गैरकानूनी काम गर्दा न्यायाधीशले दण्ड:श्रीमानले नै 'कानुन उलङ्घन' गर्दा कारबाही कसले ?

गैरकानूनी काम गर्दा न्यायाधीशले दण्ड:श्रीमानले नै 'कानुन उलङ्घन' गर्दा  कारबाही कसले ?

ऋतु आशिक  |  समाचार  |  असार १२, २०८०

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले 'स्टन्ट' भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा अधिनमा थियो  । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह 

काठमाडौँ महानगरपालिका

संसारका कुनै पनि देशमा अदालत देशप्रति जिम्मेवार हुन्छ । अदालत भनेको देशको अहम् र शक्तिशाली किल्ला हो । यो सानोतिनो धक्काले यसलाई हल्लाउन र ढाल्न सकिँदैन । अदालतका न्यायाधीश भन्नुको अर्थ तिनीहरू स्वच्छ छवि भएका देशप्रति जिम्मेवार व्यक्ति हुन् । ती समाजका मार्गदर्शक हुन् । ती न्यायाधीशका जीवनशैलीले आम जनमानसमा प्रभाव पारेको हुन्छ । उनीहरूको सादा जीवन उच्च विचारका कारण आमाबुबाले पनि उनीहरूको पद चिन्ह पछ्याओस् भने आफ्ना सन्तानलाई यस्तो न्यायाधीश बन्नुपर्छ भन्दै आएका छन् । 

 मेयर बालेन साह एउटा देशभक्त प्राविधिक इन्जिनियर हुन् । उनी देशप्रति र महानगरपालिकालाई एउटा उदाहरणीय महानगरपालिका बनाउन उद्दत छन् । उनी त्यसैतिर परिलक्षित छ । उनको श्रम र पसिना काठमाडौँलाई स्वच्छ सुरक्षित शहरको विकासमा उनले गरेका कार्यहरूलाई लिन सकिन्छ । 

लेण्डुपे एमाले विसर्जनको संघारमा 

केपी ओलीले महाकाली सन्धिको पूर्वसन्ध्यामा त्यसको अनुमोदनको जिम्मेवारी नेकपा एमालेबाट हत्याएर जसरी हुन्छ महाकाली नदी भारतीय सरकारको पोल्टोमा पसाएर नेपाली जनतालाई लोभलाग्दो सालाना १ खरब २० अरबको लाली पप बाँडेका थियो । त्यसवापत भारतीय सरकारबाट आश्वासनको पोको सुखद जीवनशैलीका आधारभूति सत्तामा आफ्नो पहुँचको न्यानोपनको लागि भारतीय सरकार सक्षम नाङ्गे झार भएर आफूलाई प्रयोग गर्न, आफू जेजस्तो प्रयोग हुन पनि तयार रहेको स्वीकारोक्ति सँगै उनको जीवनले कोल्टे फेरेको थियो ।

सत्ता र सुख भोगको तथास्तु पाएका ओलीले देशप्रति जिम्मेवारी त्यसैबेला छोड्दै आउँदै देशप्रति गद्दारी गरिएका कम्युनिष्ट पार्टीप्रति घात गरिएका श्रृङ्खला हरू प्रदर्शित हुँदै आएका छन् । भ्रष्टाचारमा उनका घिनलाग्दा हातहरू देशद्रोहीको ठप्प लागेर डामिएका छन् । 

मेयर बालेनको देशभक्तिप्रति एमाले कम्युनिष्ट पार्टीको खोल ओढेर उनले गरेको निस्वार्थ सेवा र राष्ट्रियताको तारलाई झन् झन् बलियो र घनिभूत बनाउनका बदलामा उनलाई खुच्चिङ भनेर काखी बजाएका छन् ।  

भारतीय सरकारद्वारा लेण्डुपे शैलीको नेकपा माओवादी प्रचण्ड गुटको पालन पोषण भरण २०औँ वर्ष लगाएको थियो । लेण्डुपे माओवादी गुट लैनचोरद्वारा सञ्चालित छन् ।

राष्ट्रको अहम् सवाल छिमेकी भारतले राष्ट्रलाई हेपिँदै गर्दा त्यसको मुहतोडको जवाफ दिनुको बदला नेपालका विभिन्न ब्राण्डका पार्टीहरूको मौन साध्नुलाई देशप्रतिको यो घाट हो भनेर किन नभन्ने ? 

 भारतकी टिकम गढकी महारानीले जनकपुरमा जानकी मन्दिर निर्माण गरेर नेपाल भारत बीच सांस्कृतिक सेतु सम्पदाको उच्च मूल्याङ्कन गर्नु भएको थियो । जानकी मन्दिर निर्माण गरेर नेपाली जनताले उहाँलाई हृदयदेखि नै धन्यवाद दिएका थिए । जानकी मन्दिरको निर्माणले दुई देश बीचको सम्बन्धमा प्रगाढता झन्–झन् बढ्दै अभिप्रेरित हुँदै गएकोलाई नकार्न सकिन्न । सीता र रामको विवाहका कारण नेपाल र भारत बीचको सांस्कृतिक सेतुका कारण ती सम्बन्धले ऐतिहासिक मान्यता पाएका छन् । 

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत बीच सम्बन्धमा कटुता रोप्ने काम गर्नुका साथै नेपाल र भारत बीचको सदियौं पुरानो सम्बन्ध, ऐतिहासिक तथ्यगत माथि करार हान्ने किसिमका षडयन्त्रका तानाबाना गरेर ठूलो राष्ट्रले सानो राष्ट्र भनेर हेप्ने किसिमका क्रियाकलाप सन्तुष्टिका तुप्ट लिने गरेका छन् । 

न्यायाधीशको देशद्रोही हरकत 

मुलुकमा बस्ने जो कोही कुनै पेशा, कुनै वर्गले भए पनि देशप्रति जवाफदेही हुनुपर्छ । देशप्रति आफ्नो निष्ठा जग जाहेर गर्नुपर्छ । देशप्रति घात हुँदै गर्दा जनकपुरमा जन्मिएकी सीतालाई भारतको कुनै अन्य ठाउँमा जन्मिएको भनेर भन्नु त्यसलाई सिनेमामा अवतरित गरेर सीतामाथि गरिएको अपमानजनक व्यवहारलाई कुनै पनि देशभक्त नेपालीका लागि सह्य हुन सक्तैन । 

भारतीय सरकारको स्वार्थको अनुकूलता साथै भारतीय सरकारद्वारा निर्देशित, सरकारकै आडमा नेपाल भारत बीचको सदियौँ देखिको सम्बन्ध, रोटीबेटीको सम्बन्ध माथि नै खलल गर्ने किसिमका आदिपुरुष सिनेमामा वर्णन गरिएका, नेपाली संस्कृति माथि भारतीय सिनेमामा देखिएका नेपाल र नेपालीमा रहेका सद्भाव भड्काउने किसिमका हरकतलाई आँखा चिम्लिन सकिन्न । ठूलो देशले सानो देशलाई हेप्ने तथा चिथोर्ने किसिमका हरकतलाई नजर अन्दाज गर्न सकिदैन । भारतीय दाँजोमा आयतनका हिसाबमा हाम्रो देश सानो भए तापनि संयुक्त राष्ट्र संघको बडापत्र अनुसार देश सानो ठूलो भएमा पनि देशको अधिकार सबै किसिमबाट समान हुन्छ भनिएको छ, लेखिएको छ ।

काठमाडौँका मेयर बालेन देशभक्तिप्रति नेपाली जनता गर्व बोध गर्छन् । आम नेपालीमा पनि देशप्रति समर्पणमा कन्जुस्याइँ गरिनु हुन्न । नेपालकी चेली सीताको जन्म अन्तै कतै भएको दर्साएर एउटा ठूलो छिमेकी देशले गर्ने गरेको व्यवहारमा देशको मानमर्दन भएको छ । स्वाभिमान नेपालीहरूका लागि सह्य भने निश्चित नै पनि होइन । 

तत्कालीन मिथिला राज्य हालको जनकपुर क्षेत्रमा जनकको पुत्री जानकीको जन्म भएको थियो । जनकपुरलाई जानकी अर्थात् पावन भूमि भनेर भन्ने गरिन्छ । यो ऐतिहासिक विरासत एक पुस्तापछि अर्को पुस्तामा हस्तान्तरित सांस्कृतिक विरासत हो । देशभक्त नेपालीहरू यो सांस्कृतिक विरासतलाई मनदेखि नमनका साथै सन्मान गर्छन् । यो सन्मानको सिलसिला पुस्तौँ पुस्तादेखि चलिआएको छ ।

यस्तो सम्वेदनशील विरासतप्रति न्यायाधीशले जसरी हचुवाको भरमा सीताको जन्म जनकपुर पावन भूमिमा रहेको कुराबाट उनी अनभिज्ञता छैनन् । उनी किन यस किसिमको दवावको हरकतमा देशप्रति घात व्यवहारहरू प्रयोग गरे यसको स्पष्ट जवाफ सहित देशप्रति घात गरिएको घृणित हरकतप्रति देशद्रोही करार गरिनु पर्छ । यो नै उनी दण्डनीय हुनुपर्छ । दण्डको भागिदार बनाइनुपर्छ । 

राजा महेन्द्रको देशभक्तिलाई सलाम !

राजा महेन्द्रद्वारा नेपालका विभिन्न भोगमा दीर्घकालीन रूपमा समय र स्थान सुहाउँदो कलकारखानाको निर्माण तथा देशले स्थायीत्व ग्रहण गरोस् भन्ने तीव्र आकाङ्क्षाका कारण विभिन्न देशलाई हार गुहार गरेर नेपालको स्थायित्वको लागि उनले गरेका कार्यहरू वन्दनीय छ । पृथ्वीनारायण शाहले देश निर्माणमा अहम् भूमिका खेले तापनि देशको स्थायित्वको लागि समय सापेक्षता सम्बन्धित विशेषज्ञको निगरानीमा ती कलकारखानाको निर्माण र त्यसलाई निरन्तरता एवम् जिम्मेवारी वहन गर्नका लागि प्रोत्साहन पनि दिएको थियो । 

राजा महेन्द्रको शासनकाललाई नेपालीको राष्ट्रिय छवि तथा नेपालको स्वतन्त्रता नेपालको सार्वभौमसत्ताको निरन्तरताका लागि उनले गरेका कार्यहरूको महिमा देशभक्त नेपालीले उत्कण्ठा का साथ गौरव महसुस गरेका छन् । ती इतिहास कालहरू नेपालका लागि आउने दिनहरूमा उदाहरण र कालजयी प्रारूपमा अमर रहने छन् । यसमा कुनै शङ्का र दुविधा छैन ।     

 मेरो पत्रकारिता जीवनको पहिलो बृतमा नेपालको शान्ति क्षेत्र प्रस्ताव जब–जब राजा वीरेन्द्रद्वारा आफ्नो राज्य भिषेकको अवसरमा १३ फाल्गुण २०३१ विश्वका झण्डै झण्डै ६० राष्ट्रका प्रमुख अतिथि प्रतिनिधि एवम् पर्यवेक्षकहरू समक्ष 'नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्' जब जब राजा वीरेन्द्रले यी शब्दहरू अतिथिहरू समक्ष पस्किएका थिए त्यस ताका देशभक्त नेपालीहरूमा जाँगर, उत्साहले अभिप्रेरित भएका थिए । 

तत्कालीन भारतीय उपराष्ट्रपतिले यहाँसम्म भन्न भ्याएका थिए–नेपाललाई कसबाट खतरा छ यसको विरुद्ध यो शान्ति क्षेत्रको प्रस्ताव ? आदि आशयका शब्दहरू बोलेका थिए । झण्डै झण्डै विश्वका १३० भन्दा बढी राष्ट्रले नेपालको शान्ति क्षेत्र प्रस्ताव प्रति आफ्नो समर्थन जनाएका थिए । दक्षिण छिमेकी भारत मात्र यस्तो देश हो– नेपालको शान्ति क्षेत्र प्रस्ताव प्रति असहमति जनाएको थियो । राजा वीरेन्द्रको हत्यापछि नेपालमा आउने, नेपालमा बन्ने सरकार भारतीय मन पराइ तथा उनका इच्छामा निर्भर बनिने क्रम जारी छ । भारतीय छिमेकीले यहाँसम्म हस्तक्षेप गर्‍यो कि नेपालका उच्च प्रशासनिक निकायदेखि अदालतसम्म भारतीय राजदूतावासको सेटिङमा नियन्त्रण गरिन थालेको कुरा भर्खरै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहद्वारा राष्ट्रप्रति गरिएको योगदानलाई अदालतद्वारा बुट बजार्न थालिएको छ । 

राष्ट्रियतामा पिल्सिएको देश भूसको आगो सल्किँदै छ 

मुलुक भित्र रहेका विभिन्न पार्टी विशेषत लैनचौरबाट सञ्चालित पार्टीहरू एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी तथा भारतीय लैनचौरबाट हुर्काइएको मधेश केन्द्रित पार्टीहरू, नेपाल पत्रकार महासंघको आवरणमा लैनचौरबाट पालित पोषित देशद्रोही पत्रकारहरू, यहाँसम्म कि रवि लामिछानेद्वारा भण्डाफोर गरिएका १२ भाइ पत्रकारहरू यी सबैको नियत देशप्रति गद्दारी गर्नु र देशलाई क्रमशः भुटान तथा सिक्किम गर्नुका सूचना संयोजनको खेतीमा उमारिएका बालीहरू, उनीहरूको पोल्टामा सुम्पिनु नै  हो । 

धरानका मेयर हर्क साङपाङ तथा काठमाडौँका मेयर बालेन साहले देखाएको राष्ट्र र राष्ट्रियताप्रति उनको समर्पणप्रति ऐक्यवद्धता किन प्रकट गर्दैनन् ? विभिन्न पार्टीका विभिन्न नेताहरूले देशको ढुकुटीबाट ब्रम्हलुट मच्चाएका छन् । यी सबैको सम्पत्तिको स्रोत बारे सोध खोज गर्ने निकायको मौनतालाई के भन्ने ? यी सबै एक अर्का बीच गला मिलाई भएको छ । 

मुलुक यसबेला श्रीलङ्काको स्थितिबाट गुज्रिरहेको छ । लङ्कामा जस्तै राष्ट्रपति माथि तथा नेताहरू माथि श्रीलङ्काली जनताद्वारा गरिएका कारवाही यहाँका पार्टीहरूमा विराजमान गरिएका काँग्रेस, एमाले, माओवादी तथा अन्य विभिन्न ब्राण्डका पार्टीहरूका ‘वोस’ को खानकी खाएका नेताहरूको सम्पत्ति शुद्धिकरण अभियानमा देशभक्त नेपालीहरू हातेमालो गर्दै उभिनुको अर्को विकल्प छैन । 

काठमाडौँका मेयरलाई अदालतद्वारा जेल हाल्ने तानाबाना गरिरहँदा अदालतका न्यायाधीशले कानुनको उलङ्घन गर्नेलाई दण्ड दिनु ठीक छ, न्यायाधीशले देश, जनताप्रति जिम्मेवारीबाट विमुख भएर कानुनको उलङ्घन गर्नेलाई आम जनताको पङ्क्ति उर्लेर उनलाई अदालतबाट थुतेर दण्डको भागिदार बनाउने दिन नआउला भन्न सकिन्न । 


२०८० असार ११
तरहरा, इटहरी