सीताराम नेपालका केही हाइकु

सीताराम नेपालका केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  चैत्र ११, २०७९

पुषको घाम
तात्ला भन्दा चिसिने
गरिब मारा ।

गाईको छोरा
क कसको अनुहार
ऐना हेरौँ त !

हिउँ पग्लँदा
बन्छ पिउने पानी
प्राण धानिने ।

असिना पानी
हाम्रो राजनीतिमा
नेता गुनाले ।

झण्डा फरार
संविधान मिचेर
उल्का अचम्म ।

चट्याङ खाने
नेपाली कम्युनिष्ट
बानी परेको ।

यता कि उता
स्वार्थी खेलमा नेता
रुने जनता ।

छुट्टि भिन्न म
माना चामल बिना
बिद्रोह निम्तो ।

स्वार्थ मिलेमा
सिद्धान्त बन्दी पार्ने
कम्युनिष्ट हुन् ।

गुणवेत्तामा
अवगुण थुप्रेको
सत्ता भोकले ।