पोल्याण्डमा शनिबार प्रस्तुत हुँदै प्रमोद खरेल

पोल्याण्डमा शनिबार प्रस्तुत हुँदै प्रमोद खरेल

शेरबहादुर परियार  |  लोकरञ्जन  |  भदौ २९, २०८०

यूरोप। नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक प्रमोद खरेल पोल्याण्ड पुगेका छन् ।

आफ्नो सांगीतिक प्रस्तुती दिन उनी बिहिबार राती पोल्याण्डको राजधानी वार्सा पुगेका हुन् ।

पोल्याण्डको राजधानी वार्सामा शनिबार अर्थात सेप्टेम्बर १६ मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डको आयोजनामा तीज विशेष कार्यक्रम २०८० हुँदैछ ।तीज विशेष कार्यक्रमकै अवसरमा गायक खरेलको बिशेष प्रस्तुति रहने र कार्यक्रम वार्सास्थित प्रोसीमा हलमा हुने आयोजकले जनाएको छ ।

 नेपाली गीत संगीत तथा संस्कृतिको सम्बर्द्धन गर्ने उद्देश्य रहेकोले कार्यक्रमलाई भब्य र सभ्य बनाउन इनास पोल्याण्डका अध्यक्ष विबेक पौड्यालले पोल्याण्डमा रहेका नेपालीलाई आग्रह गरेका छन्।सॉझ ६ बजे देखि १० बजेसम्म महिलाहरूको तीज विशेष कार्यक्रम र १० बजे पछि प्रमोद खरेल विशेष कार्यक्रम हुने उनले बताए।कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा लगाउने अध्यक्ष पौड्यालले बताए। 

टेलिभिजन रियालिटी शो द भ्वाइस तथा द भ्वाइस किड्स अफ नेपालको निर्णायक समेत रहेका लोकप्रिय गायक प्रमोद खरेल आफ्नो सांगीतिक प्रस्तुतिका लागि हाल यूरोपमा छन्।