कमरेड ! आफ्नो बुतामा कति सिट जित्न हुन्थ्यो ?

आम निर्वाचन २०७९ विशेष

कमरेड ! आफ्नो बुतामा कति सिट जित्न हुन्थ्यो ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर १३, २०७९

एउटा कुरा जान्न मन लाग्यो । माओवादीले कांग्रेससँग गठ जोड नगरेको भए आफ्नो पुरुषार्थ मा कति सीट जित्ने थियो ?  अ-आफ्नो अवधारणा- प्रक्षेपण लेख्नु होला। मेरो विश्लेषणले यस्तो देखाउँछ।

उदाहरण शुरू गरौ लम्जुङ माओवादीका शीर्ष नेता देव गुरुङ्गको हैसियत मूल्याङ्कनबाट- २०७४ को चुनावमा एमालेसँग चुनावी एकता हुँदा ३९ हजार ४६८ भोट पाएर विजयी भएका गुरुङ्गले २०७९ मा कांग्रेससँग मिलेर चुनावमा प्रतिष्पर्धा गर्दा  ३१७८१ भोट ल्याए कै हुन। प्रतिस्पर्धाले बढी भोट नल्याएको भए निर्वाचित पनि हुन्थे।  तर के गर्नु प्रतिस्पर्धाले झण्डै ३ हजार भोट बढी ल्याएकाले उनी पराजित भए।  प्रतिस्पर्धाले ३४९६९ भोट ल्याउनुले उनी पराजित हुन पुगे।

एकपटक जीत (एमालेसँग गठ जोड हुँदा) र एकपटक हार हुँदा यस जिल्लामा माओवादीको आफ्नो 'स्ट्रेन्थ' कति रहेछ भन्ने निष्कर्ष गुरुङलाई त थाहा नै भयो होला।  शायद माओवादी शीर्ष पंक्तिलाई पनि विदित नै होला । आम जनले पनि यसको रहस्य थाहा पाउनु पर्छ।

यस निर्वाचन क्षेत्रमा २०७९ को समानुपातिक तर्फको मतगणनामा माओवादीले आफ्नो चुनाव चिन्ह हसिया हथौडामा जति भोट पायो त्यो नै उसको साँचो औकात हो यस जिल्लामा।

निर्वाचन आयोगका अनुसार यस जिल्लामा समानुपातिक तर्फ कांग्रेसले २७,७९६ मत ल्यायो भने एमालेले ३१,१७८ र माओवादीले यस जिल्लामा कुल ६,४८३ मत बटुल्न सक्यो।

प्रत्यक्ष तर्फ हसिया हथौडाले पाएको ३१७८१ मतमा आफ्नो मत भने जम्मा ६,४८३ रहेको थियो। यसको अर्थ उसले पाएको २५,२९८ मत उधारोको मत थियो। २५,२९८  कांग्रेस जनले हसिया हथौडामा मत दिएकै  हुन। जिल्लामा रहेको २७,२९६ रुखको मत मध्ये २५,२९८ मत हसिया हथौडामा पर्नुको अर्थ भोट 'ट्रान्सफर' प्रतिशत ९१ हुनु  हो। लमजुङमा ९१ प्रतिशत कांग्रेसी भोट माओवादीलाई 'ट्रान्सफर' हुँदा पनि माओवादीले जित्न सकेन।  

अब यस्ता अन्य जिल्लाको विश्लेषण गरौ जहाँबाट माओवादीले जीत हासिल गर्ने सफलता पायो।  ती  जिल्लामा उसको वास्तविक हैसियत के थियो रु कति प्रतिशत उधारोको भोट पाएर माओवादीले जिते ?

प्रदेश १ जिल्ला मोरङको निर्वाचन क्षेत्र नम्बर ४ जहाँबाट माओवादीका अमनलाल मोदीले ३०,६१२ मत पाएर जिते। प्रतिष्पर्धा एमाले प्रत्याशीले २४४६३ मत पाएर झण्डै ६ हजारका अन्तरले हार्नु   ।

समानुपातिकमा माओवादीले १४,८८५ मत पायो। कांग्रेसले पाएको १७,२५० मत मध्ये १५,४८९ माओवादीलाई 'ट्रान्सफर'  भएकै हो। यसलाई उपहार नभनी अरु के भन्ने ! बाग्लुङ- २ मा २४७७९ मत पाएर विजयी भएका प्रत्याशीले समानुपातिक तर्फ भने पार्टीको चुनाव चिन्हमा जम्मा ८,३४७ मत दिलाउन सके। यिनको विजयमा झण्डै १६ हजार मत आयातित देखियो। यसलाई पनि उपहार मान्नुस्  माओवादीजनहरू !

मोरङ ४ बाट प्रत्यक्ष ३०,६१२ मत पाएको माओवादीले समानुपातिक तर्फ जम्मा ९,७६० मत पाएको हो।  २०,८५२ मत उधारोको हो। यो सीट माओवादीलाई गठबन्धनको एकोहरो  उपहार हो।

खोटाङमा जितेका माओवादी प्रत्याशीले प्रत्यक्ष तर्फ ३१३५१ मत पाएर प्रतिष्पर्धा एमालेलाई झण्डै ३ हजार मतले पराजित गरेका थिए। एमालेले खोटाङमा २८६८२ मत पाएर दोस्रो नम्बरमा सन्तोष गर्नु पर्‍यो।

यहाँ पनि माओवादीले समानुपातिकमा प्रत्यक्ष भन्दा एक तिहाई मत मात्रै पायो।  हसिया हथौडामा समानुपातिक तर्फ ११,८४५ मत आयो। १९,५०६ मत कांग्रेसबाट उधारोमा प्राप्त भयो। यहाँ पनि कांग्रेसको ९० प्रतिशतभन्दा  बढी मत 'ट्रान्सफर'  भएर माओवादीले जित्न सकेको हो। यो दोस्रो सीट पनि गठबन्धनकै उपहार हो।

भोजपुरमा २८,५५८ मत पाएर जितेका माओवादीले समानुपातिकमा १२,७५० पायो। झण्डै १३/१४  हजार मत कांग्रेसबाट 'ट्रान्सफर'  भएर आएको हो। यो जीत पनि विशुद्ध उपहार हो।

सिन्धुपाल्चोकका माओवादी विजेताले ३०३७४ मत पाए।  प्रतिष्पर्धा २७०१८ भोट पाएर झण्डै ३ हजारका अन्तरले पराजय भोगे।

यहाँ समानुपातिकमा माओवादीले १४,८८५ मत पायो। कांग्रेसले पाएको १७,२५० मत मध्ये १५,४८९ माओवादीलाई 'ट्रान्सफर'  भएकै हो। यसलाई उपहार नभनी अरु के भन्ने !
बाग्लुङ- २ मा २४७७९ मत पाएर विजयी भएका प्रत्याशीले समानुपातिक तर्फ भने पार्टीको चुनाव चिन्हमा जम्मा ८,३४७ मत दिलाउन सके। यिनको विजयमा झण्डै १६ हजार मत आयातित देखियो। यसलाई पनि उपहार मान्नुस्  माओवादीजनहरू !

 सिन्धुलीमा २७५१७ मत ल्याएर जित्ने माओवादीले समानुपातिक तर्फ १५,८२६ मत ल्यायो। अर्थात १२ हजार मतको सहयोग प्राप्त भयो गठबन्धनबाट।

नुवाकोटमा २६५४८ मत पाउने माओवादीले समानुपातिक तर्फ १५,१२७ मत पायो।  गठबन्धन नभएको भए यो सीट पनि आउने थिएन। हुन त अन्तिम समयसम्म यस सिटलाई लिएर माओवादी सशंकित नै थियो।

हुम्लामा १४३१७ मत ल्याएर जित्ने माओवादीले समानुपातिक तर्फ ७,३६३ मत पायो। जिल्लामा कांग्रेसले समानुपातिकमा ८,१९२ ल्यायो । हुम्ला जिल्लामा माओवादी कांग्रेस पछिको दोस्रो शक्ति भने देखियो।

दाङमा २६८८० मत ल्याएर जितेको माओवादीले समानुपातिक तर्फ १०,८२० भोट ल्यायो। कांग्रेसले दाङको यस क्षेत्रमा १९,५११ मत ल्यायो । यस मध्ये १६ हजार मत माओवादीलाई ट्रान्स‍फर भयो। ९० प्रतिशत कांग्रेसी मत माओवादीलाई गएकै हो। यहाँ माओवादीले झण्डै २०० मतको अन्तरले विपक्षीलाई पराजित गरेको हो।
 जाजरकोटमा माओवादीले ३४१५१ मत पाएर विजय हासिल गर्यो।  प्रतिष्पर्धा एमालेले २५२१० मत अर्थात झण्डै ९ हजार मतका अन्तरले पराजित हुनु पर्‍यो।  

तर समानुपातिक तर्फ भने माओवादी नेता शक्ति बस्नेत ले आफ्नो दललाई जम्मा १४,४१२ मत दिलाउन सके। शक्तिको जीतमा २० हजार मत आयातित देखियो। जाजरकोटमा समानुपातिक तर्फ कांग्रेसले २२,९३४ मत पायो अर्थात यस मध्ये २० हजार मतको सहयोग शक्तिलाई 'ट्रान्सफर' भयो। यस जिल्लामा पनि माओवादीको हैसियत कांग्रेस र एमाले पछि तेस्रो नै हो।

काभ्रे १ निर्वाचन क्षेत्रमा माओवादीले ३४५१२ मत ल्याएर झण्डै ४ हजार मतले जीत हासिल गर्यो। तर समानुपातिकमा यहाँ पनि त्यै तस्वीर देखियो। माओवादीले समानुपातिकमा १७,३३५ मत मात्रै ल्यायो।  झण्डै आधी मत कांग्रेसले 'ट्रान्सफर' गरी दिएर यहाँ जीत भएको हो।

सर्लाही २ को जीत पनि आयातित नै हो।

यसरी माओवादीले जितेका १७ स्थान मध्ये १२ स्थान गठबन्धनको प्रभावका कारण जितेको हो। उसको एक्लैको हैसियत यी स्थानमा जीत   हासिल गर्न सक्ने थिएन। आफ्नो मात्रै शक्तिले माओवादीले निम्न स्थानमा शानदार जीत हासिल गर्ने थियो ।

कालीकोटका महेन्द्रबहादुर शाही,रुकुम पूर्वका पूर्णबहादुर घर्ती मगर, रोल्पामा वर्षमान पुन, रुकुम पश्चिममा जनार्दन शर्मा र माओवादी सुप्रिमो  प्रचण्ड ज्यू गोरखाबाट आफ्नो हैसियतमा विजयी  हुनु भएको हो।  गठबन्धन नहुँदा पनि उहाँहरु विजयी बन्नु हुन्थ्यो।

खुल्ला राजनीतिमा आए पछि माओवादीले संसदीय राजनीतिमा गरेको यो सबै भन्दा फितलो प्रदर्शन हो। प्रत्यक्षमा १७ सीट मात्रै हुनु र समानुपातिकमा भर्खरै अस्तित्वमा आएको घण्टी पार्टीसँग तेस्रो हुने प्रतिष्पर्धा गरी रहनु निश्चय पनि लज्जास्पद हो। माओवादीले समानुपातिक तर्फ १५-१६ सीट ल्याउने अनुमान गर्न सकिन्छ।  कुल मिलाएर २७५ सदस्यीय संसदमा उसको उपस्थिति ३२ सदस्यीय हुन्छ ।  अझै नचेते अर्को चुनावमा माओवादी कहाँ पुग्छ अनुमान गर्न सहज नभए पनि  विश्लेषण गरे गर्न सकिन्छ। अर्को चुनावसम्म प्रचण्ड ज्यूको अवस्था पनि विद्वान नेता डा‍. बाबुराम भट्टराई झै नहोस अहिलेलाई यही नै कामना गरौ।