मृत्युदण्डको माग

मृत्युदण्डको माग

ऋतु आशिक  |  साहित्य  |  असार १८, २०८०

प्रधानमन्त्री महोदय !
राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर 
भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । 
हिजोको तिम्रो विरासत 
हामीले छर्लङ्ग देखेका थियौँ । 
तिम्रो प्रिय साथीले 
तिम्रो मलद्वार सफा गरेको कथा
काठमाडौँ झापा हुँदै देश–देशाटन चाहर्दै छ । 
ती झझल्को अझै हामीसँग ताजै छ । 
एनसेल प्रकरणमा 
राष्ट्रको सम्पत्ति माथिको दोहन  
एनसेल घरको ज्वाइँ बनेर 
मेजमानीमा अरबौं स्वार्थका गन्ध आएको छ । 
राष्ट्रप्रति घातको दृश्यमा हामी साक्षी भएका छौ । 
वाइडवडी प्रकरण, वालुवाटार प्रकरणको
कात्रोमा लपेटिएको कमिसनको पुर्पक्षमा
तिमी उभिएको प्रष्ट देखेका छौ । 
तिम्रो घृणित पुर्पक्ष हामीले सुनेका छौ । 
कम्युनिष्ट नाम धारी गुण्डाको भेषमा 
सांसद भवन कब्जा गरेको विर्सिएका छैनौ । 

महाकाली भारतलाई सुपुर्दीको लागि 
दिन भने नौं रात भनेनौं ?
वर्षेनी एक खरब बिस अरब भन्थेउ त   
वर्षेनी उठ्ने त्यो रकम कहाँ छ ? 
कता लुकाएका छौ ?
हिम्मत छ त्यो रकम कता छ ?
हाम्रो स्वाभिमानको धरोहर 
लिपुलेक, लिम्पियाधुरा कालापानी माथिको वर्चश्व 
संसदबाट पास गराएर के भयो त ?
पुस्तकहरुमा नक्सा अलपत्र पारेको कुरा
नेपाली जनतालाई भन्न सक्छौ ? 
संसदलाई बन्धकी राखेर, 
संसद तिम्रो भोग्य धारी वेश्या होइन ।
छिमेकीद्वारा मण्डलेको तथास्तु पाएका छौ । 
राष्ट्रघाती विभीषण ओढेर
मूतको न्यानोमा आफूलाई चुर्लुम्म डुबाएर 
देशघात माथि देशघात पस्किएर
दोस्रो लेण्डुपेमा रुपान्तरित भएका छौ । 

तिमी जहाँ बसेका थियौ 
कुनैबेला बाबै मनमोहन अधिकारी थिए ।  
एउटा असल देशभक्त
कम्युनिष्टको पदचाप छोडेर गएका थिए । 
उहाँसँग जीवनको सादगी कहिले सिकेनौं ?
कम्युनिष्ट आचरण पालना गर्दै गरेनौ ? 
डन र तस्करी बिचौलियाको 
यस्तै यस्तै आफूलाई  बेर्यौ 
कम्युनिष्ट भनेको कोशी नदी हो 
कम्युनिष्ट भएर कहिले बग्न जानेनौँ ? 
तिमी जे थियौ 
तिमीले त्यही सिक्यौ 
होलीवाइनमा चुर्लुम्म डुबेर 
डलरमा र्‍याल चुहायौ 
देशलाई असरल्ल बनायौ
देशलाई युद्धको क्रिडास्थल बनायौ । 
कम्युनिष्ट पदावलीको कहिले 
सम्मान गरेनौ ।
म पटक–पटक भन्छु, 
कम्युनिष्टको वर्को ओढ्दैमा
कोही कम्युनिष्ट हुँदैन । 
हा ! म पटक–पटक भन्छु 
कम्युनिष्टको वर्को ओढ्दैमा 
कोही कम्युनिष्ट हुँदैन ।
डन र तस्करीको घेरामा 
स्वर्गानुभूति महससु गरेउ 
विचौलिया र माफियाको 
मूतको न्यानो खोज्यौ
जे–जे नगर्नु थियो त्यो गरेउ । 
जे जे गर्नु थियौ त्यो गरेनौ ? 
यी सबै घृणित कार्य तिमीबाट भएको छ ।
यी सबै कम्युनिष्टको बर्को ओढेर भएको छ ।

यसैले,
प्रधानमन्त्री ! म तिमीलाई घृणा गर्छु । 
तिमी भ्रष्टाचारी हौ 
तिमी देशद्रोही हौ 
अझ इतिहास पढेका छौ भने 
गजराज मिश्रको दोस्रो संस्करण हौ । 
म मेरो देशसँग तिमीलाई 
मृत्युदण्डको माग गर्दछु । 
म तिमीलाई देशद्रोही घोषणा गर्छु । 
देशभक्त जनता हो !
मेरो आवाज सुन !
महान् पृथ्वीनारायण शाह ! 
राष्ट्र निर्माताप्रति नतमस्तक हुँदै
ती महान कम्युनिष्टको आदर्श पछ्याउँदै भन्छु
प्रधानमन्त्री ! 
म तिमीलाई मृत्युदण्डको माग गर्दछु ।