थर्मल थेरापी: वैकल्पिक चिकित्सा पद्दतिको अनुपम अभ्यास !

थर्मल थेरापी: वैकल्पिक चिकित्सा पद्दतिको अनुपम अभ्यास !

पूर्ण ओली  |  स्वास्थ्य  |  श्रावण १८, २०८०

मानिसहरु आफ्नो स्वास्थ्य अवस्था ठिक बनाउन बिभिन्न बिधि अपनाउन बाध्य छन्। सेना लगायत प्रहरी, शसस्त्र प्रहरी, खेलाडिहरु प्राय बिहानको स्वच्छ हावामा दौडिरहेका देखिन्छन् । युवा युवती तथा जेष्ठ नागरिकहरु बिहान र बेलुका सडक छेउमा हिँडिरहेका प्रशस्तै देख्न सकिन्छ ।

कतिपय जिम, बिभिन्न खेलकुदमा आफ्नो बिहान बेलुकाको समय बिताइरहेका हुन्छन् । यी सबै गर्नाको प्रमुख उदेश्य शरीरमा रोग नलागोस् भनेर नै हो र लागेको रोग निको होस या अरु नबढोस् भन्ने उद्देश्य राखेको पाइन्छ ।  

सेनामा जागिर खाइञ्जेल गरिने कडा परिश्रमको कसरतले हतपत कुनैपनि रोगले हमला गर्न सक्तैन । अवकास पछिका दिनहरुमा केहि बढि आरामको कारणले पनि सुगर, प्रेसर, थाइराइड, युरिक एसिड, कोलोस्ट्रोल जस्ता रोगले भेट्ने संभावना बढि रहन्छ । त्यसैले बिहानको हिँडाइले यी रोगहरुबाट बचाउन सक्ने हुनाले म बिहान हिंडने गर्छु ।

 बालकुमारी-ग्वार्खु तिर रिङरोडको सडक छेउको फुटपाथमा फलामे बार लगाइएकाले हिँड्न पनि अलिक सुरक्षित नै छ । साथै सडक छेउमा हरियाली बनाउन रुख बिरुवा लगाइएकाले स्वच्छ हावा लिन सकिन्छ । 

यहि हिँड्ने क्रममा भित्रि सडकको छेउमा मानिसहरु प्राय सेता कपडामा हातमा झोला बोकेर लाइन लागेर उभिएको  देखें । मलाइ उत्सुक लागेर एकदिन उनीहरुसँग बुझ्दा त्यहाँ थेरापी सेन्टर रहेछ । मैले कस्तो खालको थेरापी हो ? कस्ता बिरामीको लागि थेरापी दिइन्छ भनेर बुझ्दा सबै किसिमका समस्याहरु लाई फाइदा पुग्ने थेरापी भएको कुरा मलाइ भनियो ।

थेरापी सेन्टर भित्र पसेर हेर्दा केहि मानिसहरु मेसिनमा सुतेर थेरापी लिइरहेका थिए । अर्को तिर मानिसहरु एक्सरसाइज गरिहेको देखे। मैले अरु किसिमका थेरापी देखेको र सुनेको थिएँ । तर थर्मल थेरापी बारेमा त्यति याद गरेको रहनेछु । अनि भोलिपल्ट  बिहानै देखि म पनि जान थालें । त्यहाँको एक्सरसाइज, थर्मल मेसिनले गर्ने काम बारेमा जानकारी प्राप्त भएपछि म निकै प्रभावित भएँ र केहि दिन पछि श्रीमती सहित जान थालियो । 

यो मेसिन  १२ बर्ष पहिला कोरियाबाट सुनिल श्रेष्ठले नेपाल भित्राउन भएको रहेछ । यसबाट निःशुल्क सेवा दिने भएकाले धेरैले शंका गरेर उहाँलाई कारबाही गरि केहि दिन प्रहरी हिरासतमा समेत राखिएको रहेछ । डब्लु एच ओ ले मान्यता दिइसकेको र स्वास्थ्य मन्त्रालयबाट पनि प्रमाणपत्र प्राप्त गरेको एच वान १०० कोरियन मेसिनले अहिले व्यापकता लिइरहेको देखिन्छ  । हालमा काठमाडौँका बिभिन्न टोल, चोक, बजार देखि नेपालभर  धेरै स्थानमा थर्मल सेन्टर सन्चालन गरिएको समेत जनकारी दिने गरिएको छ ।

यो अटोमेटिक थर्मल 'मसाजर' मेसिन कोरियाको सबभन्दा पछिल्लो उत्पादन भएकोले निकै विश्वसनिय र मानिसहरुको आकर्षण देखिएको छ । सेन्टरमा आउने बिरामीहरु प्राय अस्पतालमा पनि उपचार हुन नसकेका धेरै बिरामी आउने गरेका रहेछन् । त्यहाँ आउने बिरामीहरु ढाडमा नसा च्यापिएका, थिचिएका, सुगर, प्रेसर, दम, थाइराइड, ग्यास्टिक, जिउ दुख्ने, हात काम्ने, डिप्रेसन, प्यारालाइसिस, पाठेघरको समस्या, प्रोस्टेट आदी सबै समस्या भएर आउने बिरामीहरु देखिए । उनीहरु कतिपयलाई चाँडै ठिक भएको र कतिपयलाई अलिक बढि समय लागेर पनि राम्रो भएको सुनियो । अहिले अस्पतालले पनि थेरापी सेन्टरमा बिरामी पठाउने गरेको देखिन्छ । 

 यो एच वान थर्मल थेरापी मेसिन आधुनिक उत्पादन हो । जुन वैकल्पिक चिकित्सा पद्दतिमा आधारित जस्तो वाफिय, औंलाको दवाव, मालिस, हातको थिचाइ , तापिय विधि, टाढाको सूर्यको रातो किरण र एल इ डि थेरापीमा रहेर अत्याधुनिक तौर तरिकाबाट बनाइएको हो । यस स्वचालित तापिए 'मसाजर' ले हाम्रो शरीरको मेरुदण्डलाई ब्यबस्थित बनाउन, रगत संचार गर्न, शक्ति संचालन, चेतनाको प्रवाह साथै तनाब कम गर्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । 

यस मेसिनले मेरुदण्डमा आधारित भएर उपचार गर्छ । मेसिनमा सुति सकेपछि प्रयोग कर्ताको मेरुदण्डको बनावट, लम्बाई र आकार मापन गरि  स्कानिङ ) सोहि अनुरुपको बिन्दुमा प्रभावकारी ढङ्गले ( गर्धन देखि पुच्छरको हड्डीसम्म ) मेसिनले मसाज गर्ने काम गर्छ । शरीरका प्राय सबै नसाहरू मेरुदण्ड हुंदै शरीरका बिभिन्न भागमा जाने हुँदा यस मेसिनले खासगरी मेरुदण्डमा मेसिनको आन्तरिक प्रोजेक्टर स्वचालित प्रणालीले गुणस्तरयुक्त 'जेड स्टोन' को तापिए प्रभावकारिता र दवावका साथ काम गर्छ । साथै माथिबाट तातो म्याट ले पनि आफ्नो काम गरिरहेको हुन्छ । 

यस मेसिनको पद्दतिमा वाफिए प्रणालीले रक्त संचालनमा मद्दत पुर्‍याउने, नसा च्यापिएको र मांसपेशी खुम्चिएकामा आराम दिलाउनुको साथै पुनः पहिलाको स्थानमा प्राकृतिक तरिकाले राख्न मद्दत गर्छ । शरीर भित्र रहेका बिगार बस्तु बाहिर निकाल्नका साथै शरीरको भित्री भागसम्म रातो सूर्यको किरण गएर मांसपेशी लगायत सम्पूर्ण शरीरलाई नियमित ताप प्रदान गर्न मद्दत गर्छ । जुन शरीरको लागि आबश्यक छ । एच १०० मेसिनको प्रमुख विशेषता मध्येको एल इ डि थेरापीले ट्युमर , छालाको समस्याहरु, दाग, लगायत किड्नीका पत्थरी, प्रोस्टेट समस्याहरु लाई घरमा प्रयोग गर्दा न्युनिकरण गर्न मद्दत गर्छ । 

कतिपय पढे लेखेका मानिस गर्धन दुखेका, ढाडमा नसा च्यापिएका, जिउ, खुट्टा दुखेका , टाउको दुखिरहने समस्या भएर मेडिकल उपचार गर्दा पनि ठिक नभएका र अपरेसन गर्न पनि डर मानिरहेका देखिन्छन् । यस्ता मानिसहरुले एकपटक आफ्नो टोल चोकहरुमा भएका थर्मल थेरापी मा बुझेर केहि दिन थेरापी गराए पनि त्यसको प्रतिकृया आउन सक्छ ।

१५ ओटा बिभिन्न मोडहरु भएको यो मेसिनले आफुले चाहे अनुसारको  मोड उपयोग गर्न सकिन्छ । धेरै मानिसहरुले थर्मल थेरापी सेन्टर बारेमा नबुझिकन नकरात्मक अफवाह फैलाइएको पनि देखियो । कतिपयले बाहिरबाट सेन्टर भित्र नाचेको ताली बजाएको देखेर खालि उठेर मात्र तालीमात्र बजाउन लाइँदो रहेछ भन्ने गर्छन ।  कति ले गाना गाउन र नाच्न लगाइँदो रहेछ  भन्ने गरेको सुनियो । ताली बजाउँदा पनि शरीरका बिभिन्न भागमा फाइदा पुगिरहेको हुन्छ । अ क्यु प्रेसर जस्तै हो ताली पनि । नाच गानाले मानिसहरुलाई मनोरन्जन दिने मात्र होइन कसरत पनि भइरहेको हुन्छ ।

यो सिर्फ मेसिनमा पालो नआइञ्जेल मात्र गराइएका मात्र होइन यसबाट शरीरलाई पनि प्रत्यक्ष अ प्रत्यक्षरुपमा  फाइदा पुगिरहेको हुन्छ । के भनिन्छ भने २५ प्रतिशत थेरापी मेसिनमा सुतेर थेरापी गर्नु भन्दा पहिला यस्ता बिभिन्न कृयाकलापले नै पुरा भइसकेको हुन्छ । त्यस्तै मेसिनको बारेमा पर्याप्त जानकारी दिने शिलशिलामा बिच बिचमा यस्ता मनोरन्जनको कार्यक्रम पनि चलाइन्छ । जसले गर्दा समय बितेको पनि थाहा हुंदैन । 

कतिपय मानिसहरुले  मेसिन जर्बजस्ती किन्न लगाइन्छ भन्ने आधार हिन कुरा गरेको पनि सुनियो । कुनै सामानको बास्तविक बताउनु सामानको बिक्री गर्नेको प्रमुख लक्ष्य राखिएको देखिन्छ।  उक्त सामानको महत्व बुझेर खरिद गर्ने नगर्ने बिषय सम्बन्धित ब्यक्तिको इच्छा हो । यो मेसिन बजारमा तरकारी खरिद गरेजस्तो विषय पनि होइन । यसका लागि बुक गरेर पनि लामो समय सम्म पनि कुर्नु पर्ने हुन्छ । मैले आफैले अनुभव गरे देखे पनि । आवश्यकता पर्‍यो भने अलिअलि गरेर इन्सटलमेन्ट जस्तो गरि पैसा तिर्न सकिने रहेछ ।

कोटेश्वरमा ठेलामा साग बेच्ने महिलाले पनि कलेज पढ्ने छोराको डिप्रेसन भएर घरबाट बाहिर जाने छोडेछन् ।  डाक्टरबाट ठिक नभएपछि थेरापी मेसिन खरिद गरि घरमा लगेको केहि महिनाको प्रयोग पछि निज महिलाको छोरा ठिक भएर कलेज जान थालेछन् । अर्को एकजना महिला चटपटे बेच्ने महिलाको ढाड र खुट्टाको समस्या यहि थेरापी बाट ठिक हुन थालेपछि सेन्टरमा आउन नभ्याउने भएर खरिद गरेर घरमा लगेको देखियो ।

पैसा भन्दा पनि आफुलाई मेसिनप्रति बिश्वास र आवश्यकताको महसुस भएमा मात्र सामान खरिद गरिन्छ । सात दोबाटोका एकजना ब्यापारीले केहि दिन सेन्टरमा थेरापी गरेपछि परिवार सबैलाई काम लाग्ने देखेर एक हप्ता मै खरिद गरेर लगे । मेसिन खरिद गर्न प्रोत्साहन गर्नु अलग कुरा हो तर दवाव दिएर किन्ने कुरा यर्थाथ होइन । सेन्टरका प्रमुखले प्रष्टरुपमा भन्नु हुन्छ सेन्टरमा आउने मध्य १० प्रतिशतले मात्र खरिद गरिएको मेसिनबाट आउने केही पैसाबाट सेन्टरको खर्च र बाँकी मानिसलाई निःशुल्क उपचार गर्न सकिएको हो । 

कतिपय पढे लेखेका मानिस गर्धन दुखेका, ढाडमा नसा च्यापिएका, जिउ, खुट्टा दुखेका , टाउको दुखिरहने समस्या भएर मेडिकल उपचार गर्दा पनि ठिक नभएका र अपरेसन गर्न पनि डर मानिरहेका देखिन्छन् । यस्ता मानिसहरुले एकपटक आफ्नो टोल चोकहरुमा भएका थर्मल थेरापी मा बुझेर केहि दिन थेरापी गराए पनि त्यसको प्रतिकृया आउन सक्छ । त्यसपछि जाने नजाने आफै निर्णय गर्न सकिन्छ । कतिपय मेडिकल डाक्टरले थर्मल थेरापीले राम्रो गर्छ भन्ने गरेको सुनेको छु । कतिपयले ठिक होइन भन्ने गरेको देखियो । 

जे होस मेरो अनुभवमा यो बैकल्पिक स्वास्थ्य उपचारको राम्रो विधिका विश्वास आर्जन गरि रहेको छ ।  जसले बिना औषधि, बिना अपरेसन, बिना खर्च अमूल्य उपचार गर्न पाइन्छ । थर्मल थेरापीबाट भएका रोगहरुको उपचार, शरीर भित्रका नदेखेका समस्याहरु देखाउने र निको पार्ने गर्छ  । कतिपय अबस्थामा रोग नै लाग्न दिँदैन । हुनत हाम्रा पूर्खाहरुले स्वस्थ खाना अनि बेसी  र पहाडमा हिंडिरहने  कठिन परिश्रमले गर्दा उनीहरुलाई हत्तपत्त रोग लाग्दैनथ्यो ।

अहिलेको अस्वस्थकर हावापानी, बिषाधी मिसिएका खाद्यान्न, शहरी जिवन , कसरत नगरेर पनि हामीलाई बिभिन्न रोगले सताउनु स्वभाविक हो । त्यसका लागि पनि वाकिङ, कसरत, योग, थेरापी, जिम, ध्यान आदी गर्नै पर्छ । त्यस मद्य पनि हामीलाई रोग लागिसकेपछि र रोग नै लाग्न नदिन थर्मल थेरापी मेरो बिचारमा  उत्तम ठानेको छु । यो सबै मैले पाएको अनुभवले गर्दा लेख्न सकियो । यहाँ मैले कुनै कम्पनि या थेरापीलाई बिज्ञापन गर्न नखोजि सिर्फ अहिलेसम्म पनि थर्मल थेरापी बारेमा थाहा नपाउनेलाई फाइदा पुगोस भनेर ध्येयले लेख्ने काम गरें । जसरी म पनि केहि समय पहिला सम्म एच वान १०० बारेमा पुरा अनभिज्ञ थिएँ । 

अन्त्यमा मैले थेरापी गर्दै गरेको बालकुमारी एच वान सेन्टरका संचालक अत्यन्त सकरात्मक जोश जाँगर भएका परोपकारी युवा बिक्रम घर्ती मगरलाई धन्यबाद दिनैपर्छ । जसले लाखौ रकम खर्च गरेर यस क्षेत्रमा थेरापी सेन्टर खोलेर धेरै मानिसलाई निशुल्क सेवा प्रदान गर्नु भएको छ । उहाँको अमूल्य योगदानले गर्दा त्यस क्षेत्रमा बस्ने धेरै आमा बुवा , दिदी बहिनीहरूले धेरै लाभ पाउनु भएको छ । त्यस्तै बिहानै देखि बेलुका सम्म कुनैपनि थकावटको  महसुस नगरि अत्यन्त मृदु भाषामा सेन्टरमा आउने सबैलाई बुवा आमा भन्दा बढ्ता माया र सद्भाव दर्साएर आफ्नो सेवा प्रदान गर्ने जोशिला तथा क्षमतावान  युवा मिसहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछु  ।  

हालसम्म यस्ता थेरापी सेन्टर निजी स्तरमा खोलिएका छन् ।  सरकारले प्रत्येक स्थानिय निकायका हेल्थ सेन्टर र वडा कार्यलयमा थर्मल थेरापी खोलेर धेरै जनताका स्वास्थ्य सेवामा मद्दत पुर्‍याउन सक्छ । जुन बोधिबाट कुनै औषधि खर्च गर्नु पर्दैन । यसका लागि कुनै डक्टर नर्स तथा औजारको आबश्यक पर्दैन । सिर्फ मेसिन संचालन र साधरण मर्मत बारेमा केहि हप्ताको  तालिम तथा अभ्यास लिन उपयुक्त हुन्छ । रोगी या निरोगी मानिसले  दिनको एकपटक थेरापी गर्ने बानि मात्र पारेमा रोग निको हुन र रोग नै नलाग्ने मात्रै होइन मानिसहरुका थकावट कम गर्ने र तनाब मुक्त गराउन मद्दत पुग्नेछ । यस्ता मेसिनहरु स्थानिय निकायको बजेटबाट समेत खरिद गर्न सकिन्छ ।


बालकुमारी ललितपुर , नेपाल
२०८० साउन  १७