सहरी विकास मन्त्री गुरुङ बेल्जियममा: तमु समाजद्वारा स्वागत एवं सम्मान कार्यक्रमको आयोजना

सहरी विकास मन्त्री गुरुङ बेल्जियममा: तमु समाजद्वारा स्वागत एवं सम्मान कार्यक्रमको आयोजना

केजिन राई  |  समाचार  |  भदौ ३०, २०८०

बेल्जियम । तमु समाज बेल्जियमले बेल्जियमले  नेपाल सरकारका सहरी विकास मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्रीमती सीता गुरुङलाई एक  स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

 १४ सेप्टेम्बर २०२३ का दिन तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक सहर लुभेनस्थित रेस्टुरेन्ट टेस्ट अफ एसियामा मन्त्री  श्रीमती सीता गुरुङलाई  स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको हो  । 

कार्यक्रममा विशेष अतिथिको रुपमा बेनेलक्सका लागि नेपाली राजदूत महामहिम  गेहेन्द्र राज भण्डारी, नेपालबाट पाल्नु भएका तमु ह्युल छोज धि का केन्द्रीय उपमहासचिव  डिल गुरुङ, नगरपालिका महासंघका केन्द्रीय अध्यक्ष एवं निलकण्ठ नगरपालिका धादिङका मेयर  भीम प्रसाद ढुङ्गाना एवं तरुण दल केन्द्रीय समितिका सदस्य एवं मन्त्रीका स्वकीय सचिव हेमन्त गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि एवं अतिथिहरूलाई तमु समाज बेल्जियमका उपाध्यक्ष  सूर्य बहादुर तमुले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । स्वागत मन्तव्यकै क्रममा तमु समाज बेल्जियमको स्थापना देखि आजको मितिसम्म तमु समाज बेल्जियमले गरेका काम कारबाहीको विवरण संक्षेपमा प्रस्तुत गर्नु भएको थियो भने समाजको वार्षिक कार्यक्रम बारे जानकारी दिँदै प्रथम विश्व युद्धमा बेल्जियमको इपर रणभूमिमा  सहदत्त प्राप्त वीर गोर्खाहरूको सम्झनामा हरेक वर्ष तमु समाज बेल्जियमको अगुवाइ श्रद्धाञ्जली कार्यक्रम गर्दै आइरहेको, भूगोलविद् डा. हर्क गुरुङ एवं संरक्षणविद् डा. चन्द्र प्रसाद गुरुङलाई सम्झिँदै तमु समाज बेल्जियम र सिक्लेस पार्चे कल्याण कोष बेल्जियमले संयुक्त रुपमा कार्यक्रम गर्दै आइरहेको जानकारी दिनु भएको थियो । उपाध्यक्ष तमुले लोसार, चेलीबेटी खाना खुवाउने कार्यक्रम बारे पनि जानकारी गराउँदै बेल्जियमको नेपाली समुदाय भित्र पुरानो सामाजिक संस्थाको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनु भएको थियो । 

कार्यक्रममा विशेष अतिथिको तर्फबाट बेनेलक्सका लागि महामहिम राजदूत गेहेन्द्र राज भण्डारी ले तमु समाज बेल्जियमले बेल्जियमको नेपाली समुदाय भित्र गरेका कामर कार्यवाही अत्यन्तै सकारात्मक रहेको भनाई प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाल सरकारका  सहरी विकास मन्त्री श्रीमती सीता कुमारी गुरुङले आफ्नो युरोप भ्रमणको क्रममा आफूलाई सम्झी स्वागत र सम्मान कार्यक्रम आयोजना गर्नु भएकोमा तमु समाज बेल्जियमलाई हार्दिक धन्यवाद प्रकट गर्दै यसरी  बाध्य आफैँमा पिडादायक छँदै छ फेरि पनि विदेशमा  तपाईँहरूले प्राप्त गर्नु भएका   ज्ञान,सीपलाई आफ्नो जन्म भूमिमा लगानी गर्न अनुरोध गर्नु भयो । यसरी लगानी गर्नु भएको खण्डमा कम से कम नेपालीहरू बिदेसिने क्रम  केही मात्रामा भने पनि घट्ने जानकारी गराउनु भयो । 

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ बेल्जियमकी अध्यक्ष श्रीमती सीता सापकोटा ,icc सदस्य मदन दवाडी , एन आर एन बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङ ,पूर्व icc सदस्य पदम गुरुङ, तमु समाज बेल्जियमका पूर्व अध्यक्षहरू कुमार तमु ,जीवन तमु , सिक्लेस पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष ओम प्रसाद तमु , तमु समाज आमा बेल्जियमका महासचिव श्रीमती बिना तमुस्यो लगायत सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आमा समूहले विशेष अतिथि एवं अतिथिहरूलाई खादा ओढाई सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथिलाई समाजका अध्यक्ष होम तमुले फुलको गुच्छा दिनुका साथै दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 

कार्यक्रमको अन्तमा समाजका अध्यक्षले  युरोप भ्रमणको सिलसिलामा तमु समाज बेल्जियमले आयोजना गरेको सम्मान कार्यक्रममा उपस्थिति भई दिनु भएकोमा मन्त्री प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको लागि समन्वय गरिदिनु भएकोमा महामहिम राजदूत प्रति खुसी व्यक्त गर्दै उपस्थित हुनु भएका प्रमुख अतिथि , विशेष अतिथिहरू, अतिथिहरू सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दै युरोपको विकासबाट धेरै भन्दा धेरै जानकारीहरू लिई नेपालको विकासमा थप सहयोग पुर्‍याउन मन्त्री ज्यूले सकारात्मक कदम चाल्नेछ भन्दै भ्रमण दलको सफलताको कामना गर्नु भयो । कार्यक्रमको सञ्चालन  तमु समाज बेल्जियमका महासचिव श्चित्र जङ्ग तमुले  गर्नु भएको थियो ।