मेरो छिमेकी

मेरो छिमेकी

ऋतु आशिक  |  साहित्य  |  बैशाख २३, २०८०

मेरो छिमेकीलाई
मेरो देश आत्मनिर्भर भएको मन पर्दैन । 
राजा महेन्द्र हुँदै को अगुवाईमा 
देशभित्र खोलिएको दुईसय बाह्र भन्दा बढी कलकारखाना
यसबेला सम्म आइपुग्दा
ती सबै मृत भएका छन् । 
देशलाई जीवन दान दिने कलकारखानाहरू
भारतीय बलात्कारी वर्चश्व मा परिणत गरिएको छ । 

छिमेकी कहिले नेपाली काँग्रेसको बुई चढ्छ 
कहिले एमालेको
कहिले राप्रपाको
अब त सबैलाई मिलाएर बुई चढ्न थालेको छ । 
मेरो देशमाथि 
घात–प्रतिघातको चाङ थपिरहेको छ । 
धुन्धुकारि प्रचण्डलाई पालेर पोसेर 
हजारौँ नेपालीको हत्या गराएर 
माओवादीको पहिरन पहिराएर 
छिमेकीको धौँसमा
अल्पमतले बहुमत माथि शासन थोपरेको छ । 

मेरो छिमेकीलाई
बुद्ध नेपालमा जन्मेको मन पर्दैन । 
नव नियुक्त सभामुखले भनेका छन् 
बुद्ध भारत नै जन्मेका छन् 
यस्तै – यस्तै भन्न भ्याएका छन् । 
देशप्रति घात प्रतिघात गर्नेहरू 
देश दोहन गरेर 
आफ्नो जीवन फेर्नेहरू 
नेपालका गुमस्ता ब्राण्डका नेताहरूमा
छ्याप् छ्याप्दी पाइएको छ । 

 

१६ वैशाख २०८०
तरहरा इटहरी