सीताराम नेपालका केही हाइकु

सीताराम नेपालका केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  असार ९, २०८०

स्निग्ध धरामा
पवन गगनमा
सेतो पछ्यौरी ।

जाली फटाहा
खटालु कार्यकर्ता
चुनाब मेला ।

अर्काको भारी
दुःखी आँखाको आँसु
बगेको बग्यै ।

असारमास
किसानको चटारो
इतिहास भो ।

सिउडी रोपी
मेवाको फल खोज्दा
उभो लागिन्न ।

पिँडालु खाइ
धाक दिने पेँडाको
नकचरो हो ।

बाको लौरोमा
र्‍याल काढे सबैले
भाइ मारेर ।

सुख्खा आँखाले
बुद्ध –शान्ति जान्दैन
बदला लिन्छ ।

मन्द मुस्कान
पीर व्यथा लुकाइ
नेता लक्षण ।

कलम नाच्दा
मूर्ख बन्छ विद्वान
चेतना भया ।