किरात राई समाज बेल्जियमको अध्यक्ष इन्दिरा चाम्लिङ राई

किरात राई समाज बेल्जियमको अध्यक्ष इन्दिरा चाम्लिङ राई

शेरबहादुर परियार  |  समाचार  |  श्रावण १२, २०८०

 युरोप । किरात राई समाज (सोसाइटी) बेल्जियमको प्रथम अधिवेशन  सम्पन्न भएको छ।

बेल्जियम स्थित काजाब्लांका क्यासेल्लोमा भएको अधिवेशनले इन्दिरा चाम्लिङ राईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ।

अध्यक्ष चामलिङका अनुसार अधिवेशनले सोसाइटीको पदाधिकारीहरुमा सबै महिलालाई चयन गरेको छ ।जस अनुसार उपाध्यक्षमा सरु राई ,महासचिवमा सवनम राई र कोषाध्यक्षमा मालती राईलाई चयन गरेको छ।

त्यस्तै,कार्यसमितिको सदस्यहरूमा रेणुका राई , शेखर राई ,राजेन राई ,नेत्र राई ,गोपाल राई,  देव राई, भविन राई र केजिन राई निर्वाचित हुनु  भएको छ । 

समाजका अग्रणी ब्यक्तित्व मुना राई र धन कुमार राई (मणि)  संरक्षक रहेको सोसाइटीको अन्य सदस्यहरूमा सिमा राई ,आशा राई, इकु राई ,तारा राई ,रानी राई,पुनम राई, देवान राई , रोशन राई , शान्ता राई , राम कुमार राई , सुबास राई (कोत्रिक) ,योगेश राई , सोनिया राई , मोनी राई, श्रेया राई, शान्ति राई,सुनिल राई र देबयानी राई रहेका छन् ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष वीरमान मगरको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। प्रमुख अतिथि मगरले अधिवेशन सफलताको शुभकामना दिंदै प्रवासमा आफ्नो समुदायलाई संगठित गर्न र आफ्नो संस्कार तथा संस्कृतिको संरक्षण गर्न किरात राईहरु अब्बल रहेकोले बताउनु भयो । यो सोसाइटीमार्फत यो कामले अझ व्यापकता पाउने आफूले अपेक्षा गरेको बताए।कार्यक्रममा बेल्जियम स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनु भएको  थियो ।

अधिवेशन तदर्थ समिति संयोजक इन्दिरा राईको सभापतित्वमा भएको थियो भने मुना राईले किरात राईको संस्कार एवं संस्कृतिबारे चर्चा गर्दै अधिवेशनको स्वागत गरेका गर्नु भएको थियो भने अतिथिहरूलाई स्वागत सम्मान मालती राई र सरु राईले ।