पोल्याण्डस्थित नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा पर्यटक भिसा दिन सुरु

पोल्याण्डस्थित नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा पर्यटक भिसा दिन सुरु

शेरबहादुर परियार  |  समाचार  |  साउन २०, २०८०

यूरोप । पोल्याण्डबाट नेपाल जाने पर्यटकलाई वारसा स्थित नेपाली अवैतनिक वाणिज्यदूतको  कार्यालयले भिसा दिन सुरु गरेको छ।

नेपालका लागि वारसा क्षेत्रका अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले हिजो नेपालका लागि पहिलो पटक २ जना पोल्याण्ड नागरिकको पर्यटक भिसा जारी गरेर सुरु गरेका  हुन् ।यस अघि पोल्याण्ड कार्यक्षेत्र समेत रहेको बर्लिन स्थित नेपाली दूतावासले  भिसा सम्बन्धि सबै कामहरु गर्दे आएको थियो।

अवैतनिक वाणिज्यदूत डा सुवेदीले बर्लिन स्थित नेपाली दूतावासको सहकार्यमा पर्यटक भिसा सम्बन्धि काम वारसाबाट सुरु गर्न सम्भव भएको बताए। हिजो ४ अगस्तका दिन यस वारसा स्थित नेपाली अवैतनिक वाणिज्य दूतावासबाट नेपालको लागि पर्यटक भिसा दिन सुरुवात भएको जानकारी गराउन पाउँदा खुसी लागेको बताए। यस ऐतिहासिक क्षणलाई सबैले गौरवताका साथ प्रचारप्रसार गरौं र नेपालको प्रयटन क्षेत्रको विकाश गर्नका लागि सबै लाग्न अनुरोध गरे।

२०७९ साल साउन ९ गतेको मन्त्रिपरिषद बैठकले नेपाली मुलका पोलीस नागरिक डा सुवेदीलाई पोल्याण्डको वारसा क्षेत्रमा कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो।