पत्रकार महासङ्घको शुद्धीकरण आतङ्क: केपी ओलीलाई प्रश्न गर्दा पत्रकारको जवाफ ?

पत्रकार महासङ्घको शुद्धीकरण आतङ्क: केपी ओलीलाई प्रश्न गर्दा पत्रकारको जवाफ ?

ऋतु आशिक  |  दृष्टिकोण  |  श्रावण २३, २०८०

मेरो पत्रकारिता जीवन हिजो पनि खुल्ला किताब थियो । आज पनि खुल्ला छ । भोलि पनि ऐतिहासिक रहने छ । महाकाली सन्धि र एमसीसी माथि केपी ओलीले गरेको राष्ट्रघात बारे देशभक्त नेपाली समक्ष माफी माग्नु भन्नुहोस् । आज नेपालीसँग अपिल गर्न भन्नु होस् । 
                                                                                                                                                                                                      फेसबुक २०७९ असोज १५ शनिबार 

    ... ... ... त्यसपछि के कति राष्ट्रघातका मुद्दा छन् । त्यसबारे जानकारी राख्नुस् । तपाईंलाई अह्राउने ले महाकाली पछि लगाई दिएको छ । एमसीसीमा कसले राष्ट्रघात गर्‍यो ? कसले दोब्बर भूमिका खेल्यो त्यति पनि बुझ्ने क्षमता छैन भने सप्रमाण बहस गरौंला । अबुझ जस्तो भएर शङ्काको बाँसुरी बनाइ रहनुहुन्छ । त्यो मैले बुझेको छु । तपाईंको तर्कमा सत्यता छैन । पूर्वाग्रह मात्र बोलिरहेको छ । 
                                                                                                                                                                                                    – यज्ञ शर्मा (एमाले समर्थित पत्रकार)
                                                                                                                                                                                                 २०७९ असोज १५ शनिबार फेसबुकबाट 

 हामी पत्रकारिता केको लागि गर्छौं ? मेरो बुझाइमा देशप्रति समर्पित एवम् आम जनताको जीवनस्तर उठाउन तथा तिनीहरूको जीवनमा बदलाव आउनका लागि हामी सहायक भूमिका निर्वाह गरिरहेका हुन्छौं । उनीहरूको पीडामा मल्हम लगाइरहेका हुन्छौं । देशप्रति घात प्रतिघात हुँदा हामी पीडा महसुस गरिरहेका हुन्छौं । त्यसको मुक्तिको लागि देशको स्वतन्त्रतालाई खबरदारी तथा आम जनता हुँदै विश्वका सामु आफूलाई स्वतन्त्रताका सेवाहरूका रूपमा सूचना सम्प्रेषण गरिरहेका हुन्छौँ । 

हामी आफूलाई राज्यको चौथो अङ्गको रूपमा उभ्याउने गरेका छौँ । देशप्रति जनता प्रतिको समर्पणको मापनप्रति कसैलाई लाखा पाखा लगाउँदैनौ । देशप्रति घात गर्ने जो सुकै स्तरको व्यक्ति भए पनि हामी विशेषत पत्रकार वर्गले हामी कठोरता पूर्वक लेख्ने गर्नु पर्दछ ।  राष्ट्रको पहरेदारीमा कथम् कदाचित् लापरबाही तथा कुनै किसिमको लोभ मोह भन्दा माथि उठेर सम्प्रेषण गरिनुपर्छ । 

हामीमध्ये कतिपय पत्रकारहरू पार्टीका नाममा गरिएका देशद्रोही कार्य, भ्रष्टाचारका घृणित फेहरिस्तहरू प्रति आँखा चिम्लिनु या घृणित रकमको लेनदेनमा आफूलाई सुपुर्दगी गर्नु भनेको आफू र आउने सन्तानप्रति घात प्रतिघात गर्नु हो । यस किसिमबाट व्यक्तिगत स्वार्थको लागि ऐस आराम र वाहवाही ती बटुल्नु भन्दा मेरो विचारमा त्यस्ता देशद्रोही पत्रकारहरूले आत्महत्या रोज्नु नै राष्ट्रको लागि अहम् सवाल हो । 

राष्ट्र यसबेला छिमेकी भारत र अमेरिकाको चपेटामा  कुन बेला सिक्किम वा  भुटानको जस्तै  चपेटा पार्ने जस्ता घृणित कार्यको नेतृत्व एमाले, नेपाली काँग्रेस, माओवादीले गरिरहेका छन् । संसारमा कतै नभएको तेस्रो पार्टीले देशको नेतृत्व समाली रहेको छ । देशभक्त नेपालीहरूका लागि योभन्दा लज्जा के हुन सक्छ ? 

 २०३३ साल गोरेटो साप्ताहिकबाट प्रेस प्रतिनिधिको रूपमा पत्रकारिताको यात्रा सुरु गरेको थिएँ । २०८० सालसम्म आइपुग्दा ४७ वर्षा पत्रकारितामा विताएको पलहरू अझै पनि हिजो जस्तो लाग्छ । म अझै पत्रकारिता गरिरहेको छु । पत्रकारिता गर्दैगर्दा मेरो मार्क्सवाद प्रतिको समर्पणमा  एक रति पनि ढलपल भएको छैन । मार्क्सवाद प्रति मेरो अटल आस्था छ । मेरो पत्रकारिता जीवनमा पत्रकारिता लेखनको पाटोमा केही पुस्तकहरू प्रकाशन गरेको छु । ती पुस्तकहरू माक्र्सवादी पत्रकारिता लेखनमा सहायकको भूमिका निर्वाह गर्नेछन् भन्ने विश्वासमा लिएको छु ।

एमाले पार्टीका घृणित व्यक्तिहरूद्वारा गरिएका भ्रष्टाचारका छिटाहरू 
१.    ललित निवास जग्गा प्रकरण – एमाले 
२.    सुनको जलहरी – एमाले 
३.    यति समूह – एमाले 
४.    औषधि खरिद काण्ड – एमाले 
५.    ओम्नी – एमाले 
६.    बतास समूह – एमाले 
७.    गोकर्ण रिसोर्ट – एमाले 
८.    गिरीबन्धु टी स्टेट – एमाले  
९.    सेक्युरिटी प्रेस – एमाले 
१०.    एनसेल प्रकरण – के.पी. ओली 
११.    निर्मला पन्त काण्ड – एमाले 
१२.    ह्वाइट बडी काण्ड – एमाले 
१३.    पानी ट्यंकी काण्ड – एमाले 
१४.    ३३ किलो सुन – एमाले 
१५.    महाकाली भारतलाई बेच्दा प्रत्येक सालाना एक खरब २० अरब आम्दानी हुन्छ को रटान लगाएर बेच्न अहम् भूमिका खेल्ने के.पी. ओली हुन् । 

केपी ओली को हुन् मेरो नजरमा 

जब–जब भारतीय पत्रकारद्वारा तत्कालीन प्रधानमन्त्री के.पी. ओलीसँग अन्तर्वार्ता लिदै थिए । ती अन्तर्वार्ता कालमा भारतीय पत्रकारसँग सूचनाको कमी तथा तल्लो स्तरका प्रश्न गरेर, नेपालप्रतिको छेड खानीमा प्रधानमन्त्री केपी.ओलीले स्पष्ट शब्दमा आफ्नो देशको इज्जत महिमा, देश ठुलो र सानो हुनुको अर्थ राख्दैन संयुक्त राष्ट्र संघको परिवारको सदस्यको नाताले कुनै पनि देशको अस्तित्व सन्मान एउटै स्तरमा हुन्छ जस्ताको आसयले स्पष्ट जवाफले म उनीदेखि धेरै प्रवाहित भएको थिए । देश प्रतिको त्यो अगाध  स्नेह प्रति, त्यसबेला बोलेका दमदार शब्दहरू, राष्ट्र प्रतिको उनको समर्पणलाई मैले मुक्तकण्ठले प्रशंसा गरेकै छु । 

 समयको अन्तरालसँगै प्रोटोकलले नचिनेका भारतीय रअको अफिसरलाई मध्यरातमा शयन कक्षमा बोलाएर घन्टौं सम्म उनको कुराकानीले देशभक्त नेपालीलाई झस्काएको थियो । बोली र व्यवहारमा फरक–फरक देखिँदै, नेपाल भारत सीमामा देखिएका तथा भारतीय पक्षबाट गरिएका घृणित कार्यप्रति उनको मौनता अथवा देशप्रति घात प्रतिघातको सिलसिला झन्–झन् बढिरहेको थियो । 

देशप्रति घात प्रतिघातका भ्रष्टाचारका शृङ्खला झन्–झन् बढिरहेका छन् । आफ्ना समयमा भ्रष्टाचारका शृङ्खलालाई, पार्टीका हुक्के बैठके प्रति उनको न्यानो तापको कारण, त्यसलाई झन्–झन् छोपिने कार्य आयो । 

माओवादी तर्फबाट आएका घृणित पात्रहरूलाई नेकपा एमालेमा भित्र्याउने कार्यको श्री गणेश भएको थियो । निर्मला हत्या काण्डका दोषीलाई बचाउने पहल तथा त्यसलाई उन्मुक्ति दिनका लागि एमालेले गरेको अगुवाइ कार्यले गर्दा पनि पार्टीलाई झन्–झन् घृणित प्रारूप मा बदल्नका लागि अहम् भूमिका खेल्यो । तत्कालीन माओवादीका रामबहादुर बादललाई एमालेमा गृहमन्त्री पद थमाएर, त्यसबेला लाखौँ भारतीहरूलाई नेपाली नागरिकता सिनेमाको टिकट केटाझैँ काटियो । यस किसिमको देशद्रोही कार्यको जिम्मा एमालेको भागमा परेको थियो । हेर्दाहेर्दै नेकपा एमाले पार्टीको ओरालो लाग्ने  क्रम सुरु भयो । आउँदो चुनावसम्म यसको अस्तित्वको ह्रास, निम्छरो पार्टीका रूपमा आफूलाई उभ्याउने छ । यसमा कुनै शङ्का छैन । 

नेपाल पत्रकार महासंघ एवम् शुद्धिकरण आतङ्क

 तत्कालीन नेपाल पत्रकार महासंघ निर्माण कालको समय थियो । नेपाल अधिराज्य भरका पत्रकारको भेला चलिरहेको थियो । तत्कालीन विमर्शका चर्चित पत्रकार पदम ठकुराठी माथि साङ्घातिक हमला भएको थियो । त्यस साङ्घातिक हमलाको कारण निकै लामो समय उपचारको क्रममा रहनुभएको थियो । आदरणीय गोविन्द वियोगी, हरिहर विरही, पदम ठकुराठी, टीएन विश्वकर्मा आदिको उत्साहका कारण नेपाल पत्रकार महासंघको निर्माण भएको थियो । ती ऐतिहासिक झझल्को र पाटाहरू अझै पनि मानसपटलमा झङ्कृत भइरहेका छन् । ती पुराना दिनहरू सम्झिँदा पनि रोमान्चक आभाष हुन्छ । 

यसबेला नेपाल अधिराज्य भरका नेपाल पत्रकार महासंघ शाखामा शुद्धिकरण अभियान थालिएको छ । ती शुद्धीकरणमा देशका विभिन्न पार्टीमा आबद्ध भएका पत्रकारहरूको अगुवाईमा ती अभियान थालिएको  छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा प्रचण्ड पार्टीहरूमा आबद्ध भएकालाई त्यसमा प्रश्रयका साथ जोडिएको छ । ती पार्टीमा आबद्ध नभएका स्वतन्त्र पत्रकारहरूलाई शुद्धीकरणको नाममा पन्छाइने काम थालिएको छ । 

नेपाल पत्रकार महासंघको तत्कालीन संरचनामा आबद्ध भएका अग्रज पत्रकारहरू देशको स्थितिमा आफूलाई समाहित गर्दै, देश र जनता प्रतिको आफ्नो दायित्व निर्वाह गर्दै गरेको तत्कालीन स्थितिको झलकहरू आउनुपर्छ । देशको अक्षुण्णता, देशका स्थापितका लागि अधिराज्य भरका नेपाली पत्रकारहरूलाई महासंघ प्रतिको आबद्धतालाई झन्–झन् घेरालाई फराकिलो बनाउँदै लगिनु पर्छ ।

मुलुक भित्र खोलिएका विभिन्न पार्टीका कलेवरमा पार्टी प्रतिको प्रतिबद्धताका साथ आउनेहरूका लागि नेपाल पत्रकार महासंघको आचारसंहितामा समाहित बनाइनु पर्छ । देशभन्दा ठुलो पार्टी होइन । पार्टीहरू देशप्रति बफादार हुनुपर्छ । राष्ट्रलाई घात गर्ने, राष्ट्रका विरुद्ध गतिविधि गर्ने जो सुकै पहुँच माथि–माथि पुगे तापनि पत्रकारको खोल ओढेका देशद्रोही छन् । ती देशद्रोही पत्रकारहरूलाई देशभक्त जनता एकाकार भएर ती देश द्रोहीहरूलाई नङ्ग्याउनु पर्छ । देशप्रति घात गर्ने, देश प्रतिका महत्वपूर्ण सूचनाको कलेवरमा व्यक्तिगत फाइदाका लागि लेनदेन गर्ने देशद्रोही पत्रकारका हरकतहरूलाई चिर्दै देशभक्त नेपाली जनताको साथमा आफूलाई समाहित गर्दै लानु नैतिक जिम्मेवारी पनि हो । 

पत्रकारिता र  आन्दोलन

मेरो जीवनको झण्डै–झण्डै ४७ वर्ष छिमेकी भारतको मिचाहा प्रवृत्ति विरुद्ध राजा महेन्द्रद्वारा देशको सार्वभौमिकतालाई अटल स्थायित्व निर्वाहका लागि खेलेको भूमिका अतुलनीय छ । हामी कतिपय नेपालीले पञ्चायती व्यवस्थाका विरुद्ध तत्कालीन अवस्थामा नबुझेर नै विरोध गरेका रहेछौ भन्ने कुराको हेक्का उनको मृत्यु पश्चात नै अनुभव गरिरहेका छौ । असंलग्न पराराष्ट्र नीतिका राजा महेन्द्र संस्थापक पक्षका पक्षधर थिए । उनको जीवन राष्ट्रलाई समृद्ध र शक्तिशाली बनाउने दिशातिर उन्मुख भएको पाउँछौँ । 

नेपाल र भारत बिच दक्षिणी सिमानाको खुल्ला भ‌एका  कारण केपी ओली हुँदै प्रचण्डको सरकारका समय–समय नागरिकता सिनेमाको टिकटझैँ बाँडिरहेका छन् । यो क्रमको निरन्तरता सँगै देश सिक्किमी करणको दिशातर्फ अघि बढिरहेको छ । 

मैले पत्रकारितालाई देशलाई कसरी सुरक्षित साथ देशको अस्तित्वलाई कसरी छिमेकीको कोपभाजनबाट जोगाउने, यसलाई युद्धस्तरमा हामीले जनतालाई सुसूचित गरेर आम नेपाली जनतालाई गोलबद्ध नगर्ने हो भने कुनै पनि आउने बाहिनीमा सिक्किम देशको विलयको अवस्थाको अन्तिम पटाक्षेपमा पुगिरहेका छौँ । 

 मेरो लागि पत्रकारिता देशलाई सुरक्षित संरक्षण दिशातर्फ अवतरणका लागि हाम्रा प्रयास जारी हुनुपर्छ । राष्ट्रलाई छिमेकीको गिद्धे दृष्टिबाट बचाउने प्रयासमा निरन्तर लागि रहनुपर्ने देखिन्छ । मेरा पत्रकारिता पत्रकारिताको लागि नभएर देशको अस्तित्वलाई कसरी सुरक्षित अवतरण गर्दै, देशलाई विश्व सामु निरन्तरताको पनि अभ्यास हो । राजा महेन्द्रका भनाइहरूलाई गौरवका साथ प्रस्तुत गर्दछु । म मरे पनि मेरो देश बाँची रहोस् । 

मेरा प्रकाशित मौलिक कृतिहरू
१)    मेरो पत्रकारिता विगत र वर्तमान  

         २)    शब्दघोष


              
     ३)    अग्निपुञ्ज                

    ४)    शब्द सङ्ग्राम


          
               


५)    छिमेकीको अर्घेल्याइँ


      
      

सम्पादन कृतिहरू 
६)    सिर्जनशील नेपाली पत्रकारहरू भाग – १      

 ७)    सिर्जनशील नेपाली पत्रकारहरू भाग–२