भुम्लु कि वडासदस्य दान कुमारी 'डन' कुमारी बनेेको भन्दै न्ययिक समितिमा उजुरी !

भुम्लु कि वडासदस्य दान कुमारी 'डन' कुमारी बनेेको भन्दै न्ययिक समितिमा उजुरी !

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  फाल्गुन ७, २०७९

काभ्रेस्थित भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङको वडा सदस्य दान कुमारी महत खत्रीले भए भरको पदमा आफैँ बसी  राजनीतिक पहुँचमा अरुलाई दुख दिँदै  आएको  आरोप लागेको छ ।

 २०७२ साल देखि सोही वडाको उर्लेनीमा रहेको श्री भिमेश्वोर महिला कृषक समुहको अध्यक्ष समेत रहेकी दान कुमारी हाल वडा सदस्य भएपनि विकास निर्माण कार्यदेखि सबै कुरामा आफै अवसर खोज्ने गरेको आरोप स्थानीयले लाएका हुन । 

२०७२ सालमा स्थापना भएको भिमेश्ववर सहकारीको स्थापनाकाल देखिनै सहकारीको अध्यक्ष बनेर बचत कर्तालाई समेत दुर्व्यवहार गर्दै आएको सहकारीका एक सदस्यले बताए।

पालिकामा दर्ता भएको उक्त सहकारीमा सुरुवातमा ४०/४५ जना बचतकर्ताबाट सुरुवात गरेको बताइन्छ।  बिस्तारै सहकारी चल्दै गएपछि सहकारीको अरु सदस्यहरूले हरहिसाब देखाउनको लागि आग्रह गर्दा सहकारीको सचिवलाई नै विभिन्न आरोप लगाएर निकालेको एक स्थानीयले बताए।

गाउँपालिकाले सहकारी भवन निर्माण गर्नको लागि ९ लाख रुपियाँ बजेट छुट्याएपछि उक्त निर्माणको जिम्मा समेत आफैले लिएर काम गर्न थालेको र सोही सहकारीको  सचिव यशोधा खत्रीले  भवन निर्माणको पहिलो किस्ताको  हरहिसाब देखाउनु भन्दा रात रात आफूलाई सचिवबाट हटाएर  आफ्नो मान्छेलाई सचिव बनाएर आफूलाई कुहिएको आलुसँग तुलना गर्दै त कुहिएको आलु रहिछस् हामिले बोराबाट निकालेको हौ भन्दै वडा सदस्य दान कुमारीले गालीगलौज गरेको पीडित सचिव यशोधाले आरोप लगाए कि छन् । 

 करिब ९ लाखमा बनेको १ कोठे  भवनको हिसाब को कुनै पनि पारदर्शी  नभएको सदस्यहरु बताउँछन । सोही वडाको ठडेन्द्र बहादुर पन्थको जग्गामा  बनाइएको भवन अहिले सम्म सहकारीको नाममा लान नसकेको र  शुरुमा ३० हजारमा जग्गा धनी पन्थलाई  जग्गा  लिने भनी कुरा मिलाएर ३० हजार बैना दिई र अहिले पुरै पैसा नदिएकोले ब्यक्ति कै नाममा भएको एक स्थानीयले जानकारहरुले बताउने गरेका छन् ।

आफ्नो श्रीमतीले हरहिसाब सबै माझ देखाउनुपर्छ भन्दा आजबाट नबस भनी सदस्यबाट समेत हटाएको सोही वडाको अर्का सहकारीको पीडित सदस्य सानू मैयाँ जिसिको श्रीमान टीका बहादुर जिसीले बताएका  छन् ।

भवन  बनेको जग्गामा पनि किचलो  रहेको र   सुरुमा ३० हजारमा जग्गा धनीसँग  जग्गा  लिने भनि  कुरा मिलाइए पनि अहिले जग्गा धनीले थप जग्गाको पैसा मागिरहेका छन् । जग्गा धनीको  कुराअनुसार३ ० हजार बैना मात्रा लिएको हो भन्ने बुझेको छु। साथै लेखपढ गर्न नजान्ने मलाई वडा सदस्य दान कुमारी राती आएर कहाँ कहाँ सहि छाप गर्न लगाइन भन्दै आफूसँग गुनासो पोखेको टीका बहादुरको भनाइ छ।

किचलो हुँदा हुँदै पनि  यस पटक फेरि भवन कै लागि भनेर थप १ लाख ५० हजार बजेट  बिनियोजित गरेको पाईन्छ । उनले भने- मन परेको मान्छेलाई ऋण दिने, बचत भएको रकम आफ्ना आफन्तलाई दिने  यसो गर्न मिल्दैन भन्दा सचिवबाट यशोधालाई निकालियो र मेरो श्रीमतीलाई पनि निकालियो । सानी मैयाँ जिसी तपाईको मासिक बचत पनि गर्दैनौ भनेर निकाले, उल्टै न्यायिक समिति गएर हामीलाई नै उजुरी हालियो जे जे गर्नु हुन्छ सबै आफै गर्नु भनेर जवाफ दिने गरेकी छन्  ।

परिवर्तन  गरेको सचिब  सरस्वती महतलाई पनि आफुले भनेको कुरा नमानेपछि  परिवर्तन गरी बिन्दा बानिया राखेको स्थानीय बताउँछन । 

सोझो लेखपढ नगरेकोलाई सहकारीको सचिवमा राख्ने हिसाब अरुलाई गर्न लगाउने  अनि हिसाब खोज्यो भने निकालेर  अर्को आफ्नो मान्छे ल्याउने कुराले दान कुमारीको नियत  नै खराब रहेको बताउने गरेका छन् । 

 करिब ९ लाखमा बनेको १ कोठे  भवनको हिसाब को कुनै पनि पारदर्शी  नभएको सदस्यहरु बताउँछन । सोही वडाको ठडेन्द्र बहादुर पन्थको जग्गामा  बनाइएको भवन अहिले सम्म सहकारीको नाममा लान नसकेको र  शुरुमा ३० हजारमा जग्गा धनी पन्थलाई  जग्गा  लिने भनी कुरा मिलाएर ३० हजार बैना दिई र अहिले पुरै पैसा नदिएकोले ब्यक्ति कै नाममा भएको एक स्थानीयले जानकारहरुले बताउने गरेका छन् । यो किचलो वडाले थाहा भएर पनि यस पटक भवनको लागि थप १ लाख ५० हजार बजेट  बिनियोजित गरिएकाे छ । 

कसैलाई  ९ प्रतिशत त  कसैलाई १५ प्रतिशत  ब्याज लिने गरेको र  भवन निर्माणको लागि ल्याएको बालुवा, गिट्टी र सिमेन्ट समेत दान कुमारीले बेचेर हिसाब नदेखेको  स्थानीयको थप आरोप छ।

सहकारीको अध्यक्ष साथै वडा सदस्य दान कुमारी महत  भने आफुले कुनै गल्ती नगरेको बताउने गरे कि छिन् । उनको भनाइ अनुसार गाउँपालिकाको पुर्व अध्यक्षले सचिव एउटा कसैलाई  'उभेउटो'  भए नी ल्याउनु भनेर आफुले त्यसो गरेको  बताउँछिन्।

जनप्रतिनिधि भएर सबै कुरामा तपाइँ आफै अगाडि सर्नु भयो ? भन्दा सबैले बस भनेर नै सबै पदमा बसेको बताइन्। उनले भनिन - 'मलाई ठुला हिसाब गर्न आउँदैन ठुला ठुला स्कुलका सरहरूले भवन निर्माणको हिसाब गर्नुभएको छ । कुनै दिन हिसाब देखाउँला । साथै सदस्य दान कुमारीले भोलिपल्ट फोन गरेर सम्वाददाता तपाई कहाँ हो सर हामी भेट्न आउँदैछौ समेत भन्न भ्याएकी थिइन। 

हिसाब देखाउन आनाकानी गरेकोले अध्यक्ष  बिरुद्ध  १५ जना सदस्यको हस्ताक्षर  सहित भुम्लु गाउँपालिका न्यायिक समितिमा उजुरी पनि  गरेका छन । तर अहिले सम्म केही नभएको  ध्यानाकर्षण नभएको पीडितहरुको गुनासो रहेको छ ।