भुम्लु किर्ते हस्ताक्षर काण्ड: कोही सामाजिक सञ्जालमा बर्बराउँदै, कोही राजीनामाले लाज छोप्दै

भुम्लु किर्ते हस्ताक्षर काण्ड: कोही सामाजिक सञ्जालमा बर्बराउँदै, कोही राजीनामाले लाज छोप्दै

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  फाल्गुन १, २०७९

काभ्रे।  काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर -५ मुला बारीमा अवस्थित श्री घोङग ताम्सालिङ गुम्बा निर्माणमा गाउँपालिका प्रमुख प्रेम बहादुर भुजेलको सल्लाहकार तुलसी मान तामाङले गुम्बा निर्माण समितिका कोषाध्यक्ष र सचिवको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको आरोप विभिन्न सामाजिक सञ्जालमा आएपछि हिजो सल्लाहकारले राजिनामा दिएका छन् ।

पालिका अध्यक्षसहितको मिलेमतोमा गुम्बा निर्माण समिति विघटन गरी रातारात नयाँ समिति बनाई पाँच लाख रुपैयाँ झिकेको खुलेपछि लाज छोप्नको लागि राजिनामा दिएको स्थानीय बताउँछन् । 

डुक्मा दोर्जे लामाको अध्यक्षतामा गठित पुरानो समितिको कोषाध्यक्ष अनिता गुरुङ र अमृत कुमार लामा सचिव थिए । मठराम तामाङ, शर्मिला तामाङ र मनमाया तामाङ समितिका सदस्य थिए। 

तर, उनीहरु कसैलाई पनि थाहै नदिई अध्यक्ष भुजेलका सल्लाहकार तुलसी मानलाई नयाँ समितिको कोषाध्यक्ष बनाएर रकम निकालिएको आरोप अहिले सत्य सावित भएको छ ।   गाउँपालिकाका अध्यक्ष भुजेलको एकल सिफारिसमा निर्माण समितिका सबै सदस्यको किर्ते हस्ताक्षर गरी अर्को समिति गठन गरेर ५ लाख निका लिएकोमा सल्लाहकारले राजिनामा दिएर पन्छिन खोजेको र पालिका प्रमुखले भने अहिलेसम्म मौन बसेको एक स्थानीयले बताए । 

पालिका अध्यक्षका सल्लाहकार तुलसी मान भने यसबारे नबोली राजिनामा दिएर पन्छिन खोज्दा सम्बन्धित निकायले वास्ता नगरेको भनी स्थानीय आक्रोशित भएका छन् । 
उता पालिका प्रमुख भुजेल भने अझै पनि रित पुरा गरी आए अनुसार सिफारिस गरेको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेख्छन् । उनले यस्तो लेखेका छन् स बरु, म पानी खाएर बाचौँला ,भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न  !

गलत नियत राखेर कुनै सिफारिस गरिएको छैन ,रित पुरा गरी आए अनुसार सिफारिस गरिएको छु। बिलकुल भ्रम नरहोस् । 

म प्रति जुन आशा,अपेक्षा र भरोसा राख्ने सम्पुर्ण आदरणीय मतदाता , शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरुको ! तपाईंहरुको शिर निहुरिन कदापि दिने छैन । म पुन प्रतिबद्धता गर्दछु। 

मेरा बारेमा टिप्पणी गर्ने सामाजिक संजाल संचालक , मिडिया कर्मचारीहरुलाई बिशेष धन्यवाद दिन्छु कि मलाई सचेत गराउनु भएकोमा । 

तर  सामाजिक संजाल, मिडियाकर्मीले सचेत गराउन यसरी लाग्नु भयो की अन्धकारमा जे पाइन्छ त्यही ले घोच्न थल्नुभो । सचेतनाको आगोको लप्काले  मेरो हृदय देखि   चरित्र सम्म जलाउने गरि सामाजिक संजालमा स्थानीय सरकारको नै बदनामी हुने गरि भैरहेको  प्रचारबाजी प्रति मैले गम्भीरता पुर्व हेरिरहेको छु र यस प्रति दुखी छु ।

तर पालिका प्रमुखको यो भनाई देखावटी आफु बच्नको लागी भन्दै स्थानीय रमन तामाङ भन्छन्- 'अरुले के गरे भन्दा पनि मैले के गरेँ भन्ने मुख्य कुरा हो ।  म माथि प्रश्न उठ्यो भन्ने कुराको हेक्का हुनु पर्ने हो ।  अलिकति गल्ति महसुस गर्नु छैन ।  अझै अरुलाई दोष दिने  नैतिकता भन्ने अलिकता पनि नहुने कस्तो अचम्म छ हँ । मुखमा राम राम बगलीमा छुरा भइरहेको छ ।  'मानिस  एक रुप अनेक' हुने रहेछ  कठै सर्वहारा वर्गको नेतृत्व !  धिक्कार होस् ।'

सधै विवादमा तानिने भुम्लु गाउँ पालिका नयाँ नेतृत्व आएको १ बर्ष नपुग्दै करार पदपूर्तिमा नातावाद, सडक निर्माण सँगै अहिले पुनः किर्ते हस्ताक्षर गरि रकम हिनामिना सम्म पुगेको छ ।