नेपाली आकाशमा हवाई सुरक्षा: पछिल्ला २४ वर्षमा यती एयरको १४औं एटिआर विमान दुर्घटना

नेपाली आकाशमा हवाई सुरक्षा: पछिल्ला २४ वर्षमा यती एयरको १४औं एटिआर विमान दुर्घटना

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २, २०७९

नेपालको आन्तरिक हवाई उडानमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । यो दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमान दुर्घटनामा सबैको मृत्यु भएको छ । हवाई सुरक्षाका दृष्टिकोणले नेपाली आकाश निकै असुरक्षित मानिन्छ । हालसम्म नेपाली आकाशमा १०४ वटा हवाई दुर्घटना भएका छन् । 

२०१२ वैशाखमा बाराको सिमरामा भारतको कलिंगा एयर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । नेपालको आन्तरिक उडानतर्फ आइतबार ५०औं दुर्घटना भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालमा हालसम्म एक इन्जिन युक्त आठ वटा विमान दुर्घटना भएका छन् भने ३६ वटा हेलिकोप्टर र विदेशी १० वटा वायुसेवासमेत गरी हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् । नेपालमा हवाई दुर्घटनामा ९ सय भन्दा बढीले ज्यान गुमाएका छन् । 

आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टर दुर्घटनामा ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा ६८ जनाको मृत्यु भइसकेको छ भने थप चार जना पनि जिवित भेटिने सम्भावना छैन । नेपालमा विमान दुर्घटनाको रिपोर्ट हेर्ने हो भने पछिल्ला २४ वर्षमा यती एयरको १४औं एटिआर विमान दुर्घटना हो । गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको टि्वनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । यो कम्पनीसँग अब ४ वटा मात्रै एटीआर विमान बाँकी छन् । 

२००६ पछि भएका विमान दुर्घटना

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अन्य विदेशी थिए । यती एयरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला, तीन बालक र तीन शिशु थिए । हालसम्म एक शिशुको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ ।

विमानमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसी, २ जना कोरियाली, १ जना आइरिश, १ जना अस्ट्रेलियाली, १ जना अर्जेन्टिनी र १ जना फ्रान्सेली नागरिक थिए ।

आइतवार साँझसम्म मृतकमध्ये २४ जनाको सनाखत भएको छ । अस्पताल लगिएका शवको पोस्टमोर्टम परीक्षण सकेर सोमबार शव परिवारलाई बुझाउने तयारी छ । 

यो पनि 

दुर्घटनाग्रस्त जहाजमा सवार चालक दल,  ११ विदेशी सहित  ७२ यात्रु ! (सूचीसहित)