शेरबहादुर परियार | लोकरञ्जन | साउन ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डको पाँचौ महाधिवेशनले विवेक पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार २०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन् २०१२ मा इनासको स्थापना भएको हो ।
महाधिवेशनले उपाध्यक्षद्वय तुलसा पोखरेल तथा कृष्ण भण्डारी, महासचिव शिवधर महतो, सचिव अभिनाश डंगोल, कोषाध्यक्ष दीपिका दाहाल, सह-कोषाध्यक्ष मनिष दाहाल, नृत्य संयोजक विजय खरेल, गायन संयोजक सन्तोष अधिकारी र साहित्य संयोजक प्रतिमा थापालाई सर्वसम्मत चयन गरेको छ।
यसैगरी सदस्यहरूमा क्रमशः कल्याण कार्की, सुरज घिताङ, सृजना भेटवाल थापा, अर्पणा गुरुङ्ग तामाङ्ग, श्रीजिता खड्गी, डम्बर जङ्ग गुरुङ्ग, सुस्मिता लम्साल, सन्तोष तामाङ्ग, आयुशा केसी छानिएका छन् । त्यस्तै ग्लोवल कमिटि रिप्रिजेन्टेटिभ (जीसीआर) सदस्यमा रिता न्यौपाने चयन गरिएको छ ।
महाधिवेशनमा प्रमुख अतिथि ग्लोबल इनास उपाध्यक्ष प्रमुख अतिथी मित्रलाल पार्देले आफ्नो सानो समुहले स्थापना गरेको संस्था आज ७२ देशमा फैलिन सफल भएकोमा खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई वधाई दिएका थिए भने एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले इनासले नेपाली कला संस्कृति साहित्यको जगेर्ना गर्दै पोल्याण्डमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न सफल रहेकोमा खुसी व्यक्त गरे। नयाँ कार्यसमितिलाई वधाई दिंदै उनले एनआरएनए पोल्याण्ड इनास जस्ता साहित्यिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए।
अध्यक्ष रिता न्यौपानेको सभापतित्वमा भएको महाधिवेशनमा महासचिव विवेक पौडेलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुलसा पोख्रेलले आर्थिक प्रतिवेदन पेस गरका थिए भने कृष्ण भण्डारीले सबैलाई स्वागत गरेका थिए।