एक दिवसीय क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, ओमानलाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

एक दिवसीय क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, ओमानलाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

एजेन्सी  |  खेलकुद  |  बैशाख ७, २०८०

नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा न्युगिनीविरुद्ध उच्च स्कोर बनाएको थियो ।

गत महिना आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा २९७ रन बनाएको थियो । नेपालले विशाल स्कोर खडा गर्ने क्रममा युवा अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १०८ रनको शानदार शतकीय इनिङ खेल्न सफल भए ।

कुशलले आफ्नो २१औँ ओडीआई खेलमा शतक प्रहार गरेका हुन् । कुशलको करियरको यो पहिलो शतक हो । यससँगै कुशल नेपालबाट सर्वाधिक छिटो शतक हान्ने पहिलो ब्याटर बनेका छन् ।

नेपालबाट ओडीआईमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन् । यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए ।