आधिकारिकतामा अन्यौल:अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा फरक नछुट्टाउँदाका चुनौती

फर्कलान् र ती दिनहरु

आधिकारिकतामा अन्यौल:अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा फरक नछुट्टाउँदाका चुनौती

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन १३, २०८०

पत्रकारिताको कुरा गर्दा मलाई कहिले यो नितान्त व्यक्तिगत सोख प्रति गर्व लाग्छ भने कहिले केही पत्रकारहरुको व्यवहारले गर्दा यो क्षेत्र नै बदनाम भएको सुनिन्छ । त्यसो त  रात्रिभोजसमेत भएको पत्रकार सम्मेलनमा स्वबन्धुहरुबाट हुने क्रियाकलापका बारेमा आउने समाचार र देखाउने प्रवृत्तिका कुराले खल्लो पनि लाग्छ । त्यसो त पत्रकारिताबाट बाँच्ने उपाय देखिएको छैन अपवाद बाहेक ।

त्यसका लागि सरकारी पत्रकारिताका माध्यमलाई पन्छाउँदा निजी क्षेत्रमा उदाएको र टिकेको कान्तिपुर समूहको पत्रकारिता परिवार नै संस्थागत रुपमा देखिन्छ । त्यसका लागि हालसम्म कान्तिपुरका पहिलेदेखि अहिलेसम्मका व्यवस्थापक र सञ्चालकहरुलाई धन्यवाद दिनैपर्छ । सरकारले निजी क्षेत्रका माध्यमहरूलाई गर्ने लगानी त छ तर त्यो त टनका टन तातो बालुवामा एक गाग्री पानी जस्तो भएको छ।

त्यसरी गर्ने लगानीलाई पत्रकारिताको संस्थागत विकासमा लगाउन सक्दा हुन्थ्यो होला । हुन त अनलाइनको समय आएको छ, प्रिन्ट मिडियाको जमाना गयो भनिन्छ तर अभिलेखीकरणका लागि अझै पनि प्रिन्ट नै आवश्यक हुँदो रहेछ भन्ने कुरा लोकसेवा आयोगका पाँच लाखभन्दा बढी डाटा आफैँ विलीन भए पछि या कसैले विलीन गराए पनि पुरानो अभिलेखका आधारमा अद्यावधिक गरेरमात्र परीक्षा सञ्चालन गर्ने अवस्था सृजना भएको तथ्य पनि छ । बेलामौकामा सर्भर डाउन हुने, नचल्ने र डाटा हराउने पछिसम्म नभेटिने कारणले पनि लिखितरुपमा रहेका अभिलेखहरूको महत्व अझै छ ।

कतिपय पुराना डाटाहरु सङ्कलन गरिएका साधनहरु अबका कम्प्युटरहरूले स्वीकार नगर्ने या नखुल्ने कारणले पनि प्रिन्टको महत्व बढेकै छ । तर पनि कागज बिनाको अवस्था सृजना भएको धेरै भएको छ विकसित देशहरुमा । 

मेरो एउटा अनुभव छ युनिभर्सिटी अफ वासिङ्टन, सियाटलमा विद्यावारिधिका लागि आवेदन फर्म भर्न गएको थिएँ सन् २००७ मा  । मैले अनलाइन भर्दा के मिलेन मिलेन, विश्व विद्यालयको प्रणालीमा त्यसलाई स्वीकार गरेन, अनि म आफैँ विश्व विद्यालयमा पुगेँ र आवेदन फाराम भरेँ अनि फाराम बुझाउँदा लाग्ने शुल्क अमेरिकी डलर ७५लाग्ने रहेछ । मैले खल्तीबाट ७५ डलर झिकेर दिएँ र फाराम स्वीकृतिका लागि अनुरोध गरेँ तर त्यहाँकी भर्ना अधिकृतले आफूलाई नगद बुझ्ने बारेमा कुनै जानकारी नभएको तर अनलाइन शुल्क नभई त फाराम विश्व विद्यालयमा रेकर्डमा नै नरहने भएकाले तत्काल रकम जम्मा गर्नैपर्ने भयो ।

मैले तत्काल एउटा जुक्ति गरेँ , बहिनी जगदम्बालाई फोन गरेर कसरी जम्मा गर्ने हो भनेर सोधेँ, उसले त्यहाँकी भर्ना अधिकृतलाई सोधी र मलाई आफ्नो क्रेडिट कार्डको पिन र पासवर्ड भन्दै रकम जम्मा गरेपछि मेरो आवेदन पत्र दर्ता हुने गरी स्वीकार भएको थियो । अर्थात् विकसित देशहरुमा यो चलन चलेको धेरै वर्ष हुँदा पनि भर्खर जस्तो नेपालको  सबैभन्दा पुरानो विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयमा अनलाइन रजिस्ट्रेसन सुरु भएको छ, अनलाइन भुक्तानी सुरु भएको छ तर त्यसले विधिवत सुरक्षित हुन सकेको छैन, अनि हातले नै भरेर र चेकमार्फत् भुक्तानी आवश्यक भएको देखिन्छ । अर्थात् अनलाइन अझै विश्वस्त माध्यम हुन सकेको छैन र कानुनी रुपमा अनलाइनका कतिपय प्रावधानहरु अझै प्रमाणित हुन बाँकी नै देखिन्छ । 

पत्रकारिताले नै हामीसँग भएका मूर्त तथा अमूर्त सम्पदाको सुरक्षा गर्न सकिन्छ भनेर पनि सञ्चारका माध्यमलाई मानवीय सहयोग र सम्पर्कका माध्यमका रुपमा मानिएको हो । भाषा, धर्म, संस्कृति, परम्परा, चाल चालन, पुर्खादेखिका कागजात अनि पुराना अभिलेख सबै नै हाम्रालागि कुनै मूर्त या कुनै अमूर्त सम्पदाका मानिन्छ । कतिपय हाम्रा अमूर्त सम्पदालाई नै हामीले मूर्तरुपमा कार्यान्वयन गर्दा तिनै सम्पदा मूर्त तथा अमूर्त सम्पदाका रुपमा मानिने अवस्था आएको छ ।

पत्रकारिताको प्रसङ्गसँग अनलाइन माध्यमबाट पत्रकारिताको फस्टाउँदो छ । अनलाइन पत्रकारिता र सामाजिक सञ्जालमा फरक देखिन नसक्दा अहिले विवाद जन्मेको छ । सामाजिक सञ्जालले तत्काल विषयगत रुपमा जानकारी सम्प्रेषण त हुन्छ तर आधिकारिकताको लागि दर्ता भएर चलेको संस्थाहरुलाई मात्र विश्वस्त आधार मान्नुपर्ने र गल्तीमा पनि सजग बनाउने या कानुनी प्रक्रियामा जानका लागि पनि आधार हुने मानिन्छ । 

पत्रकारिताले नै हामीसँग भएका मूर्त तथा अमूर्त सम्पदाको सुरक्षा गर्न सकिन्छ भनेर पनि सञ्चारका माध्यमलाई मानवीय सहयोग र सम्पर्कका माध्यमका रुपमा मानिएको हो । भाषा, धर्म, संस्कृति, परम्परा, चाल चालन, पुर्खादेखिका कागजात अनि पुराना अभिलेख सबै नै हाम्रालागि कुनै मूर्त या कुनै अमूर्त सम्पदाका मानिन्छ । कतिपय हाम्रा अमूर्त सम्पदालाई नै हामीले मूर्तरुपमा कार्यान्वयन गर्दा तिनै सम्पदा मूर्त तथा अमूर्त सम्पदाका रुपमा मानिने अवस्था आएको छ । विभिन्न देवी देवताको स्वरुप कस्तो थियो भन्ने कसले भन्न सक्छ र ? तर हाम्रा शास्त्र तथा श्रुतिस्मृतिले भनेका लिखित तथा अलिखित परम्परालाई सुनाएको, देखाएको सम्पदालाई नै हामीले शुद्ध नेपाली सम्पदा मानेका छौँ ।

भारत, चीन, पूर्वी एसिया , युरोप, अफ्रिका अमेरिका कतिपय चलनसँग हाम्रा चलन र  परम्परा मिल्छन् तर नेपाली परम्परा अलि फरक देखिन्छ, त्यसैलाई हामीले गर्वसाथ आफ्ना परम्परागत सम्पदाका रुपमा मानेका छौँ । बुद्ध जयन्तीमा र मंसिर पूर्णिमामा मनाइने, दसैँको र तिहारको, होलीको परम्परा जसलाई हामीले फागु पूर्णिमाको रुपमा मान्छौँ , फरक पाइन्छ अरु देशमा मनाइने भन्दा ।

हिन्दूधर्म र बुद्ध धर्म परम्परा नेपालमा अन्तरघुलनको अवस्थामा छन्, मुन्धुमले देखाएको पथप्रदर्शन अनुसारको किराँती परम्परा, बुद्धधर्म परम्परा र हिन्दूधर्मका परम्परा यसरी अन्तर्घुलन भएको पाइन्छ कि एकअर्काका परम्परामा ती समायोजन भएका छन् र नेपालका परम्पराको रुपमा तिनलाई कसले कुन बेलामा स्वीकार गरे कसैलाई थाहा छैन तर परम्परामा त्यसको अमूर्ततासँग मूर्त संस्कृतिको रुपमा स्वीकारोक्ति भएको छ । जस्तै पितृ पूजा ।

सबै परम्परामा , संसारमा नै त्यसको चलन छ । कसरी त्यसको परम्परा राखियो होला तर नेपालको सर्वधर्म, सर्वसंस्कृति प्रतिको सहिष्णुताले र सर्वभाषा प्रतिको सम्मानले देखाएको बाटोलाई संसारभरका समाजलाई अनुपम उदाहरण मान्न सकिन्छ । 

जन्म तथा मृत्यु संस्कार सबै समाजमा हुन्छ । मृत्यु संस्कारमा एकरुपता नहोला तर मृत्यु पश्चात् गरिने नेपाली परम्परा पक्कै पनि संसारका अन्य धर्म र संस्कृतिभन्दा आफैँमा फरक देखिन्छ । हामी हिन्दू हौँ या बौद्धधर्म मान्ने हौँ या मुन्धुम अनुसारको या कुरान अनुसारको या बाइबल अनुसारको अन्तिम संस्कार किन नहोस् , एकअर्कासँग फरक किन नहोस् , त्यो हाम्रालागि अमूर्त तथा मूर्त सम्पदा मान्नुपर्छ । सवै संस्कारमा श्राद्ध हुन्छ, पितृको स्मरण हुन्छ, तर कसैको कुन तरिकाले हुन्छ त कसैको कुन तरिकाले हुन्छ, ती  सबै हाम्रा अनुपम सम्पदा हुन् भन्ने मलाई लाग्छ ।

एकपटक जब मैले जापानीहरुसँग नेपालको श्राद्धका बारेमा बताएँ, कतिपय कुरामा परम्परामा फरकपन भए पनि पितृहरूको स्मरणमा कतिपय कुरामा मिल्ने रहेछ । गर्भाधानदेखि मृत्यु संस्कार र देवी देवता प्रतिको श्रद्धा या सम्मान सबैले संस्कृतिको परिचय दिने हुन् । तिनको प्रचारमा यदि हामीले पत्रकारिता मार्फत् संसारभर आफ्नो सम्पदाको बारेमा जानकारी गराउन सक्दा नेपालको महत्व झन फरक तरिकाले अर्थ्याउनु सकिने रहेछ । तर पत्रकारितालाई कसरी हामीले समायोजन गर्ने ? कसरी पत्रकारितालाई जीवनोपयोगी बनाउने ? कसरी अमूर्त तथा मूर्त कलालाई पहिले आफैँमा आत्मसात् गर्ने र अनि मात्र विश्वमा त्यसलाई फैलाउने काम गर्नु जरुरी भएको छ । 

त्यसैले पनि विवेचनात्मक तरिकाले सोच्ने र लेख्ने अनि आफ्नो परिचयलाई विश्वभर फैलाउने काममा पत्रकारिताले ठुलो मद्दत गर्नेछ । हाम्रो नेपालको एउटा अनुपम र हामीसँग मिल्ने संस्कृतिसँग पनि नेपाली परम्पराको संस्कृतिको नयाँ स्वरुपको मूर्तरुप तयार गर्नु आवश्यक भएको छ ।

अमूर्त रुपमा भए पनि आधारभूत जीवनमा आत्मसात् गरिएका देवी देवताको प्रतीकका रुपमा रहेका मठ मन्दिर र गुम्बा अनि गिर्जाघर तथा मस्जिद नेपाली परम्परामा कसरी स्वीकार गरिएको हो, तिनका आधारमा कल्पना गरी जीवित देवी देवताको व्यवस्था गरिएको, कुमारी, भैरव, गणेश आदि देवी देवताको मूर्तरुपको कल्पनाद्वारा उनीहरुको पूजा अर्चना गर्ने, धामी झाँक्री तथा अन्य स्थानीय परम्पराको जगेर्ना गर्नु पनि नेपाली संस्कृतिको अभिन्न स्वरुप बनेको मान्नुपर्ने हुन्छ । 

यी सबैका लागि आवश्यक भनेको शिक्षाको सुव्यवस्थित तयारी हो, त्यसबारेका तयारी गरिएको आधारभूत पाठ्यक्रम हो र त्यसका लागि बुझेका व्यक्तिहरुको चयन नै महत्वपूर्ण पक्ष हो । क्रमशः