पुरिन्द्र रावल | दृष्टिकोण | असार ३१, २०८०
'नेपालको संबिधान २०७२' जारि पछिको दोस्रो निर्वाचन सकेर मुलुक अगाडी बढीरहेको अबस्था छ । प्रधानमन्त्रीको रुपमा प्रचण्डले तेस्रो कार्यकाल को भोग गरिरहेको कुरा भनिरहनु आवश्यक नहुनसक्छ । मुलत नेपाली राजनितिक इतिहासमा के देखिन्छ भने २००७ साल पछि को सत्ता भोग मुख्य गरेर राजा सहित यीनै तीन दल नेपाली कंग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेको देखिन्छ ।
यसरी हेर्दा नेपाली कांग्रेसले ००७ साल हुँदै बहुदल स्थापना सम्मको व्याज अहिले सम्म असुली रहेको कुरा सायद भनिरहनु नपर्ला । एमाले ले झापा विद्रोहको कुख्यात घटना हुदै मनमोहन अधिकारीका सुधार देखि मदन भण्डारीका भाषणसम्म र सुदखोरी के.पि ओलीले गरिरहेको कुरा जग जायर छन् । सेक्टर काण्ड हुँदै जनयुद्ध नामका त्रासदी पूर्ण घटनाहरुको मोहीयानी प्रचण्डले गरिरहेको कुरा पनि घाम जस्तै प्रस्ट छ । यसो भएको हुनाले लोकतान्त्रिक प्रणालीमा दलहरुले आलोपालो शासन गर्नु स्वभाविक कुरा हो । तर यो कालखण्डमा देश र जनताले के पायो भन्ने कुरा खासै ख्याल गरेको पाइदैन ।
प्रश्न अनगिन्ती छन् । बहस केही हदसम्म छेडिएकै छ । बर्तमान राजनितिक गोलचक्करवाद को विकल्प के ? के अहिले कै दल र राजनितिक प्रणाली बाट मुलुक र जनता को भविश्य सुनिश्चित छ त ? के यसैबाट समृद्वि सम्भव छ त ? प्रश्न स्वभाविक छ ।
मुलुकको मेरुदण्ड मानिने अर्थतन्त्र को पछिल्लो तथ्याङकलाई हेर्दा आर्थिक बर्ष ०७९/८० को अन्त्य भइसकेको छ । । राज्यको १४ अर्ब रुपैया राजस्व लक्ष्यको ६३ प्रतिशत मात्र उठ्न सकेको अवस्था छ भने पुँजिगत खर्च १ खर्ब ८५ अर्ब रुपैया अर्थात लक्ष्यको ४९ प्रतिशत मात्र भयको. छ । सरकार को कुल खर्च १३ खर्ब १५ अर्ब को हाराहारीमा छ जस मध्य पौने १० खर्ब साधारण खर्च छ भने यसरी हेर्दा साधारण खर्च पनि उठेको राजस्व भन्दा बढी छ । पुँजिगत खर्चको हाराहारी सरकारले ऋणको साँवाब्याज तिरेको छ । राष्ट्रको ऋण कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत अर्थात २४ खर्ब रुपैया हाराहारी छ भने व्यापार घाटा जेठ मसान्त सम्म वस्तु र सेवा दुबै गरि क्रमश: १३ खर्ब ३८ अर्ब र ५८ अर्ब नजिक पुगेको छ । यसो भएको हुँदा अब के हुन्छ भन्ने आम जनता को एउटा प्रश्न जन्मिरहेको छ ।
यसो भयको हुँदा यस विरुद्व लड्न नयाँ क्रान्तिको जरुरी छ भन्ने आधार हरु छन । यो नै आजको बैकल्पिक राजनीति हुनसक्छ । नत्र केबल बैकल्पिक राजनीति बहसमा आउने, केही समय तरंग ल्याउने र पानीका फोका फुटे जस्तै फुट्ने छ ।
आज मुलुकका सबै जसो राजनितिक दलमा देश र जनता भन्दा परिवारवाद, आसेपासे वाद र आफन्तवाद हाबी भइरहेको हामीले पाउँछौँ । दलको दलाधिपति जो हुन्छ सत्ताको नजिक जो पुग्छ उसैले मुलुकको दोहनमा होड गरिरहेको छन् आम जनमानसमा प्रश्न छ लोकतन्त्र कि वंशवाद ? यो प्रजातन्त्र कि राजाको पञ्चायत ? प्रश्नको जवाफ पाउन सकिएको छैन ।
आज मुलुकको राजनीति अत्यन्तै घिन लाग्ने ठाँउमा पुगेको छ । ठुला भ्रस्टाचार का काण्ड हुदै देशका नागरिकलाई नक्कली समर्थित बनाएर बिदेशमा बेच्नेसम्मका अत्यन्तै घृणित कार्यमा उच्च राजनितिक नेतृत्व र उच्च प्रशासकहरू कै नाम आउनु नै लोकतन्त्रको 'उल्ल्याहट' नै हो । यतीमात्र नभएर मुलुक को प्राकृतिक स्रोत साधान माथि विदेशीको पहुँचमा सहज रुपले पुग्ने सम्मका गतिबिधिमा पनि यिनै पुगेका छन । यसो भएको हुँदा आज सबै दलले आफ्नो आदर्श भुलेका छन् भन्दा अत्युक्ति नहोला ।
आफ्ना सबै मान्यतालाई लत्याएका छन भने आफ्नो बिचार र सिद्वान्त लाइ बिर्सिसकेका छन । यसैले त प्रश्न उठेको छ के यि दल हून वा क्लव ? यी एक सार्वभौम मुलुकका नेतृत्व हुन कि विदेशीका गुलाम ? बारम्बार प्रश्न उठेका छन् । तर हालसम्म यी यस्ता प्रश्नको चित्तबुझ्दो जवाफ पाइँदैन । यसो भएको हुँदा आज नेपाली राजनीतिमा एक बहस सुरु भयको छ यसको विकल्प के ? अथवा बैकल्पिक राजनीतिक शक्ति को ? भन्ने खाल का प्रश्नहरु उठिरहेका छन ।
नयाँ भनिएका केही दल र व्यक्तिहरूमा पनि सनातनी दल र व्यक्ति भन्दा फरक कुनै प्रवृति देखिएको छैन । यसो भयको हुँदा यिनीहरु बाट पनि बेमौसमी 'फण्डा' र 'बेहुर्मत' बाहेक नयाँ कार्यक्रम खासै दिन सकेका छैनन् । यसैले के भन्न सकिन्छ भने नयाँ भनिएकाबाट पनि मुलुकलाई वर्तमान भद्रगोलबाट पार लगाउने र समृद्विको ढोका खोल्न सक्ने कुनै योजना र कार्यक्रम छैनन् ।
यसो भयको हुँदा के भन्न सकिन्छ भने राजनितिक रुपमा संसदीय प्रणाली र अर्थ राजनितिक रुपमा नव उदारवादी दलाल वित्तीय पुँजीवाद नै मुल अन्तरविरोध हो र यसलाई चिर्न सक्ने प्रणालीको बिकास गर्नु नै आजको वैकल्पिक राजनीति बहस हुन सक्छ । यसो भयको हुँदा यस विरुद्व लड्न नयाँ क्रान्तिको जरुरी छ भन्ने आधार हरु छन । यो नै आजको बैकल्पिक राजनीति हुनसक्छ । नत्र केबल बैकल्पिक राजनीति बहसमा आउने, केही समय तरंग ल्याउने र पानीका फोका फुटे जस्तै फुट्ने छ ।