जीवन र फूलहरु

जीवन र फूलहरु

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण ७, २०८०

कतै भनेको सुनेको थिएँ
खुट्टामा  फूलहरूका काँडाले घोचे
केही  हुन्न  रे  जीवन ।
जब फूल  छातिमा खस्छ
जीवन  सकिएको  हुन्छ  रे ।।

गलामा  सजिन्छन्  कहिले माला बनी
कहिले शिरको  शोभा  भइदिन्छन्  ।
जीवनका अविरल यात्राहरूमा
साथ  दिन्छन्  सधैँ  फूलहरु ।।

फूल  पनि जीवन  जस्तै हो 
समयको  प्रवाहसँगै  खिल्खिलाएर  फुल्छन्
हावा हुरीको  वेग  सहँदै  ओइलाएर  आफैँ  झर्छन्
एउटा  जवानी  जस्तै ।
एउटा  जीवन  जस्तै ।।