गजल

गजल

डा.भोजराज घिमिरे  |  साहित्य  |  भदौ १६, २०८०

वसन्त, गृष्म या शरद बने शिशिर बनोस् रहर 
सधैँ सुखी सुखी हुने फगत शिविर बनोस् रहर !

भ्रमर बनूँ कि फूल हूँ, सुगन्ध बाँडूँ या लिऊँ,
पवित्र प्रेमको यही जरुर नजिर बनोस् रहर !

कुनै नहुन् न घाइते, नहुन् कुनै अरू दुखित,
फगत म उद्वेलित हुने विशेष झिर बनोस् रहर !

न मेघ होस् कहीँ कतै, न दर्दको निशान दिल,
हिउँदको घाम या अँधेरीको मिहिर बनोस् रहर !

म प्रेममा छु, जे छु त्यो, ठिकै छु, यत्ति बिन्ती छ,
न लालची,न लोभी होस्,बरू फकिर बनोस् रहर !