सन्दर्भ विश्व वातावरण दिवसः वायु प्रदूषण नियन्त्रणका चुनौतीहरू
जेठ २२, २०७६

विश्व वातावरण दिवस  आज २०७६ साल जेठ २२ अर्थात जुन ५ लाई  विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गएिको छ ।  संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो । लोकसंवाद डटकमले वातावरणविद् डा. सरोज ज्ञावलीले तयार गरि २०७६ बैशाख २४ गते अर्थात मे ७ मा प्रकाशित भयावह वायु प्रदूषण र न्यूनीकरणको चुनौती विषयक आलेख सान्दर्भिक भएको हुँदा  पुनः प्रकाशन गरिएको छ । 

जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण तथा बढ्दो सवारी चापले पर्यावरण क्रमगत रूपले प्रदूषित भइरहेको छ । प्रदूषित वातावरणले मानिसको स्वास्थ्यसँगै जीवनस्तरमा पनि नकारात्मक असर पारिरहेको छ । 

पछिल्ला सय वर्षमा प्रदूषणका कारण  पृथ्वीबाट करिव ५ सय प्रजातिका जीवजन्तु लोप भइसकेका छन् भने करिब ६० प्रतिशत जीवजन्तु खतरामा परेका छन् । 

मानव निर्मित प्रदूषणको कारण प्राकृतिक रूपमा एक हजारदेखि १० हजारसम्म जीवजन्तु विलुप्त भइरहेको तथ्यांक छ । 

पृथ्वीको वातावरण विभिन्न कारणले प्रदूषण भइरहेको छ, जसमध्ये वायु प्रदूषण पनि एक हो । 

कुनै पनि हानिकारक पदार्थ कुनै पनि माध्यमद्वारा वायुमा मिलेर मानव तथा जीवजन्तुको स्वास्थ्य तथा जीवनशैलीमा नकारात्मक असर पार्छ भने त्यस अवस्थालाई वायु प्रदूषण भएको ठहरिन्छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को परिमाषा अनुसार ‘वायु प्रदूषण भन्नाले  आन्तरिक तथा बाह्य कारणबाट प्राकृतिक अवस्थामा रहेको वायुमण्डल रासायनिक, भौतिक तथा जैविक स्तरमा परिर्वतन भई  मानव, जीव तथा वनस्पतिको स्वास्थ्य तथा जीवनस्तरमा परिर्वतन भएको अवस्था हो ।’ 

विश्वमा प्रतिवर्ष करिब ७० लाख मानिसको वायु प्रदूषणको कारणबाट मृत्यु भइरहेको छ । त्यसमध्ये ४२ लाखको बाह्य र २८ लाखको आन्तरिक वायु प्रदूषणबाट भइरहेको छ । 

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार करिव ९१ प्रतिशत मानिस न्यून स्तरको वायु स्तरमा बाँचिराखेका छन् । स्विजरलाण्ड, फान्स, डेनमार्क, माल्टा र स्विडेनमा राम्रो वायुको स्तर रहेको छ । यस्तै, बुरण्डी, बंगलादेश, कंगो, भारत र नेपाल न्यून वायु स्तर भएका राष्ट्र हुन् । 

भारतको कानपुर सहरको (PM 2.5,173 & PM 10,319)  पाकिस्तानको पेसावर सहरको (PM 2.5,111 & PM 10,124),, नेपालको काठमाडौ‌को (PM 2.5,49 & PM 10,88) र थाइल्याण्डको बैंककको (PM 2.5,28 & PM 10,41) वायुको स्तर छ । 

यो तथ्यांकले यी सहरको वायु स्तर मानव स्वास्थ्यका लागि अत्यन्त खराब रहेको चित्रण गर्छ । 

मिथाइल, आइसोसाइनेट, फास्जिन, फोटोकेमिमल, अक्सिडेन्ट क्लोरोफ्लोरोकार्बन, ओजन, अमोनिया आदि पदार्थ पनि उद्योग तथा कलकारखाना र सवारी साधनबाटै उत्पन्न हुन्छन् । त्यसकारण वायु प्रदूषण नियन्त्रण गर्नु चुनौती छ । उचित व्यवस्थापन तथा व्यवस्थित योजना बनाउन सके यसलाई न्यूनीकरण गर्न सकिन्छ । वायु प्रदूषणको एउटा मुख्य कारण वन विनास हुनु हो ।

डब्लुएचओको मापदण्ड अनुसार सूक्ष्म कण -Particulate Matter_ PM2.5.छ को मात्रा प्रतिवर्ष औसत १० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी -10 mg/m3_ अथवा एःज्ञण् को मात्रा -20mg/m3­­_प्रति वर्ष औसत २० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा वायु प्रदूषण भएको मानिन्छ । 

यदि दैनिक रूपमा PM2.5 को मात्रा २५ माइक्रोग्राम प्रतिघनमिटर वा PM10 को मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा वायु प्रदूषण भएको बुझिन्छ । 
यो मापदण्ड अनुसार विश्वका अधिकांश देश तथा सहरमा वायु प्रदूषित छन् । 

शुद्ध वायुमा नाइट्रोजन ७८.०९५, अक्सिजन २०.९४५, आर्गन ०.९३५, कार्वनडाइअक्साइड ०.०३१८५, निआन ०.००१८५, हिलियम ०.००५२५, कार्बनमोनोअक्साइड ०.००००१५, नाइट्रस अक्साइड ०.०००२५५, ओजोन ०.०००००२५, क्रिष्टन ०.०००१५, मिथेन ०.००१५५, हाइड्रोजन ०.००००५५, सल्फर डाइअक्साइड ०.०००००२५, अमोनिया ०.०००००१५, नाइट्रोजन डाइअक्साइड ०.०००००१५ र जल १ देखि ३ ५ सम्म रहनुपर्छ । यी मात्रा बढी वा घटी भएमा वायुलाई दुषित वायुको रूपमा चित्रण गरिन्छ ।

वायु प्रदूषण गर्ने मुख्य तत्व सल्फरडाइअक्साइड, नाइट्रोजनअक्साइड, कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, ओजोन, हाइड्रोकार्बन, मिथेन, सुक्ष्म धुवाँका कण, विकरण आदि रहेका छन् । 
विश्वको जलवायु परिवर्तन तथा तापक्रम वृद्धि हुनुमा पनि वायु प्रदूषण नै मुख्य कारण हो । 

डब्लुएचओको तथ्यांक अनुसार विश्वका ७० लाख मानिसको वायु प्र्रदूषणका कारण मृत्यु हुने गरेको छ । यीमध्ये २१५ निमोनिया, २० ५ हृदयघात, ३४५ मुटुरोग, १९५ उच्च रक्तचाप तथा ६५ फोक्सोसम्बन्धी क्यान्सरबाट मृत्यु भइरहेको छ । 

मिथाइल, आइसोसाइनेट, फास्जिन, फोटोकेमिमल, अक्सिडेन्ट क्लोरोफ्लोरोकार्बन, ओजन, अमोनिया आदि पदार्थ पनि उद्योग तथा कलकारखाना र सवारी साधनबाटै उत्पन्न हुन्छन् । त्यसकारण वायु प्रदूषण नियन्त्रण गर्नु चुनौती छ । उचित व्यवस्थापन तथा व्यवस्थित योजना बनाउन सके यसलाई न्यूनीकरण गर्न सकिन्छ । वायु प्रदूषणको एउटा मुख्य कारण वन विनास हुनु हो ।

कसैकसैले वायु प्रदूषणलाई नयाँ प्रकारको धुम्रपानको रूपमा व्याख्या गर्छन् । Enviromental performance index 2018 को तथ्यांक अनुसार नेपालको वायु स्तर अति न्यून स्तरको छ । सो इन्डेक्सले नेपालको वायु स्तर खराब रहेको देखाएको छ, जुन विश्वका १८० राष्ट्रमध्ये १७७ औं स्थानमा छ । 

अव्यवस्थित सहरीकरणले गर्दा दक्षिण  एसियाली राष्ट्रका कोलकाता, ढाका र काठमाडौं सहर प्रदूषित बनेका छन् । 

बढ्दो सहरीकरण, अव्यवस्थित विकास, अव्यावहारिक सडक विस्तार, बढ्दो सवारी चाप लगायतका कारणले काठमाडौं उपत्यकामा वायु प्रदूषण एकदमै बढी छ । करिव ३५ लाख मानिस बसोबास गर्ने यस सहरमा करिब ११ लाख सवारी साधन छन् । यीमध्ये करिब ९७ प्रतिशत सवारीसाधन निजी वाहनको रूपमा प्रयोग हुन्छन् । 

उपत्यकामा करिब २०१४ किमि सडक छ । सडकमा अत्याधिक सवारी चापले उपत्यकाको वायुको स्तर खस्कदो अवस्थामा छ । काठमाडौं उपत्यकामा जनसंख्या वृद्धिदर ४।७४ छ भने सवारी संख्या वृद्धिदर १२ प्रतिशत छ । 

काठमाडौंमा करिब दुई प्रतिशत मानिस मात्रै साइकल प्रयोग गर्छन् । 

औद्योगिकीकरण, फोहोरमैलाको उचित प्रबन्ध नहुनु, अनावश्यक रूपमा सडक खनिनु, हरियाली क्षेत्रको अभाव, जनसंख्या र सवारी साधन वृद्धि हुनु नै वायु प्रदूषणका मुख्य कारण हुन् । 

एक अध्ययन अनुसार काठमाडौंको वायु प्रदूषणमा सवारी साधनको ३८ प्रतिशत, धुलोको २५ प्रतिशत, कृषिको १८ र इँटा उद्योगको ११ प्रतिशत भूमिका छ । पछिल्लो समय यो सहर ‘धुलोमाडौं’का रूपमा परिचित छ । 
वायु प्रदूषणलाई दुई प्रकारमा विभाजन गरिन्छ, प्राकृतिक र मानवजन्य । 

प्राकृतिक कारण भन्नाले मौसमी अवस्थामा निस्कने परागकण, आँधीबेहरी, ज्वालामुखी, विस्फोटन, प्राकृतिक ग्यासको उत्सर्जन आदि  हुन सक्छन् । तर, प्राकतिक तवरले वायु प्रदूषण हुने मात्रा अति न्यून हुन्छ ।

मानवीय कारणमध्ये मुख्यतया जनसंख्या वृद्धि र वन विनास नै हुन् । यस्तै, उद्योग तथा कलकारखानाबाट निस्कने धुलो र धुवाँसँगै सवारी साधन र ऊर्जा उत्पादन गर्दा निस्कने धुवाँ वायु प्रदूषणको मुख्य कारक हुन् । 

मानवजन्य कारणबाट विभिन्न विषालु ग्यास वायुमण्डलमा मिसिन जाँदा वायु प्रदूषण हुन्छ  । यीमध्ये कार्बनडाइअक्साइड मुख्य छ । कार्बनडाइअक्साइडको मात्रा शुद्ध वायुमा अति नै न्यून हुने गर्छ । 

वायु प्रदूषणकै कारण वातावरण असन्तुलन भई हरितगृह ग्यास बढ्दा विश्वव्यापी रूपमा मौसम परिवर्तनको समस्या देखिएको छ । यस्तै, उद्योग तथा कलकारखाना, सवारीसाधन आदिबाट निस्कने कार्वनमोनोअक्साइडले वातावरण तथा मानव स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्छ । 

सल्फरडाइअक्साइड मुख्यतया धातु गलाउने उद्योग र सवारी साधनबाट निस्कन्छ । सल्फरडाइअक्साइड वातावरणमा भएको पानीसँग मिलेर सल्फुरिक एसिड निर्माण गर्छ, जसले गर्दा अम्ल वर्षा भई बोटबिरुवा तथा मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ । नाइट्रोजनअक्साइड बिजुली चम्कँदा उत्पन्न हुन्छ । यसैगरी सवारी साधनको धुवाँबाट  पनि अत्याधिक रूपमा यो उत्पन्न हुन्छ । यस्तै, मिथाइल, आइसोसाइनेट, फास्जिन, फोटोकेमिमल, अक्सिडेन्ट क्लोरोफ्लोरोकार्बन, ओजन, अमोनिया आदि पदार्थ पनि उद्योग तथा कलकारखाना र सवारी साधनबाटै उत्पन्न हुन्छन् । त्यसकारण वायु प्रदूषण नियन्त्रण गर्नु चुनौती छ । उचित व्यवस्थापन तथा व्यवस्थित योजना बनाउन सके यसलाई न्यूनीकरण गर्न सकिन्छ । वायु प्रदूषणको एउटा मुख्य कारण वन विनास हुनु हो । सम्बन्धित निकायले एक रुख काट्दा चार रुख रोप्ने अभियान चलाउन सके वायू प्रदूषण केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । 

यस्तै, उद्योग तथा कलकारखानाको विषालु धुवाँ तथा धुलोलाई वैज्ञानिक ढंगले उचित व्यवस्थापन गर्न सके वायु प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ । 

वायु प्रदूषणको अर्को प्रमुख कारण भनेको कारक तत्व भनेको पेट्रोल, डिजेल तथा कोइलाबाट चल्ने सवारी साधन हुन् । 

यस्तै, थर्मल प्लान्टको सट्टा अन्य वैकल्पिक ऊर्जा उत्पादन पद्धति विकास गर्न सकेमा पनि वायु प्रदूषण न्यूनीकरण गर्न सकिन्छ ।

समग्रमा हेर्दा वायु प्रदूषणको अवस्था जटिल छ । तर, सबै मानिसले प्रयास गरे वायु प्रदूषण न्यूनीकरण गर्न असम्भव भने छैन । यसका लागि आम जनता र सरकारको इच्छाशक्तिको खाँचो छ ।