सञ्चार माध्यम र सञ्चारकर्मी : राष्ट्रियताका मामलामा वैचारिक द्वन्द्वलाई थाती राख्ने कि ?

सञ्चार माध्यम र सञ्चारकर्मी : राष्ट्रियताका मामलामा वैचारिक द्वन्द्वलाई थाती राख्ने कि ?

ऋतु आशिक  |  दृष्टिकोण  |  मंसिर २०, २०७९

 उर्लाबारीको कञ्चनजङ्घा होटलमा नेपाल पत्रकार संघ मोरङ शाखाको आयोजनामा हामी यहाँ भेला हुन गइरहेका छौ । यो भेलाले आफ्नै विशिष्टता बोकेको छ । हामी आफ्ना पत्रकारिताका अनुभव साटासाट र एक अर्काका पत्रकारिता प्रतिका समर्पणका भावहरू साटासाट गरि गर्ने छौँ । यसरी अनुभव साटासाट तथा आफूमा भएका कमी कमजोरीलाई सच्याउने थलो पनि हो । यसो भन्दा आफूलाई हिनताबोध गर्न गराउन भन्दा पनि एउटा पत्रकारबाट अर्को पत्रकारले सिक्ने कुराले बोध हुन जरुरी छ । हामी पत्रकार जहिले पनि आम नागरिकका पीडा आत्म घातलाई मलहम लाउनु पर्छ । देशभक्ति भावनाले ओतप्रोत भएका पत्रकारहरु आम नेपालीका स्वाभिमानलाई उठाउने किसिमका लेखन तथा व्यवहारमा एकरूपता कायम अवश्य गर्ने छ ।  

हामी जुन भूमिमा जन्मियौँ । यो भूमिका जन्मिएको कारणले नै हामी नेपाली हौँ ।  राष्ट्र निर्माता पृथ्वीनारायण शाहका अमरवाणीमा भनिएका छ- 'यो मुलुक ४ जात छत्तीस वर्णको फूलबारी हो '। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आज भन्दा झण्डै झण्डै ३०० वर्ष अगाडि अभिव्यक्त गरिएका शब्दहरु मानौँ यस्तो लाग्छ उहाँका ती शब्दहरु ढुङ्गामा खोपिएका शब्दहरुको वजन र उच्चतामा झन् झन् माझिँदै माझिँदै गएको  भान हुन्छ । 

 पत्रकारहरु पनि विभिन्न आस्थाका संवाहक हौंला ती संवाहक हुनु व्यक्तिको मौलिक अधिकार पनि हो । हामीले के कुरा विर्सन हुँदैन भने हामी जुन भूमिमा जन्मियौँ, पालित पोषित भएर हुर्कियौँ । त्यस भूमि प्रति केही दायित्व र कर्तब्य रहेको कुरा बिर्सनु हुँदैन । हामीले जन्मेको माटोका लागि के कति गर्न सकिन्छ आफ्ना–आफ्ना बुताले भ्याए सम्म गर्नु पर्ने हुन्छ ।  हामीले माटोलाई के कति दिन सकिन्छ त्यो हाम्रो दायित्वका भनेर शिरोधार्य गर्न जरुरी छ । जानेर वा नजानेर 

 माटो प्रति घात गर्नु भनेको भावी  सन्तान र उनीहरुको भविष्यमा खेलबाड गर्ने  घृणित कार्य हो । त्यता पट्टीबाट हामी नेपाली जहिले पनि सचेत हुन जरुरी छ । त्यसै भनिएको होइन्  ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियासी ।’

पत्रकारिताको आडमा कतिपय पत्रकारहरूले आफ्नो नीजि स्वार्थ सिद्धिका लागि उपयोग गरि रहेको आरोप लागि रहेको छ । त्यसो गर्नेहरु ढिलो चाँडो तिनीहरू नाङ्‌गिनु  नै पर्छ  र नाङ्‌गिरहेका पनि छन् । खासगरी  राष्ट्रघात र भ्रष्टाचारी प्रतिको माया जाल मोहको कारण पत्रकार र पत्रकारिता पेसा नै बदनामी त भइरहेको छ । यसो भनिरहँदा  सम्पूर्ण पत्रकारहरू त्यस्ता छन् भन्न पक्कै खोजिएको होइन । धेरै पत्रकारहरु मिहिनेत र श्रमका साथ पेश गत धर्म निर्वाह गरिरहेका छन् । 

पत्रकारितालाई मागी खाने, यश, मोज मज्जा गर्ने राष्ट्रिय अर्थतन्त्रमा लुट मच्चाउने हरुलाई साथ दिने पत्रकारको आवरणमा लुक्न र लुकाउने  र भ्रष्टाचारीलाई साथ दिने यस किसिमका प्रवृत्तिको पनि पत्रकारिता पेशामा मौलाउँदै गएकाे आरोप पनि यदाकदा लाग्ने गरेको छ । त्यस्तो कार्यको  ढिलो चाँडो पर्दाफास हुँदै जाने र भइरहेको पनि छ । 

मुलुक भित्र यसबेला छ्याप छ्याप्दी ठूला लगानीका पत्रिकाहरू रेडियो टिभी का अलवा अनलाइन, अनलाइन टिभी र समाजिक सञ्जाल (न्यू मिडिया) कृयाशील रहेको अवस्था छ ।  उल्लेखित सञ्चार माध्यमको  पहुँच प्रचुर मात्रामा देखिन थालेको छ । कतिसम्म भने सामाजिक सञ्जाल त राजनीतिलाई नै हस्तक्षेप गर्ने तहमा पुगेको छ । यो शक्तिलाई राष्ट्रिय स्वार्थको सवालमा किन उपयोग गर्न सकिरहेका छैनौँ ?विगत झण्डै ६० लाखको हाराहारीमा  युद्धस्तरमा भारतीहरूलाई नेपाली नागरिकता वितरण गर्दा सञ्चार माध्यम मुकदर्शक बनेको तितो सत्य हाम्रो सामु छ । सिनेमाको टिकट कोटे झैं,  भारतीय  शासन व्यवस्थाको ग्राण्ड  डिजाइन अनुसार यस किसिमको घृणित कार्यमा नेपाली नेतादेखि प्रशासनका उच्च पदस्थ  कर्मचारी एवम् सत्तामा बहाल रहेका प्रधानमन्त्रीदेखि न्याय  प्रशासन समेतको मिलि भगतमा राष्ट्रलाई पतनको दिशा तर्फ लैजाने कदम हुन । 

छिमेकीले जनसंख्याको आधारमा हाम्रो यो मुलुकको अस्तित्वलाई समाप्त गरेर 'नव फिजी' बनाउने  खोजिरहेको छ ।  अझ  भन्ने हो भने प्यालेष्टाइन  भन्ने मुलुक  यसबेला  परिवर्तित रूप इजरायलमा परिणत भए झैं भारत दिन प्रति  दिन यसलाई युद्धस्तरमा क्षयी करणमा गर्न र गराउन  भारतीयहरुको संख्यालाई बढोत्तरी गरेर  यस  मुलुकको अस्तित्व एकादेशमा नेपाल  भन्ने ‘देश’  पनि थियो भन्ने बनाउने लक्ष्यका साथ अगाडि बढाइरहेको छ  अर्थात् मुलुकलाई सिध्याउने खेलमा झन्झन् लागि परिरहेको नेपालको राजनीतिक र प्रशासनिक  नेतृत्व चाहेर वा नचाहेर उपयोग भइरहेको छ । मुलुकमा रहेका विद्यमान विभिन्न पार्टीहरूका भ्रष्ट नेता तथा बहालवाला मन्त्रीहरू  तथा उच्च पदस्थ  कर्मचारीहरूको स्वार्थमा राष्ट्रप्रति घात भइरहेको छ । 

हामी उनीहरुकै पछाडि लागेर, राष्ट्रप्रति घात गरिरहँदा हामी उनीहरु कै मनोबललाई गोडमेल त गरिरहेका त छैनौँ ? देशप्रति राष्ट्रघात गरिरहँदा  मौन तथा उसको  स्वार्थको तालमेलमा हामीले थप थपाउनु ढाडस दिनु पनि ठूलो अपराध हो । यसतर्फ पत्रकारिता र पत्रकारहरुले कहिल्यै आत्मा समिक्षा गरेका छौँ ?

संविधानमा खुकुलो गरिएको भारतीय नागरिकलाई नागरिकता वितरण गर्ने  तिकड्मलाई संविधान मै धरासायी बनाउनु जरुरी छ । राष्ट्र रहे मात्र हामी रहन्छौं । यो उदात्त भावना हामी नेपालीहरूमा जागृत गराउन युद्धस्तरमा हामी पत्रकारहरूले राष्ट्र भरि सन्देश प्रवाह गराउन सक्नु पर्दछ । छिमेकीद्वारा देशप्रति गरिएका अपराधका विरुद्ध हामी उभिनु पर्छ । पार्टीका कुरा थाती राखेर देश जोगाउने युद्धमा देशभक्त नेपालीहरू सचेत हुन जरुरी छ । 

हाम्रो आडमा भइरहेको  लापरबाहीमा देश र जनताले कति विघ्न किसिमबाट दुःख पाइरहेका छन् तथा भावी पिँढीहरूलेसम्म  भुक्त भोगी हुनु पर्नेछ । यसतर्फ हामी पत्रकारहरूले ध्यान दिएका छौं ? भोलि राष्ट्रका लागि भयावह  स्थितिको सिर्जना तर्फ सोचेका छौ । हाम्रो आफ्नो व्यक्तिगत स्वार्थ तथा क्षणिक स्वार्थका लागि हाम्रो मौनताका कारण देश घटनामा परेर देशको मृत्यु हुनेछ । हामी सिक्किमको विलय, पेलेष्टाइनी भूमिको परिवर्तित स्वरूप इजरायल हेरेर किन सतर्क हुँदैनौं ? हाम्रो भविष्यको पीढी भनेको नै हाम्रो सन्तान हुन् । तिनीहरूमा हाम्रो रगत बगिरहेको हुन्छ ।


 '२०७२ वैशाखमा नेपाल भूकम्पले थिलथिलो परेको बेला २०७२ जेष्ठ १ गते अर्थात् १५ मे. २०१५ मा भारत र चीन बीच बेइजीङमा द्विपक्षीय वार्ता भयो । वार्तापछि चीन र भारतले ४१ बुँदे संयुक्त वक्तव्य निकाले । सो वक्तव्यको १८ नं. बुँदामा नाथुला, क्विडला, लिपुलेकका सीमा व्यापार विस्तारको सहमति गरियो । त्रिदेशीय सीमा लिपुलेकका बारेमा नेपाललाई सोधिएन । दुई देश मिलेर चीन भारत सीता व्यापार बिन्दु लिपुलेक बनाइयो र नेपालबाट लिपुलेक गायब गराउने विषयमा सहमति भयो भन्ने प्रष्ट देखिन्छ । त्यो बेलाको सरकारहरु र त्यसपछि बनेका सरकारहरु पनि लिपुलेक हाम्रो हो भनेर दावी गर्न डराए ।” 

डा. राजेन्द्र चापागाईं 
अन्नपूर्ण, २८ कार्तिक २०७६

लहानमा घटेका घटना, गौरमा घटेका अमानवीयता पूर्ण घटना, अफताव प्रकरण आदिमा अपराधीहरू खुल्लमखुल्ला घुमिरहेका छन् । त्यत्रो अमानवीय तरिकाबाट इँटाभट्टामा जीवित व्यक्तिहरू प्रहरीको रोहवरमा भट्टामा हालेर कतै सबुद पनि नछोडिन आङ नै सिरिङ्ग गर्ने किसिमबाट मान्छे मारिएका छन् । १२।१२ वर्षसम्म अपराधीहरू खुल्ला छाती पिटेर हिडिरहेका छन् । यो मुलुकमा हाम्रो विरुद्ध कसैले बोलेका त्यस किसिमको हरकतहरू दोहोर्‍याउने चेतावनी दिँदै हिँडेका कुरा प्रकाशमा आएका छन् । 

मुलुक भित्र रहेको सञ्चार माध्यमहरूले राष्ट्रको परि घटनाको कार्य जसरी भारतीय नागरिकहरूलाई जे जसरी युद्धस्तरमा ६० लाख नागरिकता वितरण गरिएको छ । यसको विरुद्ध तथा यसको खारेजीको लागि अखबारहरू गोलबन्द भएर प्रतिकारको लागि आफूलाई लैस किन गराउँदैन ? यो एउटा अहम् सवाल हो । मुलुक भित्रका कतिपय सञ्चार माध्यमहरू  विशेष छिमेकीको इशारा तर्फ आफ्नो राष्ट्रिय स्वार्थ भन्दा पनि छिमेकीको स्वार्थका लागि आफू प्रयोग भइरहेकाे  समयसमयमा देखिने गरेको छ ।

 त्यतिमात्र होइन छिमेकीकै स्वार्थका लागि उसकै अनुकूलनको वातावरणमा सेटिङमा सञ्चालित भएको आरोप लाग्ने गरेको छ ।  जस्तो भारतीय सैनिक एवम् भारतीय प्रहरीले दक्षिण सिमानामा जङ्गे पिलर ढालिरहेको छ । ढालेर मात्र होइन सीमा स्तम्भ पनि भारतीय सेना/प्रहरी नेपाली सेना तथा प्रहरीको रोहवरमा नभएर आफ्नो अनुकूलता सँगै सिमाना मिच्ने काम भइरहेको छ । यसकारण सिमाना मिचिदा पनि सरकारको बुझिन सक्नु को यो मौनता साँद्ने गरेको छ । 

भारत र चीन बीच नेपाली भूमि  लिपुलेकका विषयमा  बार्ता भएको थियो । हाम्रो मुलुकको सार्वभौमसत्ता, संरक्षणका लागि सरकारको मौनता पनि बुझि नसक्नुको नै भएको थियो । लिपुलेक हाम्रो भूमि हुँदाहुँदै भारत र चीनलाई आफ्नो सार्वभौमसत्ताको सिमाना भित्र वार्ताले हाम्रो राष्ट्र र नेपाली जनता प्रतिको अपमान र हेलचेक्र्याईं हो । छिमेकी उत्तर र भारत आफूलाई ठूलो देशको दम्भ देखाउँदै नेपाली भूमि माथिको बलमिचाइँ भएको व्यवहार प्रति दुवै देशका जिम्मेवार सरकार प्रति जनस्तरमा केही आवाज उठे पनि सञ्चार माध्यमहरू र राज्य मौन रहनु आफैमा रहस्य छ । 

 सुगौली सन्धि पछि राणा शासनको १०४ वर्षे कालसँग मुलुक सुसुप्त अवस्था तर्फ भने अभेग गुफा तिरको रमण तर्फ नै रहिरह्यो । बाहिरी संसारबाट 'कटअप' को स्थिति थियो । भारतको स्वतन्त्रताको लागि नेपाली युवाहरूले आफ्नो ज्यानको बलिदान दिएर भारतबाट ब्रिटिश शासनको अन्त गर्नका लागि अहम् भूमिका खेलेका थिए । तत्कालीन राणा शासनका समयका राणा शासन तर्फबाट भारतीय स्वतन्त्रतालाई दबाउनुका लागि पनि नेपाली सेनाको प्रयोग गरिएको थियो । भारतीय स्वतन्त्रताका लागि नेपाल तीरका युवाहरूले पनि जेल जीवन विताएका थिए । यी सबै संयोजनका लागि नेपाल र भारतबीचको खुल्ला सिमानाले पनि सिमाना पारिबाट निर्वाध रूपमा आउने जाने क्रमसँगै बसोवासका आधार क्षेत्रले त्यसबेला देखि नै गाँज्दै लगेको स्पष्टता पाउँछौं । 

नेपालमा आउने जुनसुकै परिवर्तनको थलो भारतीय शासन व्यवस्था नै हुने गरेको छ  ।  पञ्चायती शासनको ३० वर्षे शासनकालमा मुलुकको संरक्षण सम्बर्द्धन अतुलनीय भूमिका निर्वाह गर्‍यो । पञ्चायती शासनको १० वर्षमा नै तत्कालीन राजा महेन्द्रले राष्ट्रको आत्मनिर्भर हुनुमा यति काम गरेका रहेछन् । देशका विभिन्न भेगमा कलकारखानाको निर्माण, महेन्द्र राजमार्ग राष्ट्रियतालाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने कार्य गरेको पाउँछौं ।

नेपाली काँग्रेसको सत्तारोहण सँगै मुलुक भित्र आत्मनिर्भर भएका कलकारखानाहरूलाई युद्धस्तरमा त्यसको समाप्तिको लागि बाटो अख्तियार गरियो । यहाँसम्म की नाफामा चलेका आत्मनिर्भर तथा उन्मुख फैक्ट्रीहरूलाई पनि माथिल्लो तहका उच्च पदाधिकारीहरू तथा मुलुक भित्र उदाउँदै गरेका कुलिन वर्गको स्वार्थमा ती फैक्ट्रीहरूलाई कौडीको भाउमा लिलामी गरियो । यसबेला मुलुकमा आत्मनिर्भर कलकारखाना उजाड गरिएको छ ।

नेपाली श्रम सीपलाई रोजगार विहीन बनाइएको छ । झण्डै झण्डै ७५ लाख भन्दा बढी युवायुवतीहरू वैदेशिक रोजगारमा कार्यरत छन् । यस कारण छिमेकी देशको इसारामा जनतालाई रोजगार विहिन बनाएर जिल्लाका जिल्ला खाली गरेर नेपालमा भारतीय नागरिकलाई विभिन्न बहानामा खाली गर्ने कार्यमा तिब्रता आएको छ । विदेशहरूको बाहुल्यता बढाउनका लागि युद्धस्तरमा भारतीय नागरिकहरूलाई बसोबासको चाँजो मिलाउन का लागि सिनेमाको टिकट काटे झैं नागरिकता वितरण गरिएको छ ।

राष्ट्रप्रति एक किसिमबाट भारतीय नागरिकहरूलाई स्थापितका लागि नागरिकता खुकुलो पारिएको छ । मुलुक भित्रका विभिन्न नाम धारी पार्टीहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, मधेशी फोरम आदि सबै युद्धस्तरमा यस मुलुकलाई फिजीमा परिवर्तित गराउनका लागि माथि उल्लेखित पाटीहरू ज्यान छोडेर लागि परिरहेका छन् । नेकपाको आवरणमा सत्तामा दुई तिहाइको दम्भ पालेर ६० लाख भारतीहरूलाई नेपाली नागरिकता वितरणमा अहम् भूमिकाको कारणबाट 'कम्युनिष्ट पार्टीको' बोर्ड झुन्ड्याएर राष्ट्रघाती कार्यमा उसको संलग्नता बाट के कुरा प्रष्ट भएको छ भने कम्युनिष्ट पार्टीको आवरणमा राष्ट्रघाती कार्य गरेको स्पष्ट हुन पुगेको छ । 

सञ्चार माध्यमहरू र पत्रकार अझै आफ्नो स्वार्थका लागि राष्ट्रको स्थिति प्रति आम जनतालाई सचेत बनाउँदै पार्टी भन्दा माथि उठेर देशलाई कसरी सुरक्षित बनाउने त्यसका  उपायका अवलम्बन के के हुन सक्छ ? मुलुक फिजी र इजरायल हुनबाट सुरक्षित गर्नका लागि भारतीय नागरिकहरूलाई वितरण गरिएका नेपाली नागरिकता खारेजीको पक्षमा कलम चलाउनु पर्ने थियो । 

 संविधानमा खुकुलो गरिएको भारतीय नागरिकलाई नागरिकता वितरण गर्ने  तिकड्मलाई संविधान मै धरासायी बनाउनु जरुरी छ । राष्ट्र रहे मात्र हामी रहन्छौं । यो उदात्त भावना हामी नेपालीहरूमा जागृत गराउन युद्धस्तरमा हामी पत्रकारहरूले राष्ट्र भरि सन्देश प्रवाह गराउन सक्नु पर्दछ । छिमेकीद्वारा देशप्रति गरिएका अपराधका विरुद्ध हामी उभिनु पर्छ । पार्टीका कुरा थाती राखेर देश जोगाउने युद्धमा देशभक्त नेपालीहरू सचेत हुन जरुरी छ ।