व्याजको स्याज असुल्ने साहुकारी चलन: जटिलतम न्याय निरूपणमा बाजे पुस्ताको अभ्यास

फर्कलान् र ती दिनहरु

व्याजको स्याज असुल्ने साहुकारी चलन: जटिलतम न्याय निरूपणमा बाजे पुस्ताको अभ्यास

हरिविनोद अधिकारी  |  साहित्य  |  फाल्गुन १३, २०७९

जति जति पुराना दिनहरूको याद आउँछ, त्यति त्यति बा आमाको याद आउँदो रहेछ  । माहिलो भाइ हिमालयको याद आउँछ । ती सबैको याद आउँछ जो जो मेरो जीवनमा अपरिहार्य रुपमा जोडिन आउनु भएको थियो र अब हुनुहुन्न । हाम्रो ठुलो परिवार थियो, संयुक्त परिवार । बाउहरु तीन भाइ, आमाहरु हुनुभयो, उहाँहरुका सन्तान अर्थात् हामी दाजुभाइ, दिदी बहिनीहरू, भाउजु हरु ।

मैले थाहा पाउँदा बा की  जेठी फुपू जसलाई घरमा इज्जत साथ ठुल्दिदी भनिन्थ्यो । उहाँ बालविधवा हुनु हुँदो रहेछ र जवानीमा पल्लो गाउँका थापा काजीसँग लहसिनु भएको रहेछ, अर्थात् जानु भएको रहेछ तर पछि बुझे अनुसार ती थापा काजी पनि चाँडै परलोक जानु भयो र दिदीका सन्तान पनि एउटी छोरी जन्मेर चाँडै मरेकी हुन् कि मरेकी नै जन्मेकी हुन्, अलि अलि हल्ला हाम्रा कानमा खुसुखुसु परेको थियो ।

ठुल्दिदीका बारेमा कसैले केही भन्न सक्दैन थिए, हजुर आमा चाहिँ कहिलेकाहीँ प्वाक्क भन्नुहुन्थ्यो । हजुरआमा दुम्जाका कोइरालाकी छोरी हुनुहुन्थ्यो ।त्यसो त उहाँका भौतिक रुपमा सन्तान थिएनन् र पनि हामीले थाहा पाउँदा बाहरुले आमाको रुपमा मान्ने गरेको आमा उहाँ नै हुनुहुन्थ्यो र हामीले सम्झने घर तर्फको हजुरआमा उहाँमात्र हो । 

हजुरआमाले भन्ने कारणचाहिँ थियो, बुहारी भनेर अलि हेपेर केही भन्नुहुन्थ्यो ठुल्दिदीलाई । घरमा सबैभन्दा मान्यवर ठुल्दिदी हुनुहुन्थ्यो र पनि भान्साभन्दा मुनि चौकामा बसेर खानु हुन्थ्यो । त्यो कुरा हामीलाई अचम्म लाग्थ्यो किनभने हजुरआमा, बाहरु, आमाहरु र ब्रतबन्ध गरेका दाजुहरु भान्सामा बसेर खान्थे तर घरकी सबैभन्दा सम्मानित व्यक्ति ठुल्दिदी भने किन चौकामा बसेर खानु हुन्छ ?

एकदिन मैले बिस्तारै हजुरआमासँग सोधेँ- हजुरआमा, किन ठुल्दिदी भान्सामा बसेर खानु हुन्न या भान्सामा राखिँदैन? हजुरआमा हाँस्नुभयो र कसरी हाम्रो समाजमा बाहुन र अन्य जातको बन्दोबस्ती हुन्छ भन्ने बारेमा मलाई भन्नुभयो- त्यस्तै हो, धेरै बुझेर फाइदा छैन, तर आमाजुलाई चाहिँ झुक्किएर पनि यसबारेमा नसोध्नु नि !  किन हजुरआमाले यसो भन्नु भयो, थाहा छैन तर उहाँलाई हाम्रो परिवारको शुभ लक्ष्मी र हक्की स्वभावकी मानिन्थ्यो ।

एकदिन मैले उहाँ खुसी देखेर बिस्तारै सोधेँ- ठुल्दिदी, तपाईँले कसरी यत्रो सम्पत्ति खडा गर्ने हिम्मत गर्नुभयो ? किनभने मैले सुनेको थिएँ, हजुरबाले सम्पत्ति जगेर्ना गर्न र साहुकारी गर्ने काममा ठुल्दिदीको ठुलो देन थियो । अनि ठुल्दिदीले हाँस्दै भन्नुभयो- तेरो हजुरबाबु हामी छोरीहरूपछि जन्मेको । हामी देउरालीटारबाट ग्वाल्टारमा आएका । दाप्चाबाट हैबार हुँदै देउरालीटार आएर बसेका । ग्वाल्टार बास्तवमा बरालहरु र कार्कीहरुको बिर्ता ।

तर हामी मिलेर बस्यौँ, भाइलाई हेप्ने जस्तो भएपछि म हिम्मत साथ हेप्नेसँग लडेँ र बिस्तारै सम्पत्ति जगेर्ना गर्न सहयोग गरेँ । अनि दिदीले थप्नु भयो - हेर, लक्ष्मी चञ्चल हुन्छिन्, आज हामीसँग छिन्, भोलि अरुसँग हुन्छिन् । जति कमाउने हो, शुद्धिसँग कमाउनु पर्छ, ब्याजमाथि स्याज खानु हुँदैन भन्ने धारणा मैले बनाएँ, भाइले मान्यो, तेरो बाबुले पनि मान्यो अनि ...।

भावुक बन्दै ठुल्दिदीले मलाई भन्नुभयो- हेर, अर्काको कुभलो नगर्नू, सम्पत्ति त इमान हो, बोलीको ठेगान राख्नू । पहाडको साहु भनेको त्यस्तो के पो हुन्थ्यो र ? त्यही धान, त्यही मकै, त्यही कोदो,गहत, बस्तुभाउ ।  त्यही जम्मा गरेको हो, जथाभावी खर्च गर्न जोगाएको हो र आसामीहरुसँग मानवीय व्यवहार गरेर पैसा दिने र फिर्ता लिने गरेको हो ।  

बालाई परेछ समस्या । अनि मलाई भन्नु भयो - दाइलाई भन् त भैँसीलाई घाँस हाल्न । म त छक्क  परेँ, उहाँ आउँदै हुनुहुन्छ तर बा त घाँस हाल्न पो पठाउनु हुन्छ । हामीलाई यो कथा पछि बाले भन्नु भए पछि थाहा भयो कि ....! अर्थात् बा त्यस्तो जटिलतम् मुद्दालाई पनि सहजताका साथ मिलाउनु हुन्थ्यो । पछि त्यो पुरानो बुढोलाई बेलाउनु भयो र सोध्नुभयो -दाइ , के भयो ? उनले भनेकोले नै थाहा भयो, बिँडी खान बसेको बेला परानी बुढीसँग भेट भएको र सँगै रातभर बसेको । तर उनले भने - बाजे, सत्ते, कुरामात्र भएको हो, अरु केही पनि भएको थिएन । 

एकै गाउँमा साहुका रुपमा रहेछौँ । गाउँका साहु भनेका त्यो बेलामा केही हजार, लाख रुपैया थियो होला, केही रोपनी जग्गा थियो होला, साहु भनेपछि पक्कै नै आसामी लगाएको हुनुपर्छ र त साहु भनिएको होला । साहुलाई आसामीले दिने व्याज नै त नाफा हो । आज पनि मुलुकमा आर्थिक संकटले विदेशी मुद्रा सञ्चिति मा दबाब परेको छ, कति मानिसहरु बैंकको, सहकारीको चर्को व्याजले सिर्जेको चक्रबृद्धि पुँजी तिर्न नसकेर या त आत्महत्या गरेका रहेछन् या त घरमा ताला चाबी लगाएर लाला बाला घिसार्दै वन जंगलतर्फ या देश नै छोडेर हिँडेको देखिन्छ । तर मैले बुझेसम्म साहुको रुपमा हाम्रो परिवार हुँदा पनि त्यस्तो अमानवीय रुपमा व्याज उठाउने, घरबार नै उजाड पार्ने गरेको थाहा भएन । 

त्यो बेलामा र पछिसम्म जिम्मा लिएर मालपोतको रुपमा जग्गाको कर उठाउने, मालपोत लगेर बुझाउने र त्यसबाट केही रकम पाउने चलन थियो जसलाई जिम्मा वालको रुपमा गाउँगाउँका हुन्थे । हाम्रो दिङ्दिङ् फाँटमा पहिले कार्कीहरूको पनि बिर्ता रहेछ र कर उठाउने चलन रहेछ, पछि बरालहरुको पनि बिर्ता भएछ । एउटै गाउँमा कतै बरालहरुको बिर्ता, कतै कार्कीहरूको बिर्ता । मैले  थाहा पाउँदा पनि कार्कीहरूको तर्फबाट जिम्वाल ज्ञानबहादुर कार्की र बराल तर्फबाट जिम्मवाल जिबा पुण्यप्रसाद बराल हुनुहुन्थ्यो । 

गाउँको जिम्मली भनेको के हुने रहेछ भने कसैसँग बलजफ्ती पैसा उठाउन नसकिने तर  सरकारको रकम बेलामा नै तिर्नुपर्ने । नभए जसले कर दिँदैन, उसको फाँट बुझाउनु पर्ने, त्यसो हुँदा उसको जग्गा लिलाम पनि हुने । गाउँमा आफ्ना दाजुभाइ, नातागोता हुने, बाहुन क्षत्री, र अन्य जातका मानिसहरु सबै मिलेर बसेका हुन्छन् र नाता लगाएर बस्ने हुन्छन् । यसपटक जिम्मल मैले पैसा दिन सकिन , तिमीले नै तिरेर आउन भन्थे ।

जिम्मललाई कस्तो फसाद ? तिरूँ कति तिरुँ, नतिरौँ उसको जग्गा लिलाम आफूले गराएको जस्तो हुने । अनि जिम्मल जिबा पुण्यप्रसाद बराललाई जिम्मली छोड्न मन लागेछ ।

यो कुरा मेरो हजुरबाले कतैबाट सुन्नुभएको रहेछ । अनि हजुरबाले जिम्मल जिबा घरमा बोलाउनु भएछ र भन्नु भएछ- साला, तैँले जिम्मली छोड्न आँटेको रे भन्ने सुनेँ , हो त ?

जिम्मल जिबाले भन्नु भएछ- हो भिनाजु, आफ्नो पैसा दिँदा दिँदा म त वाक्क भएँ, अरुको मालपोत तिर्न मैले पो ऋण गरेर तिर्नु पर्नु भयो , त्यसैले यो कामको जिम्मा नै छोड्न आँटेको सत्य हो । अनि हजुरबाले सोध्नु भएछ- साला, वर्षमा कति बुझाउनु पर्छ ? जिम्मल जिबाले अंक भन्नु भएछ । हजुरबाट भित्र जानु भएछ र १२ हजार नेरु दिनु भएछ र भन्नुभएछ - साला, तैँले जिम्मली छोड्नु पर्दैन, यो रकम लिएर जा र मालपोतमा तिरेर आइज । पछि पैसा भयो भने दिनू , नभए यो कुरा कसैलाई पनि नभन्नु तर तैँले जिम्मली नछोड्नु ।

यो कुरा जिम्मल जिबाल मलाई उहाँको माहायात्रा भन्दा केही समय पहिले मात्र भन्नु भएको थियो । मेरो बा र जिम्मल जिबासँगका पनि हुनुहुन्थ्यो र एकदमै मिल्ने मामा भान्जा हुनुहुन्थ्यो । पछि उहाँका छोराहरु भरतराज बराल मेरा गुरुको रुपमा र नेताको रुपमा सम्मानित हुनुहुन्छ भने माहिलो छोरो गणेश चाहिँ मेरो साह्रै मिल्ने साथी पनि हो , काका पनि हो ।

बाजेहरुको त्यो मित्रता र अपनत्व हाम्रो पुस्तासम्म पनि यथावत् छ । त्यसले के देखाउँछ भने साहु भएर पनि व्याज स्याज खाएर कसैको घरबार उठाउनु भन्दा हजुरबा, बाहरुले साहुको रुपमा जति समय आफ्नो भूमिका निर्वाह गर्नुभएछ, त्यो बेलासम्म त्यस्तो कुनै नराम्रो व्यवहार गरेको सुनिएन । अब त त्यस्तो साहुकारीको कुनै काम गरिएको पनि छैन

तर साहुका खलक भन्नेचाहिँ चलन अझै पनि छ । अब त्यो कुरा पुरानाहरुले मात्र भन्ने गर्छन् र साहुको शब्दावलीले सामन्ती व्यवस्थाको छनक दिने भएकाले हाम्रा पुस्तामा आएपछि , न त हामी साहु रह्यौँ, न त त्यस परिचयले हामीलाई चिनाउने प्रयास गरेका छौँ । अब मेरा पनि नाति नातिनी पुस्तालाई त त्यसबारेमा भनेको पनि छैन , भन्नु जरुरी पनि देखिँदैन । 

मेरो बा एउटा राजनीतिक उत्प्रेरक र समाजसेवी हुनुहुन्थ्यो । उहाँको न्याय गर्ने चलन एकदम सामाजिक न्यायको दृष्टिले सुहाउँदो थियो । कुनै बेलामा उहाँ हाम्रो भेगको निर्विवाद, निर्विरोध प्रधानपञ्च हुनु भएको रहेछ । हाम्रो गाउँको कतै उजुरी बाजुरी पनि नपरोस् भन्ने कुरामा बा एकदम चिन्तित हुनु हुँदो रहेछ । एकपटक के भएछ भने एकजना बुढी आमा कतै पसल जान भनेर घरबाट कोसेली पात लिएर हिँड्नु भएको रहेछ ।

बाटामा बालाई बिँडी खान मन लागेछ । कोही रुखमा चढेर ढोड झार्दै रहेछ र उसलाई ती एक्लै आएकी आमाले सोधिछन् -बिँडी खाने हो ? त्यो मानिस पनि ढोड झारेर आएछ र बिँडी खान लागेछ । परिचय हुन थाल्यो । माथिल्लो गाउँ र तल्लो गाउँका मानिसहरुमा चिनजान नहुन पनि सक्छ तर कुनै न कुनै बहानामा भेट भएको रहेछ भने चिनजान गरेर नाता लगाउने चलन गाउँमा थियो पहिले । कुरा हुँदै जाँदा ती त पुराना बुढा बुढी पो रहेछन् ।

सानैमा बिहे भएको, बुढो काम गर्न भारततर्फ गएको, बुढी ठूली हुँदै गएपछि पोइल गइ छिन् । बुढा विदेशबाट आउँदा बुढीको कुनै टुङ्गो भएन अनि अर्को बिहे गरेछन् । तिनै पुराना बुढा बुढी पो सँगै बिँडी खान बसेका रहेछन् । बल्ल बल्ल ती दुईका बिचमा पुराना कुरा गर्ने साइत जुरेछ र त्यो दिन एक्लै घरमा रहेका ती पुराना बुढाका घरमा ती पनि बसिछन् । पछि उनकी श्रीमती कतैबाट फर्केर आएपछि त्यो कुरा बुढाले सगर्व सुनाएछन् र भने छन् -हेर बुढी, तँ भन्दा पहिले मैले बिहे गरेकी तर कता गई कता गई भनेर बिर्सेकी बुढीसँग तँ नभएको बेलामा भेट भयो, एक रात बडो मज्जासँग कुरा गरेर बिताएँ नि !  यसले रमाइलो भन्दा विवाद बढाएछ र बासँग उजुर बाजुर गर्न ती आमै आइन् र रुन कराउन थालिन् ।

त्यही बेलामा ती बुढी आमैको बुढा पनि कतैबाट हाम्रो घरमा आए जुन कुरा हामीलाई त थाहा थिएन, बालाई थाहा रहेछ । जसकी स्वास्नी रातभरि पुरानो पोइसँग बसेकी हुन्, तिनको पोइ र जसले रातभरि राखेको हो उसकी जोई बुढाको विरुद्ध उजुर गर्न आएकी थिइन् ।

बालाई परेछ समस्या । अनि मलाई भन्नु भयो - दाइलाई भन् त भैँसीलाई घाँस हाल्न । म त छक्क  परेँ, उहाँ आउँदै हुनुहुन्छ तर बा त घाँस हाल्न पो पठाउनु हुन्छ । हामीलाई यो कथा पछि बाले भन्नु भए पछि थाहा भयो कि ....! अर्थात् बा त्यस्तो जटिलतम् मुद्दालाई पनि सहजताका साथ मिलाउनु हुन्थ्यो । पछि त्यो पुरानो बुढोलाई बेलाउनु भयो र सोध्नुभयो -दाइ , के भयो ? उनले भनेकोले नै थाहा भयो, बिँडी खान बसेको बेला परानी बुढीसँग भेट भएको र सँगै रातभर बसेको । तर उनले भने - बाजे, सत्ते, कुरामात्र भएको हो, अरु केही पनि भएको थिएन । 

आज त्यस्ता बाको सन्तान हामी खोइ किन हो, आफैँमा मिल्न नसकेर न्यायालयतिर न्याय खोज्न पुगेका छौँ । क्रमशः