आर्सनल र लिभरपुल बराबरी

आर्सनल र लिभरपुल बराबरी

एजेन्सी  |  खेलकुद  |  चैत्र २७, २०७९

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २/२ को बराबरी खेलेको छ ।

लिभरपुलको मैदानमा पहिलो हाफमै २ गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।

मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले ८७औँ मिनेटमा गोल गरेपछि लिभरपुलले आर्सनलसँग अंक खोसेको हो ।

आर्सनलका गाब्रिएल जेसस र गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए । लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे ।

खेलको आठौँ मिनेटमा मार्टिनेली र २८औँ मिनेटमा जेससले गोल गरेपछि आर्सनलले आधा घणन्टा नहुँदै २ गोलको अग्रता बनाएको थियो । तर, आर्सनल त्यसलाई कायम राख्न चुक्यो ।

४२औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । सालहले ५४औँ मिनेटमा खेल बराबरी गर्ने अवसर गुमाए । लिभरपुलले प्राप्त पेनाल्टीमा सलाहको प्रहार पोष्ट बाहिर गयो ।

तर, वैक्लपिक खेलाडी फिर्मनोले ८७औँ मिनेटमा गोल गर्दै आर्सनललाई खेल जित्न दिएनन् । त्यसपछि लिभरपुलले लगातार आक्रमण गरेको थियो । अन्तिमतिर आर्सनलका गोलकिपर राम्सडेले २ सानदार बचाउ गर्दा लिभरपुल सानदार जितबाट बन्चित भयो ।

बराबरीपछि आर्सनलको ३० खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको सिटीभन्दा आर्सनल ६ अंकले अघि छ । १ खेल कम खेलेको सिटीको ६७ अंक छ ।

लिभरपुल २९ खेलबाट ४४ अंकसहित आठौँ स्थानमा छ ।