जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवाग्राहीलाई हाफ पाइन्ट माथि प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवाग्राहीलाई हाफ पाइन्ट माथि प्रतिबन्ध !

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  असार १०, २०८०

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले हाफ पाइन्ट लगाएको निहुँमा सेवा दिन नमिल्ने भन्दै एक युवालाई फर्काइदिएको छ।

 आज बिहान पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे पुगेका एक युवालाई हाफ पाइन्ट लगाएको निहुँमा  घर फर्काएको बताइएको छ।

पासपोर्टको लागि पुगेका उनलाई सिडियोबाट नै हाफ पाइन्ट लगाएर आएकोले सेवा दिन नमिल्ने भनेको स्रोतको दाबी छ।

यस्तो नियम कतै नभएर नाटक भएको बुद्धिजीवीहरू बताउछन् ।

काभ्रेका युवा नेता बदन भण्डारीले पनि यो कुरा प्रशासन कार्यालयको नाटक नै भएको दाबी गरेका छन् । 

भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन् , 'हाफ पाइन्ट लगाएर जिल्ला प्रशासन जानेलाई सेवा दिइएन । काभ्रे जिल्ला प्रशासनले आज बिहान हाफ पाइन्ट लगाएर सेवा लिन आउन नमिल्ने भन्दै एक युवालाई फर्काइदिएको छ। ति  युवा पासपोर्टको कामको लागि बिहानै अफिस पुगेका थिए ।  यो कानुन संगत छ  त ? जानकारहरुले बताइदिन पर्यो। मेरो बुझाइमा यो बिषय निन्दनीय छ। अलि नाटक भएन र भन्या?

उक्त कुरा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख पुण्य विक्रम पौडेलले पनि स्वीकार गरेका छन् । 'मैले राम्रो पोसाक लगाएर आउनु भनेको हो । अरु खासै त्यस्तो भनेको छैन ' उनले भने ।

तर, आम जानकारहरुले भने केही निहुँ नपाएर जनतालाई दुः दिन खोजेको आरोप लगाएका छन् ।