चर्च भित्रको दुरूह : भूकम्प पीडित  र कोरोना  राहतमा पाष्टर सुमन गुरुङको रजाइँ !

चर्च भित्रको दुरूह : भूकम्प पीडित  र कोरोना  राहतमा पाष्टर सुमन गुरुङको रजाइँ !

दिपेश श्रेष्ठ  |  समाचार  |  आश्विन ११, २०७९

ललितपुर।  धर्मको आडमा रहेर  धर्म गुरुहरुले आफुलाई धनाड्यहरुको सुचीमा नामाकरण गर्ने होडबाजी चलिरहेको नेपाली  ख्रिष्टियन समुदायभित्र प्रतिस्पर्धा भइरहेको आरोप लागेको छ । 

श्रोतका अनुसार ललितपुर जिल्लाको कुपण्डोलमा  संचालित  'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर) तथा श्रीमती हन्ना गुरुङले २०५२ साल देखिनै चर्च भित्र आर्थिक अनियमितता गरेको खुलेको छ।

Assemblies of God of Nepal ( AGN)  मा लामो समय  सचिवको  जिम्मेवारी समालेका साथै हाल उपाध्यक्ष सहित  च्भकअगभ Rescue Nepal (NGO)  का अध्यक्ष समेत रहेका गुरुङले २०५२ सालदेखि नै चर्चमा संकलन हुने विभिन्न शीर्षकका भेटीहरू जस्तैः  दशांस भेटी, स्व इच्छा भेटी , मुठि दान, मिसन भेटि आदिमा अनियमितता गरेको आरोप लागेको छ।

यति मात्र हैन मण्डली स्तर उन्नतिका लागि एक दातृ संस्थाले  सेवकलाई उपलब्ध गराउँदै आएको १० हजारबाट पनि सेवकलाई ७ सात हजार ५ सय मात्र दिँदै बर्षौं  देखि लाखौँ अनियमितता गरेको मण्डलीका सेवक सेवक बलराम अधिकारीले आरोप  लगाएका छन् । 

पास्टर गुरुङले २०७२ सालको महाभूकम्पको बेला विभिन्न देश तथा दाताहरूबाट राहतको लागि चर्चको नाममा आएको लाखौँ रकम समेत हिनामिना गरेको र सो अनियमितता बाहिरिने डरले पास्टर गुरुङ दम्पतीले बाइबलका बचनहरूलाई समेत  तोडमोड गरि चर्चका विश्वासपात्रलाई भ्रमित पार्दै  चर्चभित्र एक पक्षीय  नियम लागू गरेको भन्दै ठुलो विवाद समेत भएको  थियो  ।

पास्टर सुमन गुरुङलाई  दशक अघि पनि मण्डलीमा आर्थिक अनियमितताको आरोप प्रमाणिकरण भई जरिवाना समेत तिरेका ब्यक्ति समेत रहेको बताउन थालिएको छ

विभिन्न शिर्षकमा चर्चमा जम्मा भएको रकम तथा भुकम्प साथै कोभिडको समयमा देश बिदेशबाट आएको  आर्थिक सहयोगको लाखौँ रकमबाट पास्टर गुरुङ दम्पतीले राजधानी सहित  देशको विभिन्न शहरहरुमा करोडौंको जमिन किनेको तर त्यो जमिन चर्चको नाममा नभइ आफ्नै  श्रीमती हन्नाको नाममा पास गरिएको चर्चमा चर्चाको विषय बनि रहको छ । 

अनियमितता गर्नमा पास्टर गुरुङ दम्पतीलाई सजिलो हुनेगरि आफ्नो मातहतका ब्यक्ति तथा अन्य चर्चको पोस्टरलाई समेत कोषाध्यक्षमा नियुक्ति दिनुले  चर्च कमिटिले नै अनियमिततामा गुरुङलाई प्रोत्साहन गरेको पुष्टि भएको चर्चका सेवक बलराम अधिकारीले बताए ।

चर्च कमिटि सँग चर्चका विश्वासीहरुले उक्त लाखौँ अनियमितताको बिषयमा छलफल गरि आन्तरिक लेखापरीक्षण गरौँ भन्ने आग्रहलाई बेवास्ता गर्दै धार्मिक सेवा गर्ने बाहानामा चर्च भित्र क्याम्पिङ गर्दै  पास्टर गुरुङ दम्पतीले  एक पक्षीय  नियम बनाएर ब्रम्हलुट मच्चाएको चर्चका अर्का  विश्वासीले आरोप लगाएका छन् ।

चर्च भित्रको हिसाब किताब पारदर्शीताको लागि आन्तरिक लेखापरीक्षण गरौँ भनेर प्रस्तावक हरुले  मिटिङ समेत बसेर प्रस्ताव राख्दा समेत चासो नदिई  मण्डलीका पूर्व  कोषाध्यक्ष तथा हाल चर्च कमिटीका सदस्य समेत रहेका एक ब्यक्तिले प्रस्तावक लाई टेलिफोन मार्फत भने  कसले छानविनको अधिकार दियो ? सकेको गर ! भनेर चुनौति दिने गरेका छन् ।  अनियमितता गर्नमा पास्टर गुरुङ दम्पतीलाई सजिलो हुनेगरि आफ्नो मातहतका ब्यक्ति तथा अन्य चर्चको पोस्टरलाई समेत कोषाध्यक्षमा नियुक्ति दिनुले  चर्च कमिटिले नै अनियमिततामा गुरुङलाई प्रोत्साहन गरेको पुष्टि भएको चर्चका सेवक बलराम अधिकारीले बताए ।

सेवक अधिकारीका अनुसार धैर्यता, सहनशीलता र मनकारी समुदायको बताउने  ख्रिष्टियन समुदाय भित्र पास्टर गुरुङले कोभिडको महामारीको समयमा चर्चको सेवामा सेवारत सेवकहरूलाई मनलाग्दी रुपले  उमेर हदबन्दी लगाउँदै  र मनोमानी तरिकाले  बर्खास्त समेत गरेको मण्डलीमा ठुलै विवाद भएको थियो । 

कोहि राजनीति आडमा त कोहि धनको घमण्ड कै आडमा यो समुदाय भित्र रहेर फाइदा लिने देखिँदा राज्यले भने यो समुदायको करोडपति धर्मगुरु भनिनेहरूको आम्दानीको श्रोतको  खोजी गर्नुपर्ने भन्दै  माग गरेका छन् भने  'अकुत सम्पती' मा  विभिन्न निकायमा उजुरी हाल्ने तयारी समेत भइरहेको बताइन्छ ।