समय

समय

चिरन ‘चिदानन्द’  |  साहित्य  |  श्रावण २७, २०८०

योद्धाका लागि रगतको नाता भन्दा वर्गीय नाता ठूलो थियो
आफ्नो परिवार होइन, पार्टी वास्तविक परिवार थियो ।
आफन्त च्यापिदिन्छन्, योद्धाहरूलाई जतैततै पछि पारिदिन्छन्
त्यसैले त यहाँ “पीर’ हरु जन्मिन्छ ।।

जित्नुपर्ने गरिबी, भ्रष्टाचार र बाह्य हस्तक्षेपलाई थियो
राजनीति  एक अर्कोलाई पछार्ने खेलमै रुमलिने भयो ।
नयाँ वर्गले युद्धका बिगुल फुक्न शुरु गरेपछि
गहिरो छायामा, जहाँ आशाहरू ओइलिन्छ ।।

राष्ट्रको हृदयमा, तपाईंको शब्दहरू पुगोस नेताज्यू  
तर साँच्चै, तपाईंले उल्लङ्घन गरेको पाठहरू सम्झिन्छन् जनताहरु ।
सहयोगको हातहरु फैलिन्छन्, प्रकाशको उज्यालोको  लागि
जबकि  चुनौतीपूर्ण प्रतिज्ञासँगै आशाहरू तोडिन्छन्   ।।

झुपडी उजाड बनाउने विकास गर्नु भो नेताज्यू
तैपनि शक्ति प्रलोभनमा नैतिकता झुक्छ अझै ।
तपाईको विरासत अब झुटले दागिएको छ
शक्ति कसरी ढाल्छ भन्ने कथा सुन्नेछन् नयाँ पुस्ताहरू ।।
शक्ति कसरी ढाल्छ भन्ने कथा सुन्नेछन् नयाँ पुस्ताहरू ।।