बनेपास्थित एक किराना पसलमा केराउको बोराभित्र फेला पर्यो खतरनाक विष

बनेपास्थित एक किराना पसलमा केराउको बोराभित्र फेला पर्यो खतरनाक विष

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  आश्विन १३, २०७९

काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्लाको बनेपाको एक किराना पसलमा  अनुगमनका क्रममा केराउमा मुसा मार्ने औषधी फेला परेको हो।

जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार,अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग बाणिज्य संघका पदाधिकारीहरुको अनुगमनमा सहभागिता रहेको थियो ।

केराउमा अनुगमन टोलिले  हात हाल्दा देखेपछि पसलले हतार हतार लुकाउन खोजेको तर खोसेर हेर्दा बिष  फेला परेको बताउनु भएको छ।

बोरामा केराउको बोरामा बिष भेटिएपछि पसलले भने आफुहरुले नराखेको  उताबाट ल्याउदा नै त्यस्तो रहेको भनेर जिद्दी गरेका थिए तर कुन ठाउँबाट ल्याइयो भन्दा पसले बोल्न चाहेका छैनन् 

अनुगमन टोलिले भने केराउमा  चाडै किरा लाग्ने भएकाले आफैले राखेको हुन सक्ने आशङ्का गरेका छन् ।

  पसलेले एक पटकलाई माफ गरिदिनुस् भन्दै म अब फिर्ता पठाउँछु भनेर बोरालाई सिलाएर राखेका थिए ।अनुगमन टोलिले भने अब आइन्दा त्यस्तो नगर्न पसलेलाई   चेतावनी दिएका छन्।