बेल्जियममा २९औं आदिबासी दिवस: साकेला सिली, च्याब्रुंग, नोको बांगे लगायतका नृत्यहरू प्रस्तुत

बेल्जियममा २९औं आदिबासी दिवस: साकेला सिली, च्याब्रुंग, नोको बांगे लगायतका नृत्यहरू प्रस्तुत

केजिन राई  |  समाचार  |  श्रावण २९, २०८०

काजाब्लान्का क्यासेल्लो । बेल्जियमको क्यासेल्लोमा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजनामा  हिजो २९औं विश्व आदिबासी दिवस भव्यताका साथ सम्पन्न  भएको छ । 

पहिचान र अधिकार सुनिश्चितताका लागि  आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथि सम्पन्न भएको हाे ।

प्रमुख अतिथि राजदुत राजभण्डारीले विश्व आदिबासी आदिबासी दिवस संसारभरका आदिवासीहरूको उत्सवको रूपमा मनाइने बताउदै अन्तराष्ट्रिय महासन्धि  आई एल ओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगष्ट ९ को शुभकामना दिनु थियो ।

बेल्जियम आजको दिन धेरै देशका आदिबासीहरुले फरक ढंगले फरक ठाउँमा यो दिवस मनाई रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले परदेशमा समेत भूमे नाच , साकेला सिली ,च्याब्रुंग ,नोको बांगे   लागायत ठेट नेपाली पस्किएर उत्सवको रूपमा नेपाली आदिबासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविश्मरणीय रहेको उल्लेख गर्दै यसलाई जीवन्त राख्न सुझाब दिनु भयो  ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगरको अध्यक्षतामा सम्पन्न आदिबासी दिवसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो 

कार्यक्रममा सहआयोजक तामाङ्ग समाज अध्यक्ष राम लामा, मगर समाज अध्यक्ष लोक राना, पाशा पुच महासचिव सुर्य नारायण श्रेष्ठ, तमु समाज अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटी अध्यक्ष इन्दिरा राई , याक्थुम चुम्लुंग अध्यक्ष बदन लिम्बु , शेर्पा समाज संरक्षक पेम्बा गेलु शेर्पा  लगायतले आआफ्नो सँस्कारहरूको बर्णन गर्दै नृत्य प्रस्तुत गर्नु भएको थियो 
परम्परागत आदिबासी पहिचान झल्कने पोशाकमा सजिएका आदिबासी नेपालीहरूले साकेला सिली , च्याब्रुंग , नोको बांगे लगायत  नृत्यहरू प्रस्तुत गरेका थियो ।

कार्यक्रममा एनआरएन पोर्चुगलका पूर्व  अध्यक्ष  भिम केसी , आदिबासी जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष श्रेया राई , किरात राई सोसाईटी पोर्चुगलकी उपाध्यक्ष मोनी  राई , एन आर एन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल , नेपाली कांग्रेस महासमिति सदस्य तथा बेल्जियम अध्यक्ष सुबास गुरुङ , पर्बत समाज अध्यक्ष नन्दा गुरुङ , कास्की समाज अध्यक्ष जीवन गुरुङ । पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा ,नेकपा माओवादी बेल्जियम उपाध्यक्ष मनिष गुरुङ, आईसीसी गङ्गा शर्मा, नेपाली कांग्रेस बेल्जियम पूर्व सभापती ईन्द्र क्षेत्री, एनआरएन  ग्लोबल  अध्यक्ष पद्म गुरुङ, संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगर, तमुधि बेल्जियम अध्यक्ष प्रविन गुरुङ लगायतले शुभकामना दिनु भएको थियो  ।

महासंघ बेल्जियम सचिब द्वय उमा तमुस्यो र रबिन राईले संचालन गरेको कार्यक्रममा मयुमा राई , सुमिना राई ,मेलिना राई , रिता कुमारी बुढा, याम कुमारी छन्त्याल लगायत कन्याहरूले आदिबासी सत्कार र सम्मान गरेका थिए ।