एनआरएनए टर्कीको अध्यक्षमा पुनः उज्जल कुमार घिसिङ

एनआरएनए टर्कीको अध्यक्षमा पुनः उज्जल कुमार घिसिङ

शेरबहादुर परियार  |  समाचार  |  साउन १५, २०८०

युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद टर्कीको दोस्रो महाधिवेशन उज्जल कुमार घिसिङ अध्यक्षमा निर्वाचित गरेको छ।

महाधिवेशनले २०२३‍-२५ कार्यकालका लागि अध्यक्षमा उज्जल कुमार घिसिङलाई पुनः निर्विरोध चयन गरेको हो।

यसैगरी वरिष्ठ उपाध्यक्ष श्याम कला राई, उपाध्यक्ष मन्दिरा खत्री, महासचिव डा बिनोद पौडेल, सचिव श्याम पाण्डे, कोषाध्यक्ष पेम्बा शेर्पा,  सहकोषाध्यक्ष सविता तामाङ, युवा संयोजक सञ्जीव खतिवडा, महिला संयोजक सरिता बास्कोटा निर्विरोध भएका छन्।

त्यस्तै सदस्यहरूमा देवराज खड्का, भिसन राई, अमृत थापा, डोमा शेर्पा, यन बहादुर न्यौपाने र सृष्टि तामाङ चयन भएको निर्वाचन आयुक्त राजन योञ्जनले जानकारी दिए ।

एनआरएनए टर्कीको २०२३-२५ कार्यकालका लागि ८० जना पञ्जिकृत सदस्य भएको छ।