एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलका रोबोट लिम्बूको उम्मेदवारी घोषणा

एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलका रोबोट लिम्बूको उम्मेदवारी घोषणा

शेरबहादुर परियार  |  समाचार  |  भदौ २९, २०८०

युरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा युरोप उपसंयोजकका लागि वर्तमान युरोप युवा उपसंयोजक पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने घोषणा छन् । 

एनआरएनए अभियानमा दोश्रो पुस्तालाई जोड्ने, नेपालसंग अभिछिन्न साइनो कायम गर्ने, बंशजको नागरिकताको निरन्तरताको लागि पहलकदमी, सामूहिक लगानी आफ्नो मुख्य मुद्दा रहेको लिम्बूले बताए।एनआरएनए अभियानमा एक दशकबाट सक्रियतापूर्वक नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएकोले सबैको सहयोग,सद्भाव तथा  समर्थन रहनेमा आफू विश्वस्त रहेको उनले बताए।

युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि समेत गरिरहेका लिम्बू पोर्चुगलका रेस्टुरेन्ट व्यवसायी समेत हुन्। एनआरएनए पोर्चुगलका पूर्व संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्य समेतको जिम्मेवारी निर्वाह गरिसकेका उनी वर्तमान एनआरएनए युरोप युवा उपसंयोजक छन्।