'ग्लोबल साउथ' : साम्राज्यवाद विरुद्धको सशक्त र न्यायपूर्ण अभियानले ल्याएको ध्रुवीकरण

'ग्लोबल साउथ' : साम्राज्यवाद विरुद्धको सशक्त र न्यायपूर्ण अभियानले ल्याएको ध्रुवीकरण

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  श्रावण १७, २०८०

दोस्रो विश्वयुद्ध, सोभियत संघको विगठन हुदै शीतयुद्धको समाप्तिबाट अमेरिकी एकाधिकार साम्राज्यवादमा गएको विश्व प्रणाली पुनः शक्ति ध्रुवीकरण आउन थालको देखिन थालेको छ । संसारलाई आफ्नो कब्जामा राख्ने अझ भन्दा संसारमा लुट मच्चाउने साम्राज्यवाद विरुद्ध नयाँ शक्तिको  उदय भएको छ ।

यसको प्रमुख उदाहरणका रुपमा तिव्र रुपमा उदाइरहेको 'ग्लोबल साउथ' लाई  लिन थालिएको छ  । अझ भन्दा साम्राज्यवाद विरुद्धको मुख्य शक्ति नै ग्लोबल साउथ' हुनेछ भन्न सक्ने आधारहरु छन । 'ग्लोबल साउथ'  भन्नाले पहिले विकासशील,कम विकसित र अविकसित भनेर चिनिने मुलुक लाइ 'ग्लोबल साउथ' को संज्ञा दिने गरिएको छ ।

केही मुलुकलाई छोड्ने हो भने यी अधिकांश मुलुक पृथ्वीको दक्षिण गोलार्धका अफ्रिका एसिया र ल्याटिन अमेरिकी क्षेत्रका देश पर्दछन् । 'ग्लोबल साउथ' शब्दावलीलाई राजनितिक अभियान्ता कार्ल ओग्लोस्विले सन १९६९ मा मा पहिलो पटक प्रचलनमा ल्याएका हुने ।

'ग्लोबल साउथ' लाई अझ भन्दा तेस्रो विश्वको संज्ञा समेत दिइने गरेको छ  । तेस्रो विश्वको शब्दावलीलाई अल्फ्रेड सौभीले सन १९५२ मा प्रचलनमा ल्याएका हुन । जहँ उनले विश्वको अवस्थालाई फ्रान्सको तत्कालीन तीन मान्यतासँग तुलना गरेकाे पाइन्छ ।  क्रमशः सामन्ती, पादरी र बुर्जुवासँग तुलना गरेका छन्  । पहिलो विश्व ले पुँजीवादी मुलुक , दोस्रोले सोभियत संघको खेमा र तेस्रोले विकासशील मुलुक लाइ जनाउँथ्यो । र, त्यतिबेला कैयौं विकासशील  मुलुक औपनिवेशिक अवस्थामा नै  थिए ।

 ग्लोबल साउथ एक भौगोलिक शब्दावली मात्र हैन । यो एक न्यायपूर्ण आवाज हो । एक आर्थिक,राजनितिक र सामरिक शक्ति पनि हो । के भन्न सकिन्छ भने 'ग्लोबल साउथ' नै विश्वको शक्ति केन्द्र बन्न  सक्ने  धेरै आधारहरु तयार हुँदै गएका छन् ।

अमेरिकाले युरोपलाई छोडेर एसियामा आखा लाइरहेको कुराले यसै कुरालाई संकेत गर्दछ । पछिल्लो एक दशकमा सैनिक गठबन्धनदेखि आर्थिक सहयोगलाई एसिया केन्द्रीत गर्नुले पनि यही कुराको पुष्टि गरिरहेको छ । 

 अमेरिकाले हिन्द प्रशान्तको शक्ति बुझ्यो भने एसियाले पनि आफ्नो बढ्दो शक्तिको महसुस गर्न पुग्यो । जसका करण विश्व शक्तिको केन्द्र हिन्द प्रशान्त क्षेत्र बन्न पुगेको छ  । यसले गर्दा पनि विश्व शक्ति सन्तुलनको नेतृत्व अव 'ग्लोबल साउथ' ले गर्छ भनेर पूर्वानुमान लगाउन थालिएको छ । त्यसैले  साम्राज्यवादले एकातिर कथित 'नेटो' र 'जि ७'  जस्ता विश्व लुटेरा गठबन्धनलाई मलजल गरिरहेको  छ भने एकातिर न्यायपूर्ण विश्वका लागि 'ग्लोबल साउथ'  संगठित विस्तार  हुँदै गएको अबस्था छ ।

वर्तमान विश्व ध्रुवीकरणमा के देखिन्छ भने विश्वको शक्ति एसियामा केन्द्रीत हुदै छ । यसै कारण ले साम्राज्यवाद विरुद्धको मुख्य शक्तिको रुपमा ग्लोबल साउथ आउछ र ग्लोबल साउथ ब्रिक्स र यस.सि.ओ को पखेटा हालेर आफ्नो मिसन प्रा गर्ने छ भन्न सक्ने आधार छन् ।

 मुख्यत दुईवटा पक्षमा बहस छेड्दै 'ग्लोबल साउथ'  अगाडी बढ्ने कोशिस गरिरहेको छ। ती फोरम  हुन ब्रिक्स र एस.सि.आ. । मुख्य रुपमा 'ग्लोबल साउथ' ले यी दुई वटा फोरमबाट 'ग्लोबल साउथ' ले साम्राज्यवाद विरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउँदै  बहसलाई सतहमा  ल्याउने काम गरिरहेको छ ।

पन्ध्रौ‌ं ब्रिक्स शिखर सम्मेलन अगस्ट २०२३ मा दक्षिण अफ्रीकी सहर जोहानवर्गमा  हुँदैछ । यस सम्मेलन ले मुख्य दुइ ओटा कुरा गर्ने देखिन्छ एक मा ब्रिक्स विस्तार र अर्काे ब्रिक्स मुद्रा सहितको ब्रिक्स बैंकको मुद्दामा यसले निर्णय लिने कार्यक्रम छ ।  यो सम्मेलन ले न्यायपूर्ण विश्वका लागि एक पहल गर्छ भन्ने बहसको सुरुवात भयको छ । ब्रिक्स विश्वव्यापी शासन प्रणालीका एजेन्डा, दृष्टिकोण र नीति निर्माणमा सकृय भुमिका खेल्ने र विश्व राजनीतिमा प्रगतिशिल शक्तिका रुपमा आफुलाई स्थापित गर्ने शक्तिको प्रयास हो  । अर्काे शब्दमा भन्दा साम्राज्यवाद विरुद्धको लडाइ लड्दै न्यायोचित विश्वव्यापी शासन निर्माण गर्ने एक शक्ति हो भन्न सक्ने आधारहरु पनि छन ।

ब्रिक्सले विश्व जमिनको लगभग २६.७ प्रतिशत, जनसंख्या को ४१.७ प्रतिशत र विश्वको कुल गार्हस्थ उत्पादन को करिव एक चौथाइ हिस्सा ओगटेको छ । ब्रिक्समा सामेल हुन चाहने मुलुकको संख्या दिनानुदिन  बढ्दै गएको छ । ब्रिक्सको अध्यक्षता गरिरहेको दक्षिण अफ्रिका का ब्रिक्सका लागि राजदुत अनिल सुकलालका अनुसार ब्रिक्समा सामेल हुन १३ वटा मुलुकले औपचारिक रुपमा आवेदन दिएको र ६/७ वटा राष्ट्रले चासो देखाएको बताएका छन् ।

ब्रिक्सले विश्वव्यापी शासन प्रणालीमा हलचल ल्याउँछ भन्ने कुराको अनुमान गर्न त्यति गाह्रो नहुन सक्छ । 'ग्लोबल साउथ'  साम्राज्यवाद विरुद्धको मुख्य शक्ति हो ।  अर्काे पक्षको रुपमा यस.सि.ओ लाइ लिन सकिन्छ । यो २००१ मा चिन र रुस ले स्थापना गरेको एक राजनीतिक, आर्थिक, सुरक्षा र रक्षा संगठन हो । यो भौगोलिक दायरा र जनसंख्याका हिसावले विश्वको सबै भन्दा ठुलो क्षेत्रिय संगठन हो । यसका सदस्य राष्ट्र चिन,रुस भारत,पाकिस्तान इरान, कृगिस्थान, काजिकस्थान, ताजकिस्थान र उज्वेकिस्थान रहेका छन भने नेपाल सहित विश्वका धेरै देशहरु यसमा सामेल हुन छलफलमा छन । यसको जुन २०२३ मा भर्चुअल शिखर सम्मेलन भयो  । जसमा सदस्य मुलुकका प्रमुखले सम्बोधन गरे भने १० ओटा महत्व पूर्ण निर्णय समेत गरेका थिय ।

वर्तमान विश्व ध्रुवीकरणमा के देखिन्छ भने विश्वको शक्ति एसियामा केन्द्रीत हुदै छ । यसै कारण ले साम्राज्यवाद विरुद्धको मुख्य शक्तिको रुपमा ग्लोबल साउथ आउछ र ग्लोबल साउथ ब्रिक्स र यस.सि.ओ को पखेटा हालेर आफ्नो मिसन प्रा गर्ने छ भन्न सक्ने आधार छन् । यसैले के भन्न सकिन्छ भने ग्लोबल साउथ नै साम्राज्यवाद विरुद्धको मुख्य शक्तिका रुपमा अगाडि आउन थालेको छन्  ।