शिक्षा र स्वास्थ्यमा भएका ट्रेड युनियन खारेजसहित आधारभूत रूपान्तरणको अपेक्षा !

शिक्षा र स्वास्थ्यमा भएका  ट्रेड युनियन खारेजसहित आधारभूत रूपान्तरणको अपेक्षा !

पूर्ण ओली  |  दृष्टिकोण  |  माघ ३, २०७९

जुनसुकै सरकार आएपनि जनताले बिकासको आस गरिरहन्छन् । झन यसपालि जोशिला र लोकप्रिय युवाहरुको उपस्थितिले जनता अब भने केहि होला भन्ने आसमा छन् ।

बिकास गर्नुपर्ने धेरै क्षेत्रहरु छन् । पूर्व सरकारले सुरु गरेका कतिपय महत्वपूर्ण आयोजनाहरु पुरा भएपनि नेपालको बिकासमा कायापलट हुनसक्छ । त्यस मध्य निजगढ एयरपोर्ट, बुढिगण्डकी जलाशययुक्त बिद्युत आयोजना, कृषकको लागि अत्यन्त महत्वपूर्ण योजना मल कारखाना, बिभिन्न सिचाइ आयोजनाहरु, भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको संयुक्त बैठकमा सम्झौता भएको इपिजिको प्रस्ताव आदी अत्यन्त महत्वपूर्ण कार्यहरु छन् । यी सबैलाई अघि बढाउनु यो सरकारले पहल गोरस । 

आज यहाँ उठाउन खोजिएको बिषय हुन शिक्षा र स्वास्थ्य । जुनसुकै देशको बिकासका पहिलो  पुर्वाधार भनेको शिक्षा र स्वास्थ्य नै हुन् । शिक्षाको बिकास भएपछि मात्र जनतामा चेतनामा बृद्धि बढ्ने छ र सहि नेतृत्वको छनौट भएर सरकार बनाउने छन् । त्यहि शिक्षित र विवेकशील नेतृत्व सरकारमा गएपछि मात्र देशको चौतर्फी बिकासमा मद्दत पुग्नेछ ।

आज जति पनि बिकसित देशहरु छन् त्यहाँ शिक्षा र स्वास्थ्यको गुणस्तर माथिल्लो स्तरको छ । जनताले तिरेको करको सहि सदुपयोग हुंदै जनतालाई निःशुल्क गुणस्तरीय शिक्षा र स्वस्थ्य उपलब्ध भएको छ । हाम्रो देशमा पनि बहुदलीय ब्यबस्था भन्दा पहिलेका शिक्षण संस्थाहरुको पढाइको गुणस्तर राम्रो थियो । त्यसको प्रमुख कारण त्यहाँ राजनीति थिएन । शिक्षकहरुले इमान्दारीपूर्वक पढाइमा ध्यान दिने गर्दथे । उनै शिक्षकहरुले पढाएका बिद्यार्थी डक्टर इन्जिनियर हुन्थे । अहिले सामुदायिक स्कुलमा पढ्ने बिद्यार्थी यसरी डक्टर, इन्जिनियरहरु हुन अत्यन्त कठिनाइ मात्र होइन, असम्भव  छ । 

त्यस्तै पञ्चायती ब्यवस्थामा बनेका सरकारी अस्पतालको संख्यामा अहिले कुनै बृद्धि नभएको मात्र होइन गुणस्तर पनि घटेको छ । अहिलेको जनसंख्याको चाप अनुसार बढ्नु पर्ने सरकारी अस्पतालहरुको संख्यामा न कुनै बृद्धि भएको छ न गुणस्तरमा । त्यसैले एउटा अपरेसन गर्न पनि गरिब जनताले महिनौं पालो कुरेर बस्नु परेको छ । एउटा केहि दिन अगाडिको घटना उल्लेख गर्छु ।  मेरा आफन्त बृद्ध महिलालाई दमको व्यथाले चापेर तुरुन्त टिचिङ अस्पताल महाराजगंज पुर्‍याइयो । त्यहाँ इमर्जेन्सीमा बेड खालि मात्र नभएको होइन स्ट्रेचर समेत नभएर बिरामीलाई एम्बुलेन्सबाट निकाल्न आधा घण्टा सम्म कुर्दा पनि कुनै उपाय नभए पछि ग्रीन सिट अस्पतालमा ढिला गरि पुर्‍याइएको थियो ।

अहिले गाउँका स्कुलहरुमा विद्यार्थीको संख्या अत्यन्त न्युन छ । यदि यस्ता सिप सिकाइन्छ र गाउँमा उपचारको राम्रो ब्यबस्था हुने हो भने मानिसहरु गाउँ छोडेर जाँदैनन् । त्यसपछि विद्यार्थीहरु आपसे आप बढ्ने छन् ।  यस्तै गरेर युवाहरुलाई आफ्नै गाउँ शहरमा रोजगारी गर्न पनि सजिलो हुनेछ । सरकारले केहि अनुदान दिएर बजारको ब्यबस्था गरिने हो भने त्यसबाट पनि रोजगारी गर्न चाहने लाई धेरै मद्दत पुग्नेछ ।

त्यसको केहि समय पछि वहाँको निधन भयो । शायद अस्पतालमा समयमा उपचार हुन सकेको भए वहाँको जिवन केहि दिन लम्बिन सक्ने थियो । यस्ता घटना धेरै नेपालीले भोगि रहेका छन् । शहरमा यो हालत छ भने दुर्गम गाउँहरूका जनताको हालत के होला नेताहरुले पनि अनुभव गरिरहेकै होलान् । त्यसैले अबका युवा नेता सम्मिलित सरकारले कमसेकम यस्ता जनताको उद्दार गर्न पनि शिक्षा र स्वास्थ्यमा सुधार गर्नैपर्छ । यसको समाधानमा सरकारले अहिले भइरहेका सरकारी अस्पतालका बेडको संख्या कमसेकम डबल गर्नुपर्छ । त्यहि अनुसार दरबन्दी बढाउनु पर्छ ।

आवश्यकता अनुसार सरकारी अस्पतालको संख्या पनि बृद्धि गर्न आबश्यक छ । सरकारी अस्पतालबाट नीजि अस्पतालमा काम गर्न जानेलाई निरुत्साहित गर्न तलब सुविधामा बृद्धि गर्न अत्यावश्यक छ । सिनियर डकारले नीजि अस्पताल जान चाहेमा सरकारीमा बाधा नपुर्‍याउने किसिमले समय मिलाएर मात्र जान नीति बनाइयोस् । धेरै समयदेखि अघि नबढेको बीर अस्पतालको नया भवन जुन भक्तपुरको दुवाकोटमा निर्माण हुने भनिएको थियो यसलाई शिघ्र अघि बढाइयोस् । सबै प्रदेशमा बनाइने भनिएका मेडिकल कलेजको शिघ्र कार्यन्वयन गरियोस जसबाट जनतालाई निकै ठुलो राहत हुनेछ । 

शिक्षण संस्थाको गुणस्तर बृद्धि गर्न अहिलेका बिषयमा केहि महत्वपूर्ण बिषय बिज्ञान, अंग्रेजी तथा हिसाबमा राम्रा शिक्षक छनौट गरि प्रत्येक बिद्यालयमा पदहरु पूर्ति गरियोस । त्यस्तै गरेर नेपालको इतिहास, भुगोल र सामाजिक शिक्षा पनि पाठ्यक्रममा समाबेश गराइयोस् । कुनैपनि राजनीतिक दलका कोटामा कुनैपनि शिक्षक नियुक्त गरिने कार्य पुरा तवरले बन्द गरिनु पर्छ । शिक्षा र स्वास्थ्यमा भएका दलका ट्रेड युनियन बन्द गरिनु पर्छ । अन्यथा अझैपनि शिक्षाको गुणस्तर खस्किरहनेछ ।  

पाठ्य पुस्तकहरु समयमा छपाएर स्कुलमा बितरण गरिने अधिकार सानो ठिमि स्थित परिक्षा नियन्त्रण कार्यलाई साबिक अनुसार शैक्षिक सामाग्री उत्पादन गर्न दिएर उसलाई पुरा जिम्मेवार बनाइयोस् । नत्र यहाँ पनि पेपर खरिद गर्ने र छपाउने संस्था अलग हुँदा एक अर्कालाई आक्षेप लगाउने कार्य भइरहेको देखियो ।  जसको कारण सामुदायिक स्कुलहरुमा कहिले पनि समयमा पुस्तकहरु नपुगेको गुनासाहरु आइरहन्छन् । 

सामुदायिक स्कुल तह पास गर्ने विद्यार्थीले कमसेकम दुइ वटा सिप सिकेर मात्र स्कुलको पढाइ पुरा गर्ने गरि पाठ्यक्रम बिकास गरियोस् ।  बिकसित देशहरुमा स्कुल पास गर्ने विद्यार्थीले यस्ता शीप सिक्न पाउने हुनाले उनीहरु बेरोजगार बस्नु पर्दैन । यस्ता सिप  सिटिभिटिमा सिकाउन सकिन्छ । तर त्यो मात्र पर्याप्त हुंदैन । यस्ता सिप  ब्यवसायिक कृषि, फलफुल, तरकारी , च्याउ खेति, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन, फष्ट एड  आदी हुनसक्छन् । यति शिप सिकेपछि युवाहरु गाउँमा पनि गरिखान सक्ने हुने छन् ।

अहिले गाउँका स्कुलहरुमा विद्यार्थीको संख्या अत्यन्त न्युन छ । यदि यस्ता सिप सिकाइन्छ र गाउँमा उपचारको राम्रो ब्यबस्था हुने हो भने मानिसहरु गाउँ छोडेर जाँदैनन् । त्यसपछि विद्यार्थीहरु आपसे आप बढ्ने छन् ।  यस्तै गरेर युवाहरुलाई आफ्नै गाउँ शहरमा रोजगारी गर्न पनि सजिलो हुनेछ । सरकारले केहि अनुदान दिएर बजारको ब्यबस्था गरिने हो भने त्यसबाट पनि रोजगारी गर्न चाहने लाई धेरै मद्दत पुग्नेछ । अहिले सरकारले बिदेशी तरकारी, माछा मासु, फलफुल आयातमा प्रतिबन्ध लगाउन सके कृषकहरु अत्यन्त लाभान्वित हुनेछन् । अहिलेको संयुक्त सरकारका पुराना अनुभवि नेता र युवा जोसको संयुक्त प्रयासले देशले सहि बाटो लिन सक्छ । मौकाको सदुपयोग गरौं । यसबाट जनताको मात्र होइन दलका नेताको पनि अवश्य हित हुनेछ ।
 

चाबहिल सरस्वतीनगर, काठमाण्डौ 
२०७९ माघ ३