मृत्युले खोसेको जीवन

मृत्युले खोसेको जीवन

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण २०, २०८०

मृत्युले जब जीवन खोस्न थाल्छ 
उनि अत्तालिँदै चारै तिर भतारिन्छिन् 
वैभवले भरिएको जिन्दगी नि हाल्छिन् 
महँगो गाडीहरु थन्किएको, ग्यारेजमा लामो भैसक्यो ।।

जीवन ह्विलचियर घुमिरहन्छ, अस्पतालको वरिपरि 
मूल्यवान कपडा, गहना, जुत्ता आदिले कुरिरहेछन् 
सामान्य कपडाको गाउनमा अस्पतालको वार्ड हरु हिँड्नेछिन् 
बैंक ब्यालेन्स निरर्थक लागिरहेछ, रोगले थालिएको यो जीवन देखि ।।

शहरमा  मिटिङ एवं लन्च–डिनरको लागि ओहोरदोहोर गर्ने जीवन
अस्पतालको  ल्याबहरूमा नर्ससँग  ओहोरदोहोर चलिरहेछ
प्रशंसक लाई  सिग्नेचर गरेर दिनहरु बित्ने गर्थे 
आज डाक्टरको प्रेश्कृप्शनमा  सिग्नेचरको इन्तजारमा बितिरहेछ ।।

सांसारिक जीवनमा अब नितान्त एक्लै उनि 
केवल परिवारको प्रेम र प्रार्थना प्यारो भएको छ
सबै भन्दा अब प्यारो मृत्युले बोध गराएको छ
जीवनलाई हेर्ने दृष्टिकोण सिकाएको छ ।।
जीवनलाई हेर्ने दृष्टिकोण सिकाएको छ ।।

(प्राण घातक क्यान्सरबाट  मृत्युवरण गरेकी विश्वकी प्रख्यात फेसन डिजाइनर तथा लेखक  Crisda Rodriguez   प्रति समर्पित)