अब कुन पथ हो 'सुप्रिमो' ?

अब कुन पथ हो 'सुप्रिमो' ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  मंसिर १८, २०७९

माओवादी पार्टीका एकजना मित्रतुल्य शीर्षस्थ पदासीनले सोध्नु भयो, 'तपाईं माओवादी र एमालेको सत्ता गठबन्धन हुने कतिको सम्भावना हेर्नुहुन्छ ?'

'किन र, के तपाईँहरु पुनः शेर बहादुरलाई धोखा दिने मनस्थितिमा हुनुहुन्छ र, अथवा पुग्न लाग्नु भएको छ ?'

'होइन, पार्टीको कुरा  छोडौँ।  यसलाई हाम्रो चिया गफ सम्झिनु स न !'

के कुरा गर्नु भएको ! यति चाडै तपाईंको महान नेता सारा कटुता, तिक्तता, वैमनष्यता र अपमानका दंश बिर्सेर 'बालकोटेश्वर  महादेव' का शरणमा जानुहुन्छ र ? मैले विस्मित हुँदै सोधे ।

राजनीति गर्ने मानिस तपाईं जस्तो जोगी बन्नलाई बाँचेको हुन्छ र ! राजनीति सम्भावना र अवसरको खेती गर्ने क्षेत्र हो।  यहाँ न स्थायी मित्रता हुन्छ न शत्रुता नै। जहाँ क्षणिक लाभ हुने सम्भावनाको एक थोपा प्रकाश दृष्टिगोचर हुन्छ, राजनीतिज्ञ त्यतै लम्किन्छ।  त्यो तपाईंहरु एउटा दृष्टान्त  दिनुहुन्छ नि ! 'सिल्भर लाइनिंग इन द क्लाउड' र तपाईंहरु नै भन्नुहुन्न र 'ऐभ्री क्लाउड ह्याज सिल्भर लाइनिंग !' यो कुरा साँचो हो भने असम्भव के नै छ र नेपाली राजनीतिमा रु उनले मलाई जिस्काउँदै भने।

खै म के भनौं ?  तपाईंलाई थाहै छ म जन्मजात कम्युनिस्ट विरोधी, कम्युनिस्ट चरित्र र त्यसमा आउनसक्ने १८० देखि ३६० डिग्रीसम्मको परिवर्तनबारे मलाई कुनै संज्ञान छैन। बरु अब तपाईं नै भन्नुस्, बिरालाहरु बीच एउटै रोटी मिलेर बाँडी चूडी खाने परिप्रेक्ष्यमा एकपटक पुनः एकता अथवा सहकार्य कसरी सम्भव हुन्छ ?

'हाम्रो 'सुप्रिमो' लाई उधारोको नभएर हाताहाती प्रधानमन्त्री दिने हो भने सम्भव हुन्छ'  यसपटक उनको स्वरमा चिया गफको 'बेफिक्रिता'  नभएर गम्भीरता थियो।
'यो उधारो र हाताहाती भनेको के हो ?'  'म बुडबकले त केही बुझ्न सकिन । अलिक डिटेलमा भन्नुस न।'

'कुरा यति मात्रै हो, ओलीले आलोपालोमा पहिलो पालोको  प्रधानमन्त्री माओवादीलाई दिए जुनबेला पनि कार्यगत एकता हुन्छ दुबै बीच। आधी-आधी कार्यकालको सहमति बनाउनु पयो र पहिलो कार्यकालको 'स्टेरिंग'  प्रचण्डलाई सुम्पिनु पर्‍यो। यसो भएमा देशमा वाम एकता अथवा सहकार्य हुन कसैले तगारो लाउन सक्दैन।'

तपाईँको 'सुप्रिमो' लाई प्रधानमन्त्री नै चाहिएको हो भने सिर निहुराएर, लाज पचाएर  बालकोट महादेवका शरणमा किन जानु पर्‍यो ?  शेष शायी  बूढानीलकण्ठसँगै दरो  'बार्गेनिङ'  गरे भएन ?

तपाईंलाई नवगठित संसदमा हाम्रो दलको सामर्थ्य कति छ भन्ने थाहा छैन र ? प्रत्यक्षमा १७-१८ र समानुपातिकमा १४-१५ गरी बढीमा ३२-३३ संख्या हुनेले कुन धरातलमा टेकेर 'बार्गेनिङ' गर्ने ?

'ऐ हो त है १ २०६४ मा प्रत्यक्षतर्फ २९ प्रतिशत मत ल्याउदै १२० सीट जित्ने, समानुपातिकतर्फ ३१ लाख ४५  हजार ५१९  मत ल्याउदै १०० सीट ल्याउने संसदको सबैभन्दा ठूलो दल माओवादी १ डेढ दशककै अल्प अवधिमा 'अर्शबाट फर्शुुमा पछारिँदै  १८. १४ मा झर्ने !  क्या गजबको  फड्को लाएछ नि तपाईंको क्रान्तिकारी पार्टीले ?

'डेढ दशक किन ? २०६४ को पहिलो संविधान सभा निर्वाचनपछि २०६९ को दोस्रो संविधान सभाकै रेकर्ड हेर्नुस न। हामीलाई हाम्रो सक्कली हैसियत त ५ वर्षमै थाहा भइसकेको थियो। दोस्रो संविधान सभामा हामी प्रत्यक्षतर्फ १२० बाट सोझै २६ सीटमा झरेका थियौ। समानुपातिकमा १४ लाख ३९ हजार ७२६भोट ल्याएर १०० सीटबाट ओरालो लाग्दै ५४ सीटमा । दोस्रो संविधान सभामा हाम्रो हैसियत पहिलाको २२९ बाट ८० सीटमा आईपुगेको थियो। ५ वर्षमै संसदमा हाम्रो प्रतिनिधित्व ३८ प्रतिशतबाट खसेर १३ दशमलब ९ प्रतिशतमा खस्केको थियो। देशभरी पपुलर मतमा हाम्रो जनाधार ३० बाट १५ प्रतिशतमा आइसकेको थियो ।'

सुदूर पश्चिम प्रदेशमा पाएको १ लाख १२ हजार २५६ मतलाई माओवादीले जोगाउन सक्दैन। यी दुबै प्रदेशमा नयाँ शक्तिको उदय भइसक्यो। रोल्पा, रुकुम, गोरखा, सिन्धुली, धादिङ,नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर बाहेक  देशका कुनै पनि जिल्लामा माओवादीले ५ हजार भोट पनि पाउँदैन। अर्को चुनावमा अहिले समानुपातिकमा आएको ११ लाख ६० हजारबाट खसेर सात साढे सात लाखमा झर्छ माओवादी ! त्यसमा पनि कथम् कदाचित् देश मध्यावधि निर्वाचनमा गयो भने माओवादी राप्रपाभन्दा निकै तलको स्थितिमा पुग्छ।

'ओहो मैले त बिर्सिराखेको २०७४ मा त ओलीको बुई चढेर माओवादीले प्रत्यक्षतर्फ ३६ गर्न पाएको थियो।' बुई
'तपाईं त फेरी ३६ र ९६ को मर्म ज्ञ नै'  उनले मेरो विगतप्रति व्यंग्य गर्दै भने ।'

'२०७४ मा तपाईंहरूले समानुपातिकतर्फ कति मत बटुल्नु भएको थियो  ?' 
'१३ लाख ३ हजार ७२१  मत पाएर १७ सीट त हो नि !  मत प्रतिशत १३ मा झरेको थियो । शेर बहादुरको पछाडि लाग्दा त २०७४ को प्रत्यक्षतर्फ जितेको ३६ को आँकका पनि छुन सकिएन प्रत्यक्ष र समानुपातिक दुबै गरेर ३२-३३ सीट र मत प्रतिशत ११ मा आइसक्यो।'

'के भयो र २०६४ पछि पार्टी ओरालो लाग्दै गए पनि तपाईंको 'सुप्रिमो'  किङमेकर त भइ नै आएका छन। यस डेढ दशकमा अल्प समयका लागि सत्ताबाट बाहिर भए पनि अधिकाँश समय माओवादी सत्तामा रहदै आएको छ। अहिले बन्ने जुनसुकै गठबन्धनमा पनि सहभागिता सय प्रतिशत सुनिश्चित नै छ।' 
 'यसपटक किङमेकरलाई  किङ बनाउने उपाय खोज्नु पर्‍यो । 

' मलाई भैंसी पूजा गराउन आउँदैन, यस्तै कुनै विशेषज्ञ खोज्नु पर्‍यो ।'

'तपाईंसँग यस्तै बिन्दास पाराको गफ सुन्न  नै त रहर लाग्छ। तर यसपटक  यो काम तपाईंले नै गर्नुपर्छ। वाम गठबन्धनको सम्भावनाबारे एउटा लेख लेखी दिनुस। आफ्नो बिन्दास पारामा दुबै   वामेलाई उडाउँदै ओलीले प्रचण्डलाई पहिलो 'टर्म' को प्रधानमन्त्री दिने हो भने कम्युनिस्टको सरकार तू का तू बन्ने कुरा खोलाई दिनुस। माओवादी 'सुप्रीमो' २०७४ जस्तो उधारोको प्रधानमन्त्री दिने आश्वासनले मान्दैनन्, 'क्यास पेमेन्ट'  अर्थात् पारीको  'ओपनिङ'  गर्न दिए पुराना कुरा बिर्सिएर उनी नयाँ प्रचण्ड पथको सैद्धान्तिक व्याख्यासहित सहर्ष प्रस्तुत हुनेछन भनेर व्यंग्य गरी दिनुस।'

'अनि माओवादी पार्टी पंक्तिले उनलाई यसमा साथ दिन्छ त ?

'कम्युनिस्ट दलहरु देशमा प्रजातन्त्र,वाक् स्वतन्त्रता आदिका पक्षधर हुन्छन्। दलभित्र हामी यसको अभ्यास गर्ने कुरामा विश्वास गर्दैनौ। ओलीसँग पहिलो प्रधानमन्त्री पाउने सहमति भयो भने हाम्रो नेताले पहिला प्रधानमन्त्रीको शपथ खान्छन्, त्यसपछि प्रधानमन्त्री निवासमा पार्टी पंक्ति का पदाधिकारीहरुको बैठक डाँकी यसो गर्नुको आवश्यकता र औचित्यबारे सैद्धान्तिक व्याख्या गर्छन। माओवादी पार्टीका लागि यो नयाँ कुरा होइन, हाम्रो पार्टी यसरी नै चल्छ।'

'तर मित्र गणतन्त्र, संघीयता,धर्म निरपेक्षता र सारमा यो संविधान ल्याउने कार्यमा सबैभन्दा महत्वपूर्ण भूमिका तपाईंको पार्टीकै होइन ? ओलीले गणतन्त्र, संघीयता र संविधान मास्न चाहेको सुइँको पाएर नै तपाईंका 'सुप्रीमो' ले कम्युनिस्टको दुइ तिहाई सरकारको मोह नगरेर ओलीलाई सत्ता च्युत गर्दै संविधानको रक्षार्थ एवं प्रतिगमनका विरुद्ध लड्ने क्रममा शेर बहादुरलाई प्रधानमन्त्री बनाएको होइन र ? र, अहिले संविधान विरोधीसँग सहकार्य गर्न जाने रु संविधान विरोधी ओलीसँग कति दिन सहकार्य हुनसक्छ ?

'हाम्रो 'सुप्रीमो' ले प्रधानमन्त्री पद पाए एमाले र ओली सुध्रिएको मान्छौ हामी। कम्युनिस्टहरु आफु सत्तामा नहुँदा मात्रै देश र संविधानमाथि खतरा भएको हेर्छन्। आफ्नो सत्ता हुँदा त्यस्तो केही खतरा हुन सक्ने सम्भाव्यताबारे उनीहरु कल्पना पनि गर्दैनन्। कम्युनिस्टहरु पुरा आत्मविश्वासका साथ सत्तामा बस्छन्।'

माओवादी मित्रसँग कुरा भएको भोलिपल्ट नै प्रधानमन्त्री भजन मण्डलीका एकजना मित्रसँग भेट भयो। जिस्किँदै सोधे- के हो यो सब, के 'काजी भेरिएन्ट'ले शेर बहादुरलाई छैठौँ पटक शपथ ग्रहण गर्नेमा तगारो लाउछ कि क्या हो रु मलाई त चिन्ता लाग्यो ज्योतिष विद्या नै गलत ठहरिने भयो त १ सात पटक हुनुपर्नेमा छैठौ पटक मै व्यवधान !!
'कांग्रेसमा यस्ता साना मसिना प्रसंग आइराख्छन्। लोकतान्त्रिक पार्टीभित्र यतिको स्वतन्त्रता नभए कम्युनिस्ट र कांग्रेसमा अन्तर के हुन्छ ?

'अनि के 'काजी भेरिएन्ट' ले शेर बहादुरलाई थ्रेट पुगेकै हो त ?'

यस्ता 'काजी भेरिएन्ट' का लागि शेर बहादुरसँग थुप्रै भ्याक्सिन छन। समस्या त अर्को पो आइलाग्यो।'
' काजी बाहेक के समस्या ?'

' यस देशमा विगत २५ वर्ष देखि प्रचण्ड बाहेक अरु कुनै समस्या नै छैन।  समस्त समस्याको जरो नै प्रचण्ड हो।'  

'तपाईंहरु त गजबको कुरा छ । प्रचण्डकै सहायताले प्रधानमन्त्री बन्ने र उनलाई नै समस्या भन्ने ! गठबन्धन गरेर चुनावमा जाने, चुनाव परिणाम नआउँदै प्रचण्डलाई सशंकित नजरले हेर्ने ? के तपाईंहरुले नैतिकता बेची खाएको नै हो ?'

'पहिला पुरा  कुरा र स्थिति बुझ्नुस् न यार, अनि हामीलाई दोषारोपण गर्नुस।'

'ल आफ्नो पक्षमा दलिल दिनुस्, म किञ्चित पनि अवरोध नगरी आज्ञाकारी बालक झै श्रवण गर्छु।'

शेर बहादुरलाई इन्डियन 'मोदी भेरिएन्ट' ले धराशायी गर्ने षड्यन्त्र गर्दैछ। मोदी नेपालको संविधानका विरोधी हुन।  उनी यसलाई चाँडोभन्दा चाडो फाल्न चाहन्छन्। नेपालमा सानातिना दल बाहेक इन्डियनहरुको नजरमा ओली संविधान र व्यवस्था परिवर्तन गर्ने पक्षमा उभिएका पात्र हुन। भारत वर्तमान सत्ता गठबन्धन भताभुङ्ग गरेर प्रचण्डलाई ओलीतिर फर्काउने अभियानमा लागेको छ। शेर बहादुरलाई काजीको होइन प्रचण्ड बांङ्गिने भय छ। र, मेरो 'पर्स्नल इन्फर्मेशन' अनुसार अब बन्ने सत्ता गठबन्धनमा कांग्रेस हुँदैन ।

'के कुरा गर्नु भएको ? ओलीलाई संविधान विरोधी पनि भन्ने र संविधान समर्थक प्रचण्डको ओलीसँग जाने कुरा पनि गर्ने रु तपाईंको आफ्नै कुरा विरोधा भाषी भएनन र ? संविधान विरोधी ओलीसँग प्रचण्ड किन गठबन्धन गर्न जान्छन् रु काँग्रेससँगै गठबन्धनलाई निरन्तरता दिन उनलाई के ले रोक्छ ?'

'लोभले गर्दा, भयले गर्दा । प्रधानमन्त्री हुने लोभ इन्डियन हरुसँग रहेका आफ्ना कमजोरी उजागर हुने भयले गर्दा प्रचण्डलाई एमालेतिर जाने बाध्यता छ । र, साथै प्रचण्डका लागि प्रधानमन्त्री हुनसक्ने सम्भावना भएको यो नै अन्तिम चुनाव हो। यसपछि हुने कुनै पनि चुनावमा जुनसुकै किसिमको गठबन्धनमा पनि उनले प्रत्यक्षतर्फ बढीमा २० सिटको भाग पाउछन्। २० सीटमा लड्नेले प्रधानमन्त्री हुने सपना पनि हेर्दैन।'

'होइन के सारो हेपेको तपाईंले तथाकथित जनयुद्धको 'सुप्रीम कमाण्डर' लाई ?

'मैले कहाँ हेपेको हो र ? पहिलो संविधान सभामा ६०१ मध्ये २२९ (९ जना मनोनीत)  सदस्य भएको अर्थात संसदमा ३८ प्रतिशत सदस्य संख्या भएको माओवादी दोस्रो संविधान सभामा ८० सीटमा आएको स्मरण छैन र ? ५७५ सदस्यीय संसदमा ८० सीट भनेको १४ प्रतिशत हो। २०७४ मा एमालेसँग मिलेर जाँदा ५३ सीट आएको थियो। २७५ सदस्यीय संसदमा ५३ भनेको १९ प्रतिशत हो। र अहिले कांग्रेससँग आउँदा जित्ने ३२-३३ सिटसम्म हो। यो भनेको १२ प्रतिशत हो।  यसै आम निर्वाचनमा माओवादीले गठबन्धनमा प्रत्यक्षतर्फ  भागबण्डामा ४६ सीट पाउनु भनेको  कुल सीट संख्याको २७ प्रतिशत हो। यस निर्वाचनमा जम्मा ३३ सीट, त्यसमा पनि प्रत्यक्षतर्फ जम्मा १८ सीटमा  जितेको, अर्को चुनावमा कुनै पनि गठबन्धनमा माओवादीले  बढीमा २० सिटको भाग पाउँछ।

पाएको २० सीटमा ७-८ सीट जितेर के प्रधानमन्त्री हुन सकिन्छ ? र, अर्को कुरा यस चुनावमा माओवादीले मधेश प्रदेशमा समानुपातिक तर्फ पाएको १ लाख ७९ हजार ८७० मतमा ठूलो  ह्रास आउँछ। यसैगरी सुदूर पश्चिम प्रदेशमा पाएको १ लाख १२ हजार २५६ मतलाई माओवादीले जोगाउन सक्दैन। यी दुबै प्रदेशमा नयाँ शक्तिको उदय भइसक्यो। रोल्पा, रुकुम, गोरखा, सिन्धुली, धादिङ,नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर बाहेक  देशका कुनै पनि जिल्लामा माओवादीले ५ हजार भोट पनि पाउँदैन। अर्को चुनावमा अहिले समानुपातिकमा आएको ११ लाख ६० हजारबाट खसेर सात साढे सात लाखमा झर्छ माओवादी ! त्यसमा पनि कथम् कदाचित् देश मध्यावधि निर्वाचनमा गयो भने माओवादी राप्रपाभन्दा निकै तलको स्थितिमा पुग्छ।

माओवादीको प्रधानमन्त्री हुने सम्भावना यसै पटक हो, प्रचण्डले यो अवसर गुमाए भने उनको हालत राहुल गान्धी र इन्डियन कांग्रेस जस्तो हुनेछ। तपाईं लेखेर राख्नुस् देश यदि मध्यावधि चुनावमा गयो भने रवि लामिछानेले ४५-५० सीट राजेन्द्र लिङदेनले ३५-४० सीटमा विजय हासिल गर्नेछन् । र, देश पुनः मध्यावधि निर्वाचनमा जान बाध्य हुन्छ। अब नेपालमा पनि इजरायल जस्तो ५ वर्षमा तीन पटक निर्वाचन भयो भने कुनै अचम्म हुने छैन।

'के देउवालाई यो कुरा थाहा छ ?

'देउवालाई मात्रै किन, प्रचण्ड लगायत अन्य सबै नेतालाई थाहा छ अब यस संविधान र व्यवस्थालाई टिकाउन सकिदैन।  उनीहरु जति दिन हो लम्ब्याउने कसरतमा छन।'
'कति दिनसम्म लम्ब्याउन सक्छन यिनीहरुले ?'

'यसबारे मैले भविष्यवाणी नै किन गर्नु पर्‍यो ?  संविधान आएको ७ वर्ष पुग्यो, हेरौ अब अरु कति वर्ष टिक्छ ??'

'यस संसदको पहिलो प्रधानमन्त्री हुने सबैभन्दा बढी सम्भावना कसको देख्नुहुन्छ ?'

'पहिलो नम्बरमा प्रचण्ड, दोस्रोमा ओली र तेस्रो नम्बरमा देउवाजीलाई पनि यो अवसर प्राप्त हुनसक्छ।'

'देउवाले नै पहिलो 'टर्म' मा प्रचण्डलाई प्रधानमन्त्री अफर गरे  यही गठबन्धनले निरन्तरता पाउन सक्छ नि !'

'हुन  नसक्ने त होइन, तर कांग्रेस कम्युनिस्टको जस्तो एकै विचारले, एकै जनाको निर्देशनमा चल्ने पार्टी होइन। यस कारणले अहिले नै यो हुनसक्ने सम्भावना देखिन्न।'
'प्रचण्डको बालकोटेश्वर प्रदक्षिणा गर्ने सम्भावना कति प्रतिशत छ ?'

'राजदूतावासको सूत्र अनुसार र प्रचण्ड र ओली मिल्ने सम्भावना ७० प्रतिशतभन्दा माथि छ।'
 'त्यसो भए प्रचण्ड पथ जिन्दाबाद।'

'प्रचण्ड पथ त थाहा छैन, प्रचण्डले नै कुन पथ लिने हुन त्यसको प्रतीक्षा गर्नुपर्ने अवस्था छ।'