पत्रकार महासंघ युरोपको पाँचौ अधिवेशन मे १ मा

पत्रकार महासंघ युरोपको पाँचौ अधिवेशन मे १ मा

शेरबहादुर परियार  |  समाचार  |  बैशाख १४, २०८१

 यूरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौ अधिवेशन मे १ मा हुने भएको छ । १८ अप्रिलमा भएको शाखाको बैठकले केन्द्रको परिपत्र तथा शाखाको विधानको परिच्छेद ५ को दफा ३ को उपदफा ३ अनुसार सो गर्ने निर्णय गरेको हो।

शाखा अध्यक्ष प्रेम परियारको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ।बैठकले शाखा उपाध्यक्ष राजकुमार थापाको संयोजकत्वमा विधान संशोधन, महासचिव दोर्ण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तथा  कोषाध्यक्ष इन्दिरा चाम्लिङको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी लगायतका उपसमिति बनाएको शाखाका महासचिव दोर्ण रिजालले जानकारी दिए।

बैठकले शाखामा आवद्ध ,अन्य शाखाबाट स्थानान्तर र नयाँ सदस्यका लागि आवेदन दिएका सदस्यता स्वीकृतका लागि केन्द्रीय कार्यालयमा पठाउन तथा अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि, निर्वाचन समिति लगायत महासंघ केन्द्रसँग आवश्यक समन्वय गर्नका लागि अध्यक्ष प्रेम परियार, वरिष्ठ उपाध्यक्ष केजिन राई र महासचिव दोर्ण रिजाललाई जिम्मेवार दिएको उनले बताए।

अनलाइन भर्चुअल प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी ३ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ