शक्तिशाली राष्ट्रको हतियार बन्दै कोरोना भाइरस

शक्तिशाली राष्ट्रको हतियार बन्दै कोरोना भाइरस

ज्ञानमित्र  |  स्वास्थ्य  |  पुष १४, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको 'बीएफ ७' नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ ।
मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसमा सङ्क्रमण सार्ने बताए । उनका अनुसार 'बीएफ ७' ले अरु 'भेरियन्ट' मा भन्दा तीनदेखि चार गुणा बढी सङ्क्रमण सार्ने गर्दछ । विभिन्न अनलाइनले यस्तो समाचार लेखेका छन् र लेखि रहेका छन् । 

२०१९ देखि चीनबाट सृजन भई चीन लगायत सम्पूर्ण विश्वमा हाहाकार मचाएको कोरोना भाइरस एकपटक फेरी चीनबाटै उत्तेजित रूपमा सक्रिय भएको छ।

चीनले 'बीएफ ७' लाई रुघा खोकीको भाइरस जस्तै सामान्य भने पनि र आफ्नो देशमा ७ डिसेम्बर पश्चात् अहिलेसम्म झण्डै ३० हजार संक्रमित र १० जनाको यसका कारण मृत्यु भएको समाचार प्रेषित गरेकोमा पश्चिमा जगत र स्थानीय चिनिया अथवा विदेशी नागरिकबाट आएको जानकारी भने नितान्त फरक छ। विभिन्न पश्चिमा संचार माध्यमले चीनमा करोडौं मानिस संक्रमित भएको र हजारौ हजारको मृत्यु भएको दावी गरिरहेको छ। यसबारे सत्य तथ्य थाहा हुने कुनै आशा र उपाय छैन।

'बीएफ ७' कोरोनाको नयाँ भेरिएन्ट होइन अपितु यो ओमिक्रोन भेरिएन्टको सब भेरिएन्ट हो। अहिलेसम्म ओमिक्रोनका १२ वटा सब भेरिएन्ट देखिए यसमध्ये एक्सबीबी (XBB ) र 'बीएफ ७' मा भएको म्यूटेशन भने खतरनाक रूपले अत्यधिक संक्रामक र घातक रहेको पाइएको छ ।

नेपालको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हचुवामा  'बीएफ ७' पहिलाको भन्दा   ३-४ गुना बढी संक्रामक रहेको भने।  वास्तविकता के हो अहिलेको बीएफ ७ बाट संक्रमित एकजनाले १८ जनासम्मलाई संक्रमित बनाउन सक्छ। यस सब भेरिएन्टको संक्रमण प्रसार दर ( आर जीरो - R0 ) भैल्यू १० - १८ सम्म रहेको छ।

विभिन्न अनुसन्धानविदले गरेको अध्ययनअनुसार यस 'बीएफ ७' सब भेरिएन्टको  ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ क्षमता पहिलाको वुहान भेरियन्ट कोभिड  १९ भन्दा ४ दशमलब ४ गुना बढी छ। ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ भनेको भाइरसको मानव प्रतिरोधात्मक क्षमतासँग लड्ने सामर्थ्य हो।

फेब्रुअरी / मार्च ताका चीनमा संक्रमण ओरालो लागिरहेको अवस्थामा शेष विश्वले कोरोनाको नयाँ ताण्डवकारी भेरिएन्टको सामना गर्नुपर्छ। चीनले 'बीएफ ७' बाट जति क्षति ब्यहोर्छ,  शेष विश्वले त्यसभन्दा बढी क्षति ब्यहोर्नु पर्ने हुन्छ आउँदो सन २०२३ मा ! कोरोना भाइरस र त्यसका भेरिएन्ट अब प्राकृतिक विपत्ति मात्रै होइनन वरन  शक्तिशाली राष्ट्रको हतियार पनि भइसकेको छ ।

यस भेरिएन्टमा पहिलाको तुलनामा रहेको  ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ शक्ति झण्डै साढे ४ गुना बढी हुनुको अर्थ यो पहिला संक्रमित भएर निको भएका व्यक्तिको प्रतिरोधात्मक क्षमता एवं भ्याक्सिन लाएर बनेको प्रतिरोधात्मक क्षमतालाई सजिलै क्रस गरेर संक्रमितलाई हानि नोक्सानी पुर्‍याउन सक्छ।

'बीएफ ७' बारे चीनबाट यकीन तथ्यांक प्राप्त नहुनु दुर्भाग्य जनक हो। बीएफ ७ लाई लिएर विश्वका संक्रमणविद दुइ खेमामा बाँडिएका  छन। एक थरीको विश्वास छ चीनले विगत लामो समयदेखि लिएको जीरो कोभिड नीति अन्तर्गत चिनियाँहरुलाई थुनेर राख्यो। धेरै विरोधपछि गत ३ डिसेम्बरमा चिनिया सरकार पछि हट्यो र मानिस स्वतन्त्र भए।

मानिस थुनिएका कारण 'हर्ड इम्युनिटी' विकसित हुन पाएन  र मानिस स्वतन्त्र हुन साथ चीनमा अचानक संक्रमणको ग्राफ बढ्यो। झट्ट सुन्दा तर्क प्रभावशाली लाग्छ तर चीनका अतिरिक्त अमेरिका, जापान, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, फ्रान्स, ताइवान, हाङकङ लगायत अन्य देशमा वृद्धि भएको संक्रमण दर एवम मृत्यु दरले यस तर्कको धज्जी उडाई दिन्छ। यी देशका मानिस त चीन झै थुनामा थिएनन्, यहाँ किन 'बीएफ ७'  को आतंक र प्रकोप बढ्यो ?

कोरोना भाइरस र यसका विभिन्न जाति एवम उप जातिबारे हामीलाई यति कुरा मात्रै थाहा छ कि हामीलाई यी बारे केही थाहा छैन।  कुनै भेरिएन्टले विश्वको एउटा कुनामा, अर्कोले अर्को कुनामा ताण्डव मचाइन सक्छ।  एउटै भेरिएन्ट संसार भरीका मानिसका लागि समान रूपले प्रभावकारी नहुन सक्छ।

नेपालमा अहिलेसम्म 'बीएफ ७' को कुनै पनि केस पत्ता लागेको छैन।  भारतमा लेख्दै गर्दा ५ वटा केस प्रमाणित भएका छन। अहिले नै यी दुबै देशमा 'बीएफ ७' ले कस्तो रूप लिने हो भन्ने बेला भएको  छैन। तर भारतमा गत साताको तुलनामा यस साता संक्रमण वृद्धि दर २६ प्रतिशतले 'इन्क्रीज' भएको छ। गत साता भारतमा १,०६४ जना संक्रमित आएका थिए भने यस साता संक्रमितको संख्या १,३४३ हुन पुगेको छ।

अब आउने ४-५  सातामा 'बीएफ ७' को भारतमा के कस्तो प्रभाव रहन्छ त्यसले नै नेपालको बारे केही आँकलन गर्न सकिन्छ।

भारतका अनेकन संक्रमण विद्को दावी छ भारतीयहरु मा 'हर्ड इम्युनिटी' विकसित भइसकेको छ त्यसैले यहाँ 'बीएफ ७' को संक्रमण फैलिए पनि यसले मानिसलाई गम्भीर अवस्थासम्म पुर्‍याउँदैन। संक्रमितलाई अस्पताल भर्ना हुने एवम संक्रमणका कारण मृत्यु हुने जोखिम हुन्न। उनीहरुले यसो भन्नुको आधार भारतमा विगतका कोरोना लहरमा संक्रमित भई निको भएका मानिसमा बनेको प्रतिरोधात्मक क्षमता अथवा कोरोना भ्याक्सिनले बनेको प्रतिरोधात्मक क्षमता बाहेक अरु के नै हुनसक्छ ? तर यहाँ एउटा प्रश्न उठ्छ के यसो भन्नु पुर्व भारतमा भ्याक्सिन लाएका मानिसमा ऐन्टीबडी परीक्षण भयो र ? 'इम्मुनोग्लोबुलिन्स' (immunoglobulins) घटक 'आइजीए', 'आईजीजी', 'आईजीए', ''आईजीई' आदि भारतीयहरुको रगतमा के कति मात्रामा उपलब्ध रहेको छ ?

उपलब्ध जानकारी अनुसार 'बीएफ ७' को ‘न्यूट्रलाइजेसन रेजिस्टेन्स’ पहिलाको भेरिएन्टको तुलनामा साढे ४ गुणा हुनुले यसको 'मोर्टेलिटी रेट' उच्च रहने संकेत देखाएको होइन र ?

हिजो २८ डिसेम्बरका दिन विश्वमा  ५ लाख ३९ हजार २१० नयाँ संक्रमित आए। यस अवधिमा १,७१६ जनाको यसै कारणले मृत्यु भयो। सामान्यतया अहिलेसम्म कोरोनाको मृत्यु दर १ प्रतिशतको हाराहारीमा रहेको छ।  विश्वमा यो लेख्दै गर्दा  ६६ करोड ३३ लाख  ७५ हजार २७ जनामा कोरोना संक्रमण देखिएको छ भने झण्डै यसको १ प्रतिशत संक्रमित ६६ लाख ९१ हजार ५३२ जनाको मृत्यु भएको छ। नेपालमा अहिले सम्म  १० लाख ९७५ जना संक्रमित देखिएको मा  १२,०१९ जनाको मृत्यु भएको छ। नेपालमा मृत्यु दर १ दशमलब २ प्रतिशत रहेको छ।

अब कोरोना समाप्त हुँदैन ।  ६-६ महीनाको अन्तरालमा बूस्टरमाथि बूस्टर डोज घोंपे पनि संक्रमित हुने जोखिम यथावत नै रहन्छ। उपाय एउटा मात्रै छ मानिसले  कोरोनासँग बाँच्ने कला सिक्नुपर्छ।

देशमा कोरोनाको लहर आउनु पुर्व नै सरकार सजग हुनुपर्छ। संक्रमित देखिन साथ जहाँको त्यहीँ रोकेर संक्रमण प्रसारित हुन नदिने उपाय गर्नु पर्छ।  उदाहरणका लागि एयरपोर्ट अथवा कुनै बोर्डरमा देखिन आएका संक्रमितलाई ठीक नभएसम्म त्यहीँ नजिकैको होटलमा राख्ने व्यवस्था गर्नुपर्छ।

नेपालमा सरकारी पक्षबाट कोरोना रोकथामको प्रभावशाली उपाय हुने किञ्चित पनि विश्वास छैन।  भर्खरै गठित सरकारका मुखिया प्रचण्डले विश्वासको मत पाएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने संकेत दिनु भएको छ। अर्थात् तबसम्म स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन रहन्छ। भागबण्डामा स्वास्थ्य मन्त्रालय कुन दलको भागमा पर्ने हो शायद प्रधानमन्त्रीलाई पनि यसको कुनै संज्ञान छैन।

मन्त्रालयको भागबण्डा मिल्नासाथ प्रधानमन्त्री सारा ध्यान राष्ट्रपति उप राष्ट्रपति निर्वाचनमा केन्द्रित हुनेछ। 'बीएफ ७' लाई नेपाल आउनुबाट रोक्ने सामर्थ्य पशुपतिनाथसँग पनि छैन।  फेरी महाकाल कै रूप पशुपतिले यस्तो गर्ने पनि किन !

सरकारको ध्यान मन्त्रीमण्डल  गठन, पुनर्गठन- राष्ट्रपति- उपराष्ट्रपति निर्वाचनमै केन्द्रित रहेको बेला (भनौ ४०-५० दिन भित्र ) 'बीएफ ७' को नेपाल प्रवेश हुन्छ।  एक थरीले आशा गरे झै 'बीएफ ७' धेरै घातक नभएकै प्रमाणित भयो भने त ठीकै छ तर यदि चीन -जापान -जर्मनी जस्तै मारक संहारक क्षमता सम्पन्न भएको साबित भयो भने हामीले विगतका सबै कटु अनुभव बिर्सिनु पर्ने अवस्था आउनसक्छ।

विगत तीन वर्षदेखि कोरोना भाइरसबारे अध्ययन गर्दै आएको अनुभवको आधारमा भन्नसक्छु - फेब्रुअरी / मार्च ताका चीनमा संक्रमण ओरालो लागिरहेको अवस्थामा शेष विश्वले कोरोनाको नयाँ ताण्डवकारी भेरिएन्टको सामना गर्नुपर्छ। चीनले 'बीएफ ७' बाट जति क्षति ब्यहोर्छ,  शेष विश्वले त्यसभन्दा बढी क्षति ब्यहोर्नु पर्ने हुन्छ आउँदो सन २०२३ मा ! कोरोना भाइरस र त्यसका भेरिएन्ट अब प्राकृतिक विपत्ति मात्रै होइनन वरन  शक्तिशाली राष्ट्रको हतियार पनि भइसकेको छ ।

अब ल्याबमा कोरोनाको कुनै पनि भेरिएन्टलाई चाहे जतिको घातक -मारक -संहारक बनाउन सकिन्छ। तपाईंले  विश्वास गरे पनि नगरे पनि थाहा पाई राख्नुस् - ल्याबमा कोरोना भाइरसलाई यतिसम्म शक्तिशाली बनाउने सफलता प्राप्त भइसकेको छ कि ल्याबमा विकसित  त्यस भेरिएन्टबाट संक्रमित हुने १०० मध्ये ८० जनाको मृत्यु निश्चित छ।
यस्तो भेरिएन्टको विकास अमेरिकाले आफ्नो ल्याबमा गरिसकेको छ ।