जब शिक्षक सिवाकोटीले ‘बचाउ, बचाउ, म यहाँ अड्किएको छु' भन्दै २४ घण्टा खोलको कोप्चामा बिताए

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न. १ स्थिति  सर्कथली आधारभुत विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाकाे कोप्चाबाट २४ घण्टा पछि सकुशल उद्दार गरिएको छ । २०७९ असोज १ गते शनिबार छ्यादी खोलामा नुहाउन जाँदा बगेका थिए । 

मृत्युको मुखबाट फर्किएका शिक्षक केशव शिवकोटीको घर दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा न ३ घर हो ।  उनी अहिले ३७ बर्षको भए ।

 अहिले उनि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न. १ स्थिति  सर्कथली आधारभुत विद्यालयमा पढाउने गर्छन्। केशव जब शनिवार भयो उनी हेलम्बुको छ्यादी खोलामा साथीहरुसँग नुवाइ धुवाइ गर्न जाने गर्थे।

२०७९ असोज १ गते शनिबारको कुरा हो।

उनी अघि पछि झै‌ं शनिबार पनि केशव अरु ४ जना साथिहरु सँगै  नुवाइ धुवाइ गर्न भनेर  छ्यादी खोलामा जान्छन्।  अरु दिन झै त्यो दिन यस्तो होला भनेर के थाहा र उनी उनी नुवाइ धुवाइ गर्न खोला छेउ जान्छन्। उनी एक्कासि  लेउ लागेको टुङ्गामा टेक्न पुग्छन् र चिप्लिन्छ। एक्कासि  चिप्लिए पछि उनी उठ्न सक्दैनन् खोलाको बेगले हुत्याउँदै तल सम्म लान्छ। 

उनी आत्तिएर चिच्याउँछन्। आफन्त परिवार र साथी भगवान् सबैलाई सम्झिन्छन् तर के गर्नु  आँखै अगाडि साथी अदृश्य भएको देखेर मन थाम्न सक्दैनन् । उनी  धेरथोर पौडिन जान्ने भएकाले कठिन परिस्थितिमा पौडी खेल्दै  केही सम्हालिन कोशिस गर्छन्। खोलाको छालसँग भिड्दा भिड्दै गलेका शरीरमा केही फूर्ती निकाल्दै,  पौडिन्छन् जब पौडिदै जान्छन् एउटा कोप्चाको ढुंगा देखेपछि समातेर उक्लिएर बस्छन् ।  उज्यालो समय छ्यादी खोलासँग जुध्नमा गएकाले शरीर खुबै गलेको हुन्छ, अब बिचरा उनलाई बाच्ने सहारा त्यहि ढुंगा थियो।

 उनी त्यही अफ्ट्यारो ढुङ्गामाथि जीवितै यही बसि रहनु बाहेक विकल्प पनि थिएन ।उनी मन मनै  भगवान सम्झिएर खुबै पुकार गर्छन्। फेरी चिच्याउँछन्  'मलाई बचाउ,  मलाई बचाउ'   भन्दै तर बिच खोलाको आवाज कसले नै सुन्छ र उनी गुहार माग्दा माग्दै थाक्न पुग्छन्। थाके पनि उनी मनमा आसा कहिले मार्दैनन् जसरी भएपनि मेरो उद्धार हुनेछ भन्ने मनमा आशा चाहिँ राखि रहन्छन्। उनी  रातभर बिउँझै भोको पेट कुरिरहन्छन्, कुर्दा कुर्दै कसैले थाहा नपाएपछि उनी त्यही खोलाको आवाज सुनेर भिजेको शरीर अनि  मनलाई ढाडस दिदै शरीर कमाउँदै बस्छन्।

उनी कहिले उज्यालो होला भगवान र रात पनि छोटो हुँदै गइदिए पनि हुन्थ्यो नि अनि  उनी उद्धारको लागि चिच्याउँदा कसैले थाहा पाउँथे कि भनी चिच्याइरहन्छ । सोच्दा सिच्दै बिहान हुन्छ । नभन्दै उनी  चिच्याउँदै  ‘बचाउ बचाउ गुहार गुहार म यहाँ अड्किएको छु ’ भन्दै कराउँछन्।त्यहाबाट हेलम्बु गाउँपालिका नाकोते भेग पारीको जंगलबाट छ्यादी खोला प्रष्ट देखिन्थ्यो। त्यहाँ घाँस काट्न आएका एक वृद्धले उनलाइ देख्छन्। उनी हात हल्लाउँदै  कराउँछन्। त्यसपछि ति  वृद्ध ब्यक्तिले अन्य स्थानीय र अरुलाई खबर गर्छन्।  स्थानीयहरु भने लौन मान्छे बगाएर बिच खोलामा अड्किएर बसेको छ भन्दै  गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई खबर गरिदिन्छन्। अध्यक्षले धेरै ठाउँमा  समन्वय गरि  नेपाली सेनाको हेलिकोप्टरसहित  नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवा जन र जनप्रतिनिधि उद्धारमा आउँछन् ।तर उनी  त्यतिबेलासम्म  चिच्याउँदै गुहार माग्न छाडेको हुँदैनन्।

अन्दाजी सय मिटर तल उनलाई  कोप्चामा डोरी लिएर लिन आएको देखेपछि भगवानलाई मन भित्र भित्रै बाट धेरै धन्यवाद दिन्छन्।  अब त बाचिन्छ होला भन्दै केही खुसी हुन्छ थाल्छन्। डोरीबाट तानेर उनलाइ  भीरभन्दा माथि सुरक्षित डाँडामा पुर्याइन्छ। त्यहा पुर्‍याएपछि उनी झन खुसी नहुने कुरै भएन । 

 आफूलाई  बचाएको भन्दै सर्कथलीका गाउँले, सुरक्षाकर्मी, शिक्षक र अगुवा जनलाई दोसल्ला ओडाएर सम्मान गर्दै धन्यवाद दिन्छन् । अहिले उनी  सामान्य अवस्थामा छन । उनका आफन्त परिवारसँग पुनर्जन्म भएकोमा खुशी साटी रहेका छन् ।