सीताराम नेपालका दश हाइकु

सीताराम नेपालका दश  हाइकु

सीताराम नेपाल  |  साहित्य  |  पुष २, २०७९

चोर बिरालो 
मैले तताको दूध
ढुकेर बस्थ्यो ।

किस्ता किस्तामा 
प्रतिगमन देखि 
जनता जागे ।

जन सागर 
उर्लेर गर्जे हेर
अन्याय मास्न ।

बगाउँछु म 
रगत र पसिना 
गरिब-धन

बन्दकी राखी
बुद्धिजीवी पगरी 
स्याल हुइया !

तातो रगत
हामीभित्र छ भने
 राष्ट्र बचाउ

हाइहाइमा
लुकेको बाइ बाइ
नेता देख्दैनन्

सधैं आउने
गरिब रुवाउने
जाडो मौसम

पुर्खाको शान
नेपाली स्वाभिमान 
 जोगाउनु छ

जिते निस्पक्ष
हारे धाँधली राग
नेता लक्षण