतिबन्ध लगाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन्।