पञ्जाबसँग लखनऊ पराजित

पञ्जाबसँग लखनऊ पराजित

एजेन्सी  |  खेलकुद  |  बैशाख ४, २०८०

कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो ।

जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबका लागि सिकन्दर राजाले अर्धशतक बनाए । उनले ४१ बलमा ४ चौका  र ३ छक्का प्रहार गरे । 

म्याथ्यु सर्टले २२ बलमा  ५ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । हरप्रीत सिंहले २२ बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाए भने मसुद शाहरुख खानले अविजित २३ रन बनाए ।

बलिङतर्फ लखनऊका युधवीर सिंह, मार्क उड र रवि विस्नोइले २/२ विकेट लिए भने कृष्णप्पा गोथन र क्रुनाल पाण्डेले १/१ विकेट लिए ।

लखनऊको अटल बिहारी वाजपेयी स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊका लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाए । उनले ५६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै, कयल मेयर्सले २९ रन बनाउन १ चौका र ३ छक्का प्रहार गरे । 

बलिङतर्फ पञ्जाबका शाम कुरानले ३ विकेट लिँदा कगिसो रगाडाले २ विकेट लिए । अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले १/१ विकेट लिए । 

जितसहित पञ्जाब अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । लखनऊ दोस्रो स्थानमा छ ।