पत्रकारिताको एउटा स्मृति : विद्यालय तहमा पाठ्यक्रम बनाउँदा र पढाइ सुरु गर्दाको क्षण

फर्कलान् र ती दिनहरु

पत्रकारिताको एउटा स्मृति : विद्यालय तहमा पाठ्यक्रम बनाउँदा र पढाइ सुरु गर्दाको क्षण

हरिविनोद अधिकारी  |  साहित्य  |  आश्विन ६, २०८०

कुरो शिक्षा र शिक्षककै आउने रहेछ । त्यसो त पत्रकारितामा पनि लागेकै छु । अर्थात् सक्रियता भनेको लेखाइ हो, लेखि रहेकै छु । हिजोका दिनमा पत्रकारिता भनेको हामी जस्ताका लागि धर्मको काम थियो । धर्म पनि प्रजातन्त्र, कर्म पनि प्रजातन्त्र र कर्तव्य पनि प्रजातन्त्र र प्रजातन्त्र मुलुकमा आयो भने त्यसै त्यसै यो देश स्वतः विकास हुन्छ भन्ने मान्यताले पत्रकारिता र शिक्षाको समानान्तर रुपमा आफूलाई समाहित गरियो । ठिक गरियो या गरिएन, त्यो अब अतीतको भागमा परिसकेको छ तर पनि प्रजातन्त्र नभई मानवीय विकास सम्भव छैन भन्ने मान्यता अहिले पनि उत्तिकै छ । 

पत्रकारिता आफ्ना भावना सम्प्रेषण गर्ने एउटा माध्यम हो । वाणी विहीनहरुको भावना आफ्ना शब्दमा समेटेर समाजलाई जानकारी दिने कला हो पनि हो । मेरा लागि पत्रकारिता मन परेका काम हो,  सोख हो र सन्तुष्टिको आधार हो । पत्रकारिताप्रति भन्दा मेरो बढी समय शिक्षणमा रह्यो किनभने त्यो मेरो जीविकोपार्जनसँग पनि जोडियो ।

भाइ बहिनी र छोराछोरी पढाउनु थियो, हामी गाउँमा सामान्य परिवारका मानिसहरुलाई सहरमा आएर बाँच्नु नै एउटा कष्टप्रद अवस्था थियो भने झन केटाकेटी पढाएर आफ्नो जीविकोपार्जनलाई सहज तरिकाले अगाडि बढाउनु पनि कठिन काम हो । तर पनि मानवीय आवश्यकता कति पूरा गरेर दिन कटाइयो भन्दा पनि कसरी भावी पिँढीलाई शिक्षा दीक्षा दिने भन्नेमा अर्जुन दृष्टि रह्यो ।

त्यसैले मैले आफूलाई नढाँटि कन भन्दा मैले पूर्णकालीन रुपमा शिक्षण पेसामा नै आफूलाई समर्पित गरेको हुँ तर पत्रकारितालाई काठमाडौँमा बसेर आफ्ना भावना व्यक्त गर्ने माध्यमका रुपमा लिएको हुँ । मेरो अहिले पनि ध्याउन्न भनेको शिक्षालाई पत्रकारिताको माध्यमबाट जसरी हुन्छ सचेतनाको पक्षमा प्रसार गर्ने नै रहेको छ ।

पत्रकारिताको कर्तव्य

पत्रकारिता भनेको जनताको जान्न पाउने हकको नियमित सेवा गर्ने  प्रक्रिया हो । यस्तो सामाजिक सेवालाई आवश्यक पर्ने साधन भनेको समाचार र विचार हो । विभिन्न धारणाहरूलाई एक मुष्टरुपमा जनताका माझ राख्ने काम पत्रकारिताले गर्छ ।  आमरुपमा एकैपटक जानकारी दिने क्षमता भएकाले नै आम सञ्चारको नाम पाएको हो । 

पत्रकारिताले तथ्यपरक सूचना र जानकारी दिनैपर्छ । त्यस्तो सूचना सन्तुलित अर्थात् जसका वारेमा दिइएको हो, उसको पनि सहभागितामा त्यसलाई तथ्यपरक बनाएरमात्र जनतालाई सुसूचित गरिनुपर्छ । 

मैले आफ्नो विद्यालय गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीमा २०७० सालसम्मको एस एल सीलाई पढाए करिब १० वर्षसम्म , त्यसपछि त २०७१मा निवृत्त भएँ । नेपालका पहिलो पटक विद्यालयमा पत्रकारिताको पढाइ मैले सुरु गरेँ , पछि हेटौँडा, पाल्पा , बर्दियामा पनि भएको थाहा पाएँ । मेरा त्यसबेलाका विद्यार्थीहरु अहिले पनि पत्रकारिता गर्दैछन् । 

खासगरी पत्रकारिताले दिने सूचनामा एउटा सधैँ गुनासो समाजमा देखिन्छ- समाचार वा विचारको विश्वसनीयतालाई कसरी परख गर्ने ? अर्थात् पत्रकारिताका आधारभूत सिद्धान्तमा पर्ने तथ्यपरक , सन्तुलित र विश्वसनीयतालाई आजको पत्रकारिताले कसरी नियमन गर्ने र जनतामा विश्वास कसरी दिलाउने भन्ने ठूलो समस्या देखिएको छ । 

अझ अहिलेको विद्युतीय पत्रकारिताको प्रतिस्पर्धात्मक समयमा कुन ठीक कुन बेठीक भन्ने कुरामा पनि एकै प्रकारको मानक पाइँदैन । तर अनुसन्धानको आधार स्पष्ट भएमा विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । त्यसको एउटै आधार भनेको अहिलेको युगमा आएको अभिव्यक्ति स्वतन्त्रतालाई परख गर्ने र त्यसको विश्वसनीय माध्यमको रुपमा देखिएको मुख्य औजार भनेको नै सूचनाको श्रोत सम्मको पहुँच हो । सूचनाको श्रोतसम्मको पहुँचमा कुनै अवरोध आउनु हुँदैन । तर गलत सूचनाका आधारमा समाजमा देखिने कतिपय भ्रम र हानिका लागि पत्रकारिता सजग हुनै पर्छ । 

पत्रकारिता पढाइको सुरुवात विद्यालयमा कसरी भयो ?  

विद्यालयका रुपमा जब उच्च माध्यमिकक विद्यालयलाई कानुनीरुपमा व्यवस्था गरियो, त्यो सुरुवाती कालमा धेरै व्यवस्थापन गर्नु जरुरी थियो । त्यसो त विश्वविद्यालयबाट प्रवीणता पत्र तह विस्थापित गर्नु नै चुनौतीपूर्ण थियो भने कतिपय सामुदायिक क्याम्पसहरूको आधारभूत विद्यार्थी तथा आर्थिक स्रोत नै प्रवीणता प्रमाणपत्र थियो ।  धेरै विद्यार्थी हुने आंगिक क्याम्पसहरूमा पनि यदि प्रवीणता पत्र तह विस्थापित गरे विद्यार्थीहरुको संख्या सुक्ने डर थियो ।

त्यस्तो बेलामा उच्च माध्यामिक  विद्यालयको परिकल्पना आयो वास्तविकताका आधारमा किनभने विश्वभरको शैक्षिक अवस्थामा विद्यालय भनेको १२ वर्षको हुनै पर्ने बाध्यकारी अवस्था सृजना भएको थियो । विश्व विद्यालयले पनि कक्षा १० पछिको २ बर्से कोर्स सम्पन्न गर्ने र उच्च माध्यामिक विद्यालयले पनि कक्षा ११र १२ गरी विभिन्न विषयलाई मूल विषयको रुपमा पठन पाठन गर्ने परम्परा धेरै वर्षसम्म रह्यो ।

प्रवीणता प्रमाणपत्र तहमा पत्रकारिताले समाजमा राम्रै प्रभाव देखाएको थियो जसको पछि स्नातक तह, स्नातकोत्तर तहसम्म पढाइ हुन्थ्यो, अहिले त दर्शनाचार्य र विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुन्छ । एकातिर प्रवीणता प्रमाणपत्र तह विस्थापित नगरी उच्च माध्यामिक तहको औचित्य साबित नहुने अनि विश्व विद्यालय पनि आफ्ना विद्यार्थीहरु र आर्थिक श्रोतको कमी हुने डरले विस्थापित गर्न पनि नचाहने ।  यही अन्तर्द्वन्द्वमा उच्च माध्यामिक परिषद् भन्ने शिक्षा मन्त्रालय अन्तर्गत नै भए पनि स्वायत्त शैक्षिक संस्थाको रुपमा स्थापित भएको थियो ।

धेरै वर्षसम्म उहापोहमै परिषद्ले काम गरेको थियो । तर विस्तारै विश्व विद्यालय पनि प्रवीणता प्रमाणपत्र विस्थापित गर्न राजी भयो, त्यसपछि मुलुक भर सामुदायिक विद्यालयलाई नै उच्च माध्यामिक तह खोल्न पनि प्रोत्साहित गरियो , सामुदायिक क्याम्पसहरु तथा निजी क्याम्पसहरूले पनि र आंगिकले समेत उच्च माध्यामिक तहको स्वीकृति परिषद्बाट लिने व्यवस्था गरिएको थियो ।

यो शैक्षिक इतिहासको यस कारणले मैले यहाँ स्मरण गरेको हो कि पत्रकारिता भन्ने विषयलाई उच्च माध्यामिक विद्यालयमा कसरी प्रवेश गरेको थियो भन्ने स्मृतिको पाटो केलाउन चाहेको हुँ । जब उच्च माध्यमि परिषद्मा उपाध्यक्ष भएर डाक्टर तीर्थ खनियाँ आउनु भयो, उहाँले आफ्नो व्यक्तित्वको समेत सदुपयोग गरी विश्व विद्यालयलाई प्रवीणता प्रमाणपत्र तह विस्थापित गर्नका लागि राजी गराउनु भयो र त्यसका सट्टामा ती क्याम्पसहरूलाई भौतिक सुविधाका लागि सहयोगको व्यवस्था गराउनु भएको देखिन्छ ।

हुन त सरकारले विश्व बैंकसँगको सहमति र सम्झौतामा शैक्षिक संस्थाहरुको भौतिक तथा शैक्षिक सुधारको कार्यक्रमले कतिपय आंगिक क्याम्पसलाई प्रमाणपत्र तह विस्थापित गर्न र कुनै कुनैमा कक्षा ११ र १२को पढाइ पनि सुरु गरिएको थियो तर उच्च माध्यमिक विद्यालयको पाठ्यक्रममा पत्रकारिता तथा आम सञ्चारको विषय थिएन । तर त्रिभुवन विश्व विद्यालयमा भने थियो । 

एकदिन म कुनै काम विशेषले डाक्टर खनियाँलाई (जसलाई म दाजु भनेर संबोधन गर्छु ) भेट्न गएको थिएँ । उहाँलाई मैले कुरै कुरामा सोधेँ- साँच्चै दाजु, पत्रकारिताको पाठ्यक्रम नराख्ने उच्च माध्यमिक तहमा ? उहाँ वास्तवमा काम गर्ने मान्छे हो । उहाँले अरु केही भन्नुभएन, डाक्टर श्रीकृष्ण यादव हुनुहुन्थ्यो परिषद्को पाठ्यक्रम प्रमुख,उहाँले यादव सरलाई बोलाएर भन्नुभयो, यादवजी हामी पनि पत्रकारिताको पाठ्यक्रम बनाउने, तत्कालै एउटा टिप्पणी उठाएर ल्याउनुस् र पत्रकारिताको पाठ्यक्रम बनाउने प्रक्रियामा जानुस् । अनि मलाई सोध्नुभयो, कसकसलाई पाठ्यक्रमको कार्यदलमा राखौँ, ल भन हरि ! 

 मैले पनि समावेशी तरिकाले राख्नका लागि सुझाए जस्तै त्रिभुवन विश्व विद्यालयको पत्रकारिता विभागको प्रमुख हुुनु हुन्थ्यो चिरञ्जीवी खनाल, नेपाल प्रेस इन्सिच्युटको अध्यक्ष तथा वरिष्ठ पत्रकार गोकुल पोखरेल, नेपाल पत्रकार महासंघको प्रतिनिधिको रुपमा तारानाथ दाहाल, पदेन जति हुनेछन् नेपाल सरकारका प्रतिनिधि । अनि हाँसेर भन्नुभयो, एउटा समन्वयका लागि र यो कुराको उठान गर्ने हरिलाई पनि राख्नुस् । अनि पत्रकारिता र आमसञ्चारको पाठ्यक्रम बन्ने प्रक्रिया सुरु भयो । त्यसपछि पदेन र अरु कोको जोडिनु भयो, मलाई याद छैन तर हामीले ४ महिनामा नै पाठ्यक्रमको विभिन्न प्रक्रिया पूरा गरेर सेमिनार समेतको व्यवस्था गरी अन्तिम ड्राफ्ट बुझायौँ ।

हामीलाई यसपटकको पाठ्यक्रम निर्माणमा सजिलो र सैद्धान्तिक प्रक्रिया पनि पु¥याउन सजिलो भएको थियो, नेपाल प्रेस इन्स्टिच्युटका कतिपय शोध कार्यका कारणले पनि । अनि हामीले कतिपय पत्रकारिताका शिक्षकहरूसँग पनि छलफल गरेका थियौँ, कतिपय स्नातक तहका विद्यार्थीहरुसँग पनि छलफल गर्न पाएका थियौँ । सन्तुष्टिका साथ पाठ्यक्रम निर्माण गरेका थियौँ ।

त्यहाँ पैसाको पनि कुनै कमी थिएन किनभने त्यस्तो सेमिनारहरुका लागि जति चाहिए पनि रकम उपलब्ध हुन्थ्यो उहाँहरुको नियमअनुसार । त्यसरी उच्च माध्यमिक विद्यालयमा पत्रकारिताको पाठ्यक्रम सुरु भएको थियो ।  तर जसरी प्रवीणता प्रमाणपत्र तहमा त्यसको विस्तार भएको थियो, उच्च माध्यमिक तहमा त्यसरी किन विस्तार हुन सकेन भन्नेचाहिँ शोधको विषय बन्न सक्छ । 

अनि मेरो विभिन्न कामको सिलसिलामा र लेखा विषयको पाठ्यक्रम बनाएको र पाठ्यपुस्तक लेखेको कारणले पनि नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रमा आउजाउ भइरहन्थ्यो अन्य शिक्षा विषयको होस् या लेखापरीक्षण विषयको होस् । त्यहाँ त्यस बेलामा महानिर्देशक अर्जुनबहादुर भण्डारी हुनुहुन्थ्यो । म र तारानाथ दाहाल भाइ यसो अर्जुन सरको कोठामा पस्यौँ र भन्यौँ , हामीले कक्षा ११ र १२को पत्रकारिता र आम सञ्चार विषयको पाठ्यक्रम बनायौँ तर विद्यालय तहको कक्षा ९ र १० मा पनि त अब चाहियो किनभने पत्रकारिता भन्ने विषय पाठ्क्रम परिषद्बाट स्वीकृति भइसकेको छ इच्छाधीन दोस्रो पत्रका लागि ।

अनि अर्जुन सरले पनि तत्कालै गणेश भट्टराईजीलाई भन्नुभयो, ल गणेशजी एउटा टिप्पणी उठाएर पत्रकारिताको पाठ्यक्रम बनाउने प्रक्रियाको थालनी गर्नुस् र हरिजीले नाम दिनुहुन्छ, उहाँहरुको कार्यदल बनाउनुस् । हाम्रो उच्च माध्यमिकको समूह छँदै थियो गोकुल पोखरेलको नेतृत्वमा म, तारा, चिरञ्जीवी सर र अरु केन्द्रका विज्ञहरु सहितको टोली । त्यसपछि केही दिनमा हामीले पाठ्यक्रम बनाउने जिम्मा पायौँ, गणेशजीले समन्वय गर्नुभयो, फेरि पनि हामीलाई नेपाल प्रेस इन्स्टिच्युटको मद्दत थियो र बेलैमा पाठ्यक्रम बनायौँ, केन्द्रले आफ्नो प्रक्रियाअनुसार पाठ्यपुस्तक पनि बनायो, पत्रकारहरुका पनि गुरु लाल देउसा राई सरले लेख्नुभएको पुस्तक अझै पनि कार्यान्वयनमा छ । अनि मैले आफ्नो विद्यालय गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीमा २०७० सालसम्मको एस एल सीलाई पढाए करिब १० वर्षसम्म , त्यसपछि त २०७१मा निवृत्त भएँ । नेपालका पहिलो पटक विद्यालयमा पत्रकारिताको पढाइ मैले सुरु गरेँ , पछि हेटौँडा, पाल्पा , बर्दियामा पनि भएको थाहा पाएँ । मेरा त्यसबेलाका विद्यार्थीहरु अहिले पनि पत्रकारिता गर्दैछन् । 

पत्रकारिता भनेको जनताको जान्न पाउने हकको नियमित सेवा गर्ने  प्रक्रिया हो । यस्तो सामाजिक सेवालाई आवश्यक पर्ने साधन भनेको समाचार र विचार हो । विभिन्न धारणाहरूलाई एक मुष्टरुपमा जनताका माझ राख्ने काम पत्रकारिताले गर्छ ।  आमरुपमा एकैपटक जानकारी दिने क्षमता भएकाले नै आम सञ्चारको नाम पाएको हो । 

पत्रकारिताले तथ्यपरक सूचना र जानकारी दिनैपर्छ । त्यस्तो सूचना सन्तुलित अर्थात् जसका वारेमा दिइएको हो, उसको पनि सहभागितामा त्यसलाई तथ्यपरक बनाएरमात्र जनतालाई सुसूचित गरिनुपर्छ । 

खासगरी पत्रकारिताले दिने सूचनामा एउटा सधैँ गुनासो समाजमा देखिन्छ- समाचार वा विचारको विश्वसनीयतालाई कसरी परख गर्ने ? अर्थात् पत्रकारिताका आधारभूत सिद्धान्तमा पर्ने तथ्यपरक, सन्तुलित र विश्वसनीयतालाई आजको पत्रकारिताले कसरी नियमन गर्ने र जनतामा विश्वास कसरी दिलाउने भन्ने ठूलो समस्या देखिएको छ । 

अझ अहिलेको विद्युतीय पत्रकारिताको प्रतिस्पर्धात्मक समयमा कुन ठीक कुन बेठीक भन्ने कुरामा पनि एकै प्रकारको मानक पाइँदैन । तर अनुसन्धानको आधार स्पष्ट भएमा विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । त्यसको एउटै आधार भनेको अहिलेको युगमा आएको अभिव्यक्ति स्वतन्त्रतालाई परख गर्ने र त्यसको विश्वसनीय माध्यमको रुपमा देखिएको मुख्य औजार भनेको नै सूचनाको श्रोत सम्मको पहुँच हो । सूचनाको श्रोतसम्मको पहुँचमा कुनै अवरोध आउनु हुँदैन । तर गलत सूचनाका आधारमा समाजमा देखिने कतिपय भ्रम र हानिका लागि पत्रकारिता सजग हुनैपर्छ । 
क्रमशः