हैदरावादलाई दिल्लीले ७ रनले हरायो

हैदरावादलाई दिल्लीले ७ रनले हरायो

एजेन्सी  |  खेलकुद  |  बैशाख १२, २०८०

आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ ।

सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो ।

 दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन जोडे ।

बलिङमा हैदरावादका वासिङ्टन सुन्दरले ३ विकेट लिँदा भुवनेश्वर कुमारले २ विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा उसलाई १३ रन चाहिए पनि दिल्लीका मुकेश कुमारले ५ रन मात्र खर्चिएका थिए ।

उसका लागि मंयक अग्रवालले ४९ रन जोडे भने हेनरिक क्लासेनले ३१ रन बनाए ।

बलिङमा दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए  । जारी सिजनमा दिल्लीको यो दोस्रो जित हो ।