एमबाप्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

एमबाप्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

एजेन्सी  |  खेलकुद  |  बैशाख ३, २०८०

किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।

पीएजीका लागि भिटिन्हाले ३७औँ र ४०औँ मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औँ मिनेटमा लेन्सका अब्दुलसमेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

लेन्सका लागि ६०औँ मिनेटमा प्रेमाइस्ल फ्रान्कोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ । ३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।