भारतलाई बिजुली बेच्ने कि बिद्युत् ऊर्जा लगानीका पर्याप्त क्षेत्रहरू पहिचान गर्ने ?

भारतलाई बिजुली  बेच्ने  कि  बिद्युत् ऊर्जा लगानीका पर्याप्त क्षेत्रहरू पहिचान गर्ने ?

पूर्ण ओली  |  दृष्टिकोण  |  कार्तिक ४, २०७९

  हाम्रा दुर्गम गाउँहरुमा बिद्युत अझै पुगिसकेको छैन । उद्योगहरुमा अझैपनि पर्याप्त बिद्युत छैन । अहिले बिद्युत यातायातलाई जोड दिंदै बिभिन्न स्थानमा रिचार्ज स्टेसनहरू जडान भइरहेका छन् । यस्तै गरेर बिद्युत गाडीहरूमा आयत हुने करमा धेरै सहुलियत सरकारले दिएको छ ।

यसबाट डिजेल, तेलको आयातमा कमि भइ हाम्रो ब्यापार घाटामा कमि आउने छ । हामीले  हाम्रा गाउँ गाउँ सम्म बिजुली पुर्‍याएर त्यहाँ पनि खाना पकाउ नदेखि अन्य उद्योगहरु खोलिनु पर्छ । त्यसैले अहिलेको बिजुली हाम्रै देशमा उपभोग गर्ने थप बातावरण बनाउन अत्यावश्यक छ । नेपालमा  बर्षाको समयमा बिद्युत उत्पादन बढि भएर हामीले भारतमा निर्यात गर्न थालेका छौं । यसबाट देशलाई केहि आम्दानी भइरहेको छ । तर हामीले बिद्युत जस्तो कच्चा पदार्थको भरपुर उपयोग नेपालमै गर्ने थप योजनाहरु बढाउन सकिरहेका छैनौ ।

हाम्रो पहाडी क्षेत्रमा अझैपनि केहि सिमित क्षेत्रमा मात्र चलेको केवल कारको क्षेत्र बृद्धि गर्दै स्काइ ट्रेन पनि सुरु गर्न सकिएमा उत्तर दक्षिण 'एक्सीस'मा  राजमार्गहरुको विकल्पमा चलाउन सकिनेछ । पहाडमा ठुला सडक बनाउँदा वातावरणमा प्रभाव परि पहिरो जाने क्रम अत्यधिक भएकोले धेरै धनजनको क्षति पुगिरहेको छ ।

खास गरि बर्षाको समयमा पहाडमा खनिएका सडक बाटोहरूमा बारम्बार पहिरो गइ यात्रुहरु हप्तौं दिनसम्म सडकमा भोकभोकै बस्नु पर्ने बाध्यता छ । त्यसैले पहाडमा ठुला सडकको विकल्पमा धेरै यात्रुहरु अटाउन सकिने 'स्काइ ट्रेन' चलाउन आबश्यक भइसकेको छ । जसबाट बर्षाको समयमा हुने पहिरो र बाढीले मानिसको मृत्युलाई कम गर्न मद्दत गर्नेछ । अहिले नेपालमा केबल कार मनकामना दर्शन गर्नको लागि र चन्द्रागिरिमा पर्यटकको लागि चलाइएका छन् । अरु केहि सिमित स्थानमा मात्र छन् । यसबाट सम्बन्धित व्यावसायीले राम्रो फाइदा लिइरहेका छन् । 

सर्वसाधरण जनताको हितको लागि आबश्यक पर्ने स्थानमा भने सरकार र निजी स्तरबाट कतैपनि केबलकार बनाइएका छैनन् । जहाँ जनताहरु आफ्ना काम विशेषमा सहर गाउँमा ओहोरदोहोर गर्न सकुन् । केबलकार सिमित यात्रुको लागि उपयुक्त हुन्छ भने, स्काइ ट्रेनमा धेरै यात्रुलाई एकैपटक ओहोर दोहोर गर्न सक्छन् । यो लेखकले अष्ट्रेलियाको सिड्नी सहर नजिक रहेको ब्लु माउण्टेनमा स्काइ ट्रेन चढेको छ । जहाँ एकैपटकमा ८० जनासम्म यात्रु चढेर यात्रा गर्न सक्छन् ।

पहाडतिर पनि इलेक्ट्रिक ट्रेन पनि राम्रोसँग चल्न सक्ने रहेछ भन्ने ब्लु माउण्टेनमा  देखियो । उक्त ट्रेन पहाडबाट सिधै तल झर्छ भने सिधै माथि आउन सक्ने रहेछ । तैपनि ट्रेनको लागि लिग बनाउनु पर्दा फेरि पहाड फोर्नु पर्ने हुनाले हामीले पहाडलाई धेरै नचलाइ बनाउन सक्ने नेपालमा सुहाउँदो केबल कार तथा स्काइ ट्रेन हरु नै बढि उपयोगी हुन सक्नेमा दुबिधा हुनेछैन ।

हामीले यस्ता किसिमका यात्रु बोक्ने स्काइ ट्रेन र बढि यात्रु बोक्ने केबल कारहरु जडान गर्ने योजना तथा कार्यक्रमहरु ल्याएर केहि सहुलियत दिने हो भने जनता धेरै लाभान्वित हुनेछन् । यसबाट पहाडमा चल्ने बसहरुको बिकल्प हुनसक्छ जसबाट यात्रुहरु बढि सुरक्षित हुनेछन् भने आयातित डिजेलको खपत कम हुनेछ । साथै सामान ढुवानी गर्ने रोपवेको पनि उपयोग गर्न आबश्यक छ । कुनै समयमा हेटौडा- टेकुमा चल्ने रोपवेले हामीलाई  अत्यधिक लाभ भएको थियो । यसलाई आधुनिक किसिमबाट समय अनुकुल बढि भार बहन गर्ने बनाइ तराइ र उपत्यकाबाट पहाडतिर सामान ढुवानी गर्ने किसिमले निर्माण गर्न सकिएमा राष्ट्र र स्थानिय जनतालाई अत्यन्त लाभ प्रद हुनसक्छ । 

खास गरि उत्तर दक्षिण चल्ने यस्ता केबलकार तथा स्काइ ट्रेनहरु सुर्खेत-जुम्ला, पोखरा-जोमसोम, धरान-हिले, झापा-ताप्लेजुङ तथा धनगढी- डडेलधुरा जस्ता पहाडि मार्गमा चलाउन सकिन्छ जुन सडकमार्ग भन्दा छोटो दुरीका र कम समय लाग्ने हुन्छन् । यसरी बनाउँदा बिच बिचमा आबश्यक स्टेसनहरू राख्न आबश्यक हुनेछ । यसबाट समय बचत हुने र सडकभन्दा बढि सुरक्षित हुनेछ ।

नेपालले यस किसिमले उत्तर-दक्षिण मार्गहरुमा  सरकारी तवरबाट या निजी स्तरमा बिद्युत केहि सहुलियत दिएर भएपनि आबश्यक बिद्युत का टावरहरू निर्माण गरि ट्रान्समिसन लाइन  तानेर  केवल कार तथा स्काइ ट्रेन चलाउन अत्यन्त उपलब्धि मुलक हुनेछ । यसरी  बनाइने टावरहरूले सडकमा जस्तो डोजर लगाएर पहाडहरु फोर्नु  पर्दैन ।  त्यसले गर्दा पहाडमा पहिरो जाने संभावना कम रहन्छ । जसरी अहिले कर्णाली राजमार्गमा सँधै जसो पहिरो गएर सडकहरु अबरुद्ध भइरहँदा पनि योजना आयोगमा बस्नेहरुले यस्ता कठिन खतरा युक्त सडकको विकल्पमा  सोच्न सकेको देखिदैन ।

कमसेकम नयाँ आउने नेता तथा सरकारले नेपालमा बिद्युत बाट चल्ने यातायातका साधनमा जोड दिने हो भने बिद्युत गाडीहरूमा सहुलियत दिएर मात्र पुग्दैन ।  समथर स्थानमा इलेक्ट्रिक ट्रेन, ट्राम, ट्रली चलाउन उपयुक्त हुन्छ भने पहाडतिर केबल कार, स्काइ ट्रेन तथा सामान ढुवानी गर्न आधुनिक रोपवे अत्यन्त महत्वपूर्ण र आबश्यक हुनेछ जसबाट स्वदेशमा उत्पादित बिद्युत स्वदेशमै खपत भएर बिदेशी डलरको बचत हुनेछ ।  

पहाडतिर पनि इलेक्ट्रिक ट्रेन पनि राम्रोसँग चल्न सक्ने रहेछ भन्ने ब्लु माउण्टेनमा  देखियो । उक्त ट्रेन पहाडबाट सिधै तल झर्छ भने सिधै माथि आउन सक्ने रहेछ । तैपनि ट्रेनको लागि लिग बनाउनु पर्दा फेरि पहाड फोर्नु पर्ने हुनाले हामीले पहाडलाई धेरै नचलाइ बनाउन सक्ने नेपालमा सुहाउँदो केबल कार तथा स्काइ ट्रेन हरु नै बढि उपयोगी हुन सक्नेमा दुबिधा हुनेछैन ।

यसरी नेपालले बिद्युत बाट चल्ने यातायात चलाउन सकिएमा नेपालको बिकासमा सहि गति लिनेछ भने प्रदुषण र ब्यापार घाटामा धेरै कमि हुनेछ । हामीले हाम्रो जस्तो पहाडि मुलुक स्विटजरल्याण्ड पनि सहि नमुना सहित प्राविधिक सहयोग लिन सकिन्छ । त्यसैले नेपालमा बिद्युत बाट चल्ने यातायातका साधन, उद्योगहरु,  घरमा खाना पकाउन चाहिने बिद्युत उर्जाको प्रयोग गर्ने, सिँचाइमा, मल कारखाना निर्माण गर्नमा अत्यधिक बिद्युतको आबश्यक पर्नेछ । त्यसैले पनि बिद्युतमा पहिला हामी आत्मनिर्भर हुनुपर्‍यो त्यसपछि मात्र निर्यात गर्न सकिन्छ । हामीले हाम्रो देशमा अत्यावश्यक हुने बिद्युतबाट चल्ने बिद्युतका यातायातका साधन गाडि मात्र होइन केबल कार, स्काइ ट्रेन लगायतका साधनले प्राथमिकतामा पर्न आबश्यक छ । यसतर्फ नया आउने सभासद तथा नेतृत्वले गम्भिर भएर सोच्न जरुरी छ  । 


चाबहिल सरस्वतीनगर, काठमाण्डौँ-६
२०७९ कार्तिक ४