कसरी फर्कलान् र ती दिनहरू अब ? बालापनको त्यो बेला, जहाँ कुनै लोभ थिएन, कुने द्वेष थिएन र कुनै स्वार्थीपन थिएन, तर अपनत्वको पाठ त्यहीँ सिकियो । अपनत्व पनि कस्तो भने, यो मेरो, मलाई चाहिन्छ तर किन भन्ने भन्दा पनि...
मनमा धेरै कुराहरु कुल वुल गर्छन् तर कति कुराहरु लेख्न यी हातहरूलाई विवेकले दिँदैन । के हो त्यस्तो विवेकलाई बन्धकमा राख्ने चलन ? कसले हामीलाई बन्धनको डोरो तयार गरेको हो ? के हो त्यस्तो बन्धन ? हजारौँ वर्षदेखि हाम्रा पूर्वजले...
२०३१ सालबाट सुरु गरेको शिक्षण कार्य आजसम्म पनि निरन्तर छ । नियमितरुपमा त सामुदायिक विद्यालयबाट निवृत्त भएकै हुँ तर हामी आफैँले प्रयास गरेर खोलेको सामुदायिक क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसमा आत्म रतिका लागि भए पनि कहिलेकाहीँ पढाउँदै छु । अर्थात् करिब...
आत्मकथा या आफ्नो जीवनीका कथा आफ्नै हातबाट कसरी सम्भव हुन्छ ? के त्यसमा आत्माभिमानको पुट हुँदैन र ? या त्यसमा कतिपय त्यस्ता कुराहरू राखिन्छन्,जुन समाजलाई थाहा छ तर आफूचाहिँ भन्न सक्दैन ? भन्दैन ? या त्यस्ता कुराहरू छन्, जुन उसलाई...
म सिद्धान्तको कुरा गर्छु । के हो त सिद्धान्त भनेर मेरो मनमा आउने गर्छ । सिद्धान्त कसरी बन्छ ? सायद सिद्धान्त एउटा लक्ष्यसहितको परिणामको खोजी हो, जुन पहिले अमूर्त हुन्छ तर परिणामचाहिँ मूर्त रूपमा देखिनुपर्छ । जीवनको लक्ष्य के हो...
सिद्धान्त भनेको के हो ? मान्छे किन कुनै सिद्धान्तप्रति मोहित हुन्छ र कसरी त्यही मोहित भएको सिद्धान्तप्रति मोहभङ्ग हुन्छ ? वास्तवमा जीवनलाई केले सञ्चालन गर्छ ? विचारले कि व्यवहारले ?समयको प्रवाहले ? या नियतिले ? यी कुराहरुले सधैँ गिजोलिरहन्छन् मलाई...
कुनै समय त्यस्तो हुने रहेछ अतीतका पनि कि ती दिनहरु फेरि नफर्कि उन् । ती दिनहरु फेरि नदोहोरिउन् । ती दिनहरु त पक्कै दोहोरिँदैनन् तर त्यस्तै त्यस्तै घटनाहरु चाहिँ दोहोरिन सक्छन् । विस्मृतिका जानै पर्ने अतीतका बारेमा चर्चा त नगरौँ...
प्रसङ्ग निर्वाचनको !पहिलेको सम्झनामा यसो फर्केर यथार्थ तर काल्पनिक समयमा भ्रमण गर्दा कहिले मतदानको पहिलो प्रयोग गरेँ हुँला भन्ने ठ्याक्कै याद किन आउँदैन भने त्यो बेलामा २१ वर्षमा मात्र मतदान गर्ने अधिकार पाइन्थ्यो र हाम्रो लागि पञ्चायतको निर्वाचन त्यति चासोको...
निर्वाचन !७ फागुन २०१५ देखि सुरु भएको पहिलो आमनिर्वाचनका बारेमा सुनियो मात्र, भोगिएन, किनभने त्यसबेला म मात्र ५ वर्षको थिएँ । तर, जेहेनमा कतैकतै त्यो बेलाको केही केही सम्झनामा आउँछ । के भन्ने खुट्याउन सक्ने अवस्था थिएन, छैन । घरमा...
सबै अनुभवहरु सबैलाई काम लाग्ने हुन्छन् भन्ने पनि होइन किनभने अनुभव व्यक्तिगत भोगाइ हो । त्यस्तै त्यस्तै परिवेश र घटनाले प्रभाव पारेकाहरूलाई त्यस्ता अनुभवले छुन्छ तर परिणाम भने फरक फरक हुने गर्छन् किनभने व्यक्ति फरक हो, परिवेश फरक हो र...
स्मरणीय कुराहरु बिर्सन थालियो तर विस्मरणीय कुराहरु मनमा कुल बुलाएर बसेका हुने रहेछन् । तर त्यस्ता विस्मृतिमाजाने पर्ने कुराहरु झन झन ताजा भएर बस्ने र मनमा अझै पनि त्यसले पारेको घाउ बल्झने डर हुने रहेछ । घाउ बल्झेको भन्नु प्रतिशोधको...
हाम्रो पुर्वीय परम्परामा एउटा धारणा छ- यदि तपाईँ दान गर्नुहुन्छ भने दाहिने हातले दिएको दानको परिमाण देब्रे हातले थाहा नपावस् रे ! अर्थात् आफूले समाजका लागि, अरूको सहयोगका लागि गरेका कामहरूका बारेमा आफूलाई पनि त्यस्तो हेक्का नराख्नू रे ! किनभने...
समयलाई कसरी परिभाषित गर्ने ? समय के हो ? के समय आफैँमा परिवर्तनको वाहक हो ? या परिवर्तन आफैँ समाज र पात्रहरु खोज्दै आइपुग्छ होला त हामी समक्ष ? हामीलाई समयले परिवर्तन गरिरहेको हो कि हामीले समयलाई परिवर्तन गरिरहेका छौँ...
शिक्षा दिने होइन, सिकाउने हो । सिकाउने के भनेर ?समय, विश्व परिवेश, समसामयिक समाज, प्रचलित परम्परा र विश्वका अन्य देशहरुले गरेका राम्रा अभ्यासहरूलाई सिकाउने हो । संसार सानो भइसक्यो, कुनै पनि देश आफैँमा मात्र निर्भर हुन सक्दैन र परनिर्भरता ले...
जीवनको महत्त्वपूर्ण समय सिक्दैमा जान्छ भनिन्छ तर सिक्नु र सिकाउनु त निरन्तर निरन्तर हुने प्रक्रिया हो जस्तो लाग्छ । सिक्ने तरिका भनेको परेर मात्र अनुभवजन्य हुन्छ भन्ने मान्यता छ तर सबै कुरामा, सबै घटनामा अनुभव बटुल्न समय लाग्छ र सम्भव...
जीवनका धेरै अनुभवहरू आफैँमा समेटिएका हुन्छन् र त कति सम्झनामा पनि अब कतैकतै खोज्नुपर्ने हुनेरहेछ । फेरि जब सम्झना हुन थाल्छ, फुत्तफुत्त बिस्तारै आउन थाल्ने रहेछन् मिति बिर्सने अनि एउटा घटनासँग अर्को घटना जोडिने डर । सायद त्यसैले होला, कतिपय...
कवि शिरोमणि लेखनाथ पौड्यालले बहु प्रचलित अमर कविता बुद्धि विनोद प्रश्नावलीमा राखेका केही प्रश्नहरू नै सधैँ मनमा आउँछन् : कहाँ थियो बास ? अघि म को थिएँ ? कसो हुँदा यो पिँजरा लिँदो भएँ ? कहाँ छ जानु ? कुन...
एउटा नैतिक प्रश्न सधैँ आफैँमा सोधिन्छ, समाजमा सोधिन्छ र विभिन्न मञ्चहरूमा उठाइन्छ- मानिस खानका लागि मात्र बाँचेको हो कि बाँच्नका लागि मात्र खाएको हो ? यसको गुढार्थ हो- आफ्नो स्वार्थका लागि मात्र आफूलाई सधैँ उपयोग गर्ने कि अरूको सहयोगका लागि...