अबको सरकारमा राजेन्द्र लिङदेन र रवि लामिछानेको सहभागिता किन ?

अबको सरकारमा राजेन्द्र लिङदेन र रवि लामिछानेको सहभागिता किन ?

पूर्ण ओली  |  दृष्टिकोण  |  मंसिर ११, २०७९

यसपालिको निर्वाचनको परिणाम सोचेभन्दा फरक रुपमा आयो । गठ जोडको सत्ताधारी सरकार र एमालेसहितको तालमेलमा  दलले पनि आ-आफ्नो बहुमत आउँछ भनेर त्यहि अनुसार प्रचार गरिरहेको अबस्थामा अप्रत्याशित रुपमा रबि लामिछानेको स्वतन्त्र दलले निकै राम्रो मत प्राप्त गर्न सफल भयो  ।

पत्रकारिता गरेर निकै राम्रो काम गरेर नाम कमाइसकेका रविले यस्तो मत पाउँछन् भन्ने धेरैले सोचेका थिएनन् । हुनत अहिलेका ठुला दलबाट वाक्क दिक्क भएका जनतापनि बैकल्पिक दलको खोजिमा थिए जनता ।

राजेन्द्र लिङदेनको राप्रपाको दलले भने सोचेजस्तो मत प्रत्यक्ष मा नपाए पनि समानुपातिकमा राम्रै मत पाइरहेको अवस्था  छ । भविष्यमा रबि र राजेन्द्र लिङदेनको दल मिल्ने सम्भावनालाई नकार्ण सकिन्न । समानुपातिकमा रविको धेरै  मत आउनु हिन्दुवादी र राजसंस्था मान्नेको मत नै बढि गएको कुरा अहिले बाहिर आएको छ । जे होस भ्रष्टाचारको घनघोर बिरोध गरिरहेका यी दुबै दलले जनताको साथमा  राम्रै संख्या लिएर  संसदमा जाँदैछन् ।  

जनताले यति तिरस्कार गर्दा गर्दै पनि दुइ ठुला दलले निकै राम्रो मत ल्याएका छन् । यी दुइ मध्य एक ठुला दलको मद्दत बिना संसदमा बहुमत पुग्ने छैन । यदि रवि लामिछानेको दल सत्ता बाहिर बस्ने हो भने उनले सरकालाई घचघच्याइ रहन पाउने छन् । आफ्ना एजेण्डा लागु गर्न भने उनी सहितको सरकार बन्नु पर्ने हुन्छ  । उनका समर्थकको चाहना रवि लामिछाने पनि सरकारमा जानुपर्छ भनिरहेका छन् ।

तर सरकारमा जाँदै मा  ठुला दलहरुको 'सिन्डिकेट'मा जनताको माझ प्रमुख एजेण्डा, भ्रष्टाचारीलाई  कारबाही गर्ने र सुशासन ल्याएर देश बिकास गरी युवाहरुलाई स्वदेशमा रोजागारी दिलाउन नसक्ने अवस्था आयो भने  फेरि जनतामा निरासा आउने छ । त्यसपछि देशको स्थिति झनै भयावह हुने सम्भावना छ । अझैपनि बिदेशी राष्ट्रको इच्छा र दवावमा चल्ने नेतृत्वले देश हाँक्ने हो भने जनताले सोचेजस्तो र राखेको परिणाम नआउने पक्का पक्की छ । निर्वाचनको परिणामले  ठुला दलको नेतृत्वमा सरकार बन्ने पक्का पक्की जस्तै देखिन्छ । त्यसै कारण जनताको साथमा अब बन्ने सरकारलाई  अत्यन्त कडाइसँग दवाव सरकार, सदन भित्र र बाहिरबाट दिन जरुरी छ । 

जनताको धैर्यताको बाँध फुट्ने अबस्थामा रवि लामिछानेको राष्टिय स्वतन्त्र पार्टीलाई मत दिएर  केहि राहत महशुस गरिरहेका छन् । त्यसैले जे जति गर्न सक्छन् अहिले नै गरेर देखाउन भन्ने चाहन्छन् रवि लामिछानेका पार्टी समर्थकहरुको चाहाना छ । त्यस्तो अबस्थामा रवि लामिछाने र राजेन्द्र लिङदेनको पार्टी बिच मुद्दा र पार्टी नै  एक हुन आबश्यक छ । किनकि यी दुबै दल भ्रष्टाचारका कट्टर बिरोधी रहेको जनतालाई बताएर मत लिएका छन् । अब व्यावहारमा पनि त्यो प्रमाणित गरेर देखाउने समय आएको छ । 

बिदेशी हस्तक्षेपको बिरोध गर्दै देश आत्मनिर्भर उन्मुख बिकास नीति बनाउन पनि यी दुबै दलले युवाहरुको भविष्यलाई हेरेर गुणस्तरीय शिक्षा तथा स्वास्थ्य पहिलो प्राथमिकतामा पार्नु पर्ने हुन्छ ।  यसको साथै युवाहरुलाई स्वदेशमा रोकेर राख्ने र बिदेशमा रहेका  युवाहरुको श्रम र शीप स्वदेशमा लाग्ने गरि नीति बनाइ कार्यन्वयन ल्याउनु पर्ने हुन्छ ।  

अहिले जनताले आस गरेका रवि लामिछाने र राजेन्द्र लिङदेन सरकारमा जाने भए निम्न कुरामा सम्झौता गरेर मात्र सरकारमा जान उपयुक्त हुनेछ ।

१. भ्रष्टाचारका ठुला काण्डलाई छानबिन गरि कारबाहीको दायरमा ल्याउनु पर्छ । अहिलेसम्म उम्केका ठुला दलका नेतालाई पनि नियम अनुसार कारबाहीको दायरामा ल्याउने ।
२. अख्तियारलाई सशक्त र सर्वाधिकार सम्पन्न बनाएर नीतिगत भ्रष्टाचार काण्ड गर्नेदेखि मन्त्री प्रधानमन्त्रीलाई पनि कारबाही गर्न सक्ने व्यवस्था गर्ने ।
३. सर्वसुलभ तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार गर्न आबश्यक आयोग शिघ्र बनाइ कार्यन्वयन गर्ने । शिक्षा र स्वास्थ्यमा मौलाउँदै गएको व्यापारीकरण बन्द गराउने । 
४. युवाहरुलाई स्वरोजगार बनाएर बिदेशमा रहेका युवाहरुको श्रम शीप स्वदेशको बिकासमा लगाउने नारामा मात्र होइन शिघ्र योजना बनाइ कार्यन्वयन गर्ने ।
५. न्यायालयलाई भ्रष्टाचार रहित बनाउन न्याय परिषदमा राजनैतिक ब्यक्तिको नियुक्ती बन्द गराउने र न्यायाधीशको  पनि सम्पति  छानबिन गरि कारबाही गर्ने नीति नियममा संसोधन गर्ने । गरिब जनतालाई निशुल्क न्याय दिने गरि सरकारले सहयोग गर्ने ।
६. परराष्ट्र र गृह नीति राष्ट्रको हित हुने गरि स्थायी किसिमले बनाउने । ब्यक्तिको लहडमा नीति नबदल्ने ।
७. शिक्षक र कर्मचारीमा भएका दलीय ट्रेड युनियन खारेज गर्ने र शिक्षक र कर्मचारीलाई बहालमा भइञ्जेल राजनीति गर्न नपाउने कडा नीति अबलम्बन गर्ने ।
८. छिमेकी देशसँग असल सम्बन्ध कायम गर्दै सिमानामा मिचिएका जग्गा फिर्ता लिने कुटनीतिक पहल गर्ने । खुला सिमाना नियन्त्रण गर्न इपिजिको प्रस्ताव कार्यन्वयन गराउन समझदारी गर्ने गराउने । 
९. योजनाहरु गुणस्तरीय र समयमा कार्यन्वयन गराउने र समयमा नगर्ने योजना प्रमुखलाई कारबाही गरी हटाउने ।

यति सम्झौता गरिसकेपछि अहिलेको रवि लामिछानेको स्वतन्त्र दल तथा राप्रपा मिलेर ठुला दलसँग मिलेर आफ्ना एजेन्डा लागु गर्न भए पनि  सरकारमा गए हुन्छ ।  अहिलेका परिणाम काँग्रेस, एमाले तथा एकीकृत समाजवादीसँग गर्दा यिनीहरुलाई संख्या पुर्‍याउन कठिन हुने सम्भावना छ । त्यसैले एमाले अध्यक्ष केपी ओलले आफ्ना पुराना केहि गल्ती सुधार्ने हो भने उनले अगाडि बढाएका बिगतका बिकासका कतिपय योजना सान्दर्भिक छन् । त्यसलाई पनि अघि बढाउँदै अहिले जनताका चाहना अनुसार भ्रष्टाचार बिरोधी अभियानलाई पनि अघि बढाउने सर्तमा सरकारमा जान उपयुक्त हुन्छ । तर त्यसको पूर्व शर्त भनेको  उही पुराना बिचार र जनता बिरोधी कार्य गर्दै बिदेशी रिझाउने कार्यलाई निरन्तरता दिने हो जनताले सहने छैनन् । बिदेशी राष्ट्रले हामी नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं भनेर आफ्ना सन्देश दिइसकेको अवस्थामा झनै सचेत र चनाखो हुन जरुरी छ ।  त्यसको लागि तत्काल सावधानी पूर्वक सत्ता गठबन्धनका लागि  बार्ता र सम्झौता गर्न जरुरी छ ।  


चाबहिल सरस्वतीनगर , काठमाण्डौ
२०७९ मंसिर १०