नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत: उच्च पद हत्याउन नियमको धज्जी उडाउँदै, नेता रिझाउँदै !

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत: उच्च पद हत्याउन नियमको धज्जी उडाउँदै, नेता रिझाउँदै !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०८०

काठमाडौँ। नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाई बैँक सञ्चालक समिति, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायका निर्णय वा  निर्देशनहरूलाई ठाडो उलंघन गरेका तथ्यहरु एकपछि  अर्काे गरी  सार्वजनिक भइरहेका छन् । 

नबिल बैँकसँग तत्कालिन नेपाल बंगलादेश बैँकसँगको मर्च प्रकृयामा एमबी बैंकको सम्पातिको मूल्यांकन कमजोर  बनाइ नबिल बैँकलाई करोडौँ फाइदै फाइदा गराएको पुरस्कार स्वरुप प्रमुख कार्यकारी अधिकृत हात पार्न सफल भएका ज्ञानेन्द्र ढुंगानाको बैंकमा मनोमानी को सिमा नाघेको भनी विरोध हुन थालेको छ । 

प्रमुख कार्यकारी अधिकृत ढुंगाना अधिकृत पछिल्लो समयमा नबिल बैँकको स्रोत (मानवीय र आर्थिक) दुरुपयोग गरेर प्रशासनिक र राजनीतिक नेतृत्व रिझाउने उच्च पद हत्याउने काइदाको जुक्ति  निकालेका छन् । जसले बैंक मेनेजर विश्वरुप खड्कालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको 'जनस्वास्थ्य सल्लाहाकार'मा नियुक्तिको चाँजोपाँजो मिलाउने देखि  यसको लागि नबिल बैँकको साधन र स्रोतको  दुरुपयोग गरिरहेको आरोप लागिरहेको छ । 

समान्यतया  आम सर्वसाधरण सरकारी निकायमा काम गर्ने र निजी क्षेत्रले एउटा भाष्य स्थापित गरेको पाइन्छ र राजनीतिक नेतृत्वले देश बरबाद परे । तर हामी जो कोही पनि आफ्नो स्वार्थ सिद्ध हुने भयो भने  नियम कानून लत्याउन तँ छाड मछाड गर्ने गरेको पाइन्छ । नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत  ढुङ्गानाले आफैंले तयार परेर  नेपाल राष्ट्र बैंकद्वारा स्विकृत प्राप्त 'कर्मचारी सेवा विनियमावली २०७९' धुजा धुजा पर्दै नविल बैंकबाट करोडौँ तलव खुवाएर आधा दर्जन भन्दा बढी कर्मचारीलाई  अन्यत्र पठाएको पाइएको छ । 

यसरी  पठाएको एक मात्र  ज्वलन्त उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 'जनस्वास्थ्य सल्लाहाकार'को सल्लाहकार नियुक्ती देखिएकाे छ । नबिल बैँकको चारवटा भन्दा बढी शाखामा  बिएम (ब्रान्च म्यानेजर) रहि सकेका व्यक्ति विश्वरुप  खड्कालाई 'जनस्वास्थ्य सल्लाहाकार' मा काजमा पठाएर लोक हँसाइ गरेका छन् । लोकसंवादसँगको  संवादमा विश्वरुप  खड्काले आफु नबिल बैंकबाट काजमा स्वास्थ्य मन्त्रालयमा आएकाे बताएका छन्। हेर्नुस  यहाँ क्लिक गरेर  ( नविल बैंकबाट बेपता 'बैँक मेनेजर' स्वास्थ्य मन्त्रालयको काजमा 'जनस्वास्थ्य सल्लाहकार' फेला !) । तर प्रमुख कार्यकारी अधिकृत  ढुङ्गानाले भने लोकसंवादसँगको  कुरामा  बैंकबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काजमा पठाउन नमिल्ने  जानकारी मात्र दिएनन्  'बैकबाट काजमा गएको भनेर खड्काले बोल्न नजानेको जवाफ दिए । उनकाे थप भनाइ थियो - 'खड्कालाई विदा दिएको र विदा सकिए पछि बैंकको काममा उनी  फर्कन्छन् । विदा बसेको समयमा केही कसैले अवसर पाए होलान् ।' 

कुरा  प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले भने जस्तो  नरहेको नबिल बैंक स्रोतको दावी छ ।  स्रोत भन्छ - नविल बैंकको साधन र स्रोत उपयोग गरेर राज्यको उच्च पद हत्याउन राजनीतिक नेतृत्व रिझाउन यी सबै हरकत गरिरहेका छन् । नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पत्र स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेतको मन जित्नका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्रियाशिल सदस्य विश्वरुप खड्कालाई  'जनस्वास्थ्य सल्लाहाकार' पठाइएको छ । यसले स्वास्थ्य तथा जनसंख्या मोहनबहादुर बस्नेत मार्फत देउवा सम्मलाई रिझाउन सकिने ढुङ्गानाको ठम्याइ अनुसार नै नबिल बैंकबाट सेवा सुविधा दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको  छ । जो नविल बैंक 'कर्मचारी सेवा विनियमावली २०७९' ठिक विपरीत मात्र होइन ठाडो उलंघन हो ।

 नबिल बैँकका डिसिओ (वित्त तथा मानव संसाधन विभाग प्रमुख) मनोजकुमार ज्ञावालीले नबिल बैँकको कुनै कर्मचारीलाई अन्यत्र काजमा अथवा विदा दिएर पठाउन नमिल्ने दावी गर्नु हुन्छ । ब्रान्च मेनेजरको विदा तथा काज केही एप्रुभ नगर्ने भएको हुँदा आफूलाई थाहा नभएको जानकारी दिए । विदा वा काज के हो 'चेक गर्नुपर्छ'  भन्ने जवाफ दिए ।  विश्वरुप खड्का कुनै राजनीतिक दलको सदस्य भए नभएको विषयमा कुनै जानकारी भएन । 

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा‍‌‍‍. गोकर्ण भट्टले पहिलो  कुरा नविल बैंकले सरकारी निकायमा काजमा पठाउन नमिल्ने जानकारी दिए । दोस्रो कुरा 'याे कुरा  नेपाल राष्ट्र बैंकलाई काज अथवा विदामा पठाएको बारेमा जानकारी दिनुभयो । अतः सम्बन्धित शाखा मार्फत बुझेर जवाफ दिनुपर्ने हुन्छ । यदि नेपाल राष्ट्र बैंकको  स्विकृत  कर्मचारी सेवा विनियमावली विपरीत भएको पाइएमा बैंकलाई कडा कारबाही हुन्छ' प्रवक्ता  भट्टको भनाइ थियो ।   स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र  प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बीच विश्वरुप खड्का नबिल बैँकबाट नै तलव भत्ता खाने गरी विश्वरुप खड्कालाई अवैतानिक जनस्वास्थ्य सल्लाहाकार नियुक्त गर्ने सहमति अनुसार मन्त्रीपरिषद्ले २०८० साल असार १२ गते 'जनस्वास्थ्य सल्लाहाकार'का नियुक्ती गर्ने निर्णय गरेकाे छ । तर बैँकका 'मेनेजर' लाई 'जनस्वास्थ्य सल्लाहाकार' नियुक्ती गरेको भए पनि नेम प्लेटमा भने 'सल्लाहकार'  मात्र लेख्ने गरिएकाे छ  । 

प्रमुख कार्यकारी अधिकृतमा  ढुङ्गाना २०७९ असरको अन्तिममा आएपछि  नविल बैंक  'कर्मचारी सेवा विनियमावली २०७९' तयार गरी  स्वीकृतिको लागि पठाएकोमा २०७९ कार्तिक ६ गते नेपाल राष्ट्र बैंक  बैंक तथा वित्तीय संस्था नियमन विभागले 'कर्मचारी सेवा विनियमावली २०७९' स्विकृत गरि पठाएका थिए ।  

 

यसरी आफैंले तयार गरि   नेपाल राष्ट्र बैंकद्वारा  स्विकृत नविल बैंक  'कर्मचारी सेवा विनियमावली २०७९' को ठाडो उलंघन प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले आफ्नो  व्यक्तिगत स्वार्थको लागि  उपयोग गरेकाे आरोप लागेकाे छ । 

'कर्मचारी सेवा विनियमावली २०७९' को ८१ नम्बरमा रहेको राजनीति वा चुनावमा भाग (सहभागिता) मा नविल बैंकका कर्मचारीले राजनीतिमा भाग लिन तथा राजनीतिक पदमा नियुक्ति हुने निर्वाचनमा भाग लिन वा कसैका निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न हुँदैन भनेर प्रतिबन्ध लगाइएको छ ।  यही बुँदाको अन्तमा स्पष्टिकरण दिँदै  'राजनीतिक पद भन्नाले नेपाल सरकारबाट कुनै निकायमा गरिने मनोनयन तथा कुनै राजनीतिक पार्टीको सदस्यता ग्रहण गरेको बुझिन्छ ' भनिएको  छ । 

आफूसँग असहमत हुने तल्लो तहदेखि उच्च तहका कर्मचारीलाई भिआरएस (स्वैच्छिक सेवानिवृति योजना) सरिक हुन दबाब दिने  प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना नेपाल सरकारबाट राजनीतिक नियुक्ति गरेका विश्वरुप खड्कालाई बर्खास्त गर्नु पर्ने दबाब पर्न थालेको छ र 'राजनीतिक पद भन्नाले नेपाल सरकारबाट कुनै निकायमा गरिने मनोनयन तथा कुनै राजनीतिक पार्टीको सदस्यता ग्रहण गरेको बुझिन्छ भन्ने कुरालाई मान्ने हाे भने विश्वरुप  खड्का नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्रियाशिल सदस्य रहेकाे समेत तथ्य खुल्न आएको छ । 

 

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले राज्यको उच्च पद हत्याउन नियमको धज्जी उडाउँदै, नेता रिझाउँदै  गर्दा उनलाई  कानून लाग्ने कि नलाग्ने ? नविल बैंकको सञ्चालन समिति वा वा नेपाल राष्ट्र बैंक हेर्छ कि हेर्दैन ? 

 

यो पनि 

नविल बैंकबाट बेपता 'बैँक मेनेजर' स्वास्थ्य मन्त्रालयको काजमा 'जनस्वास्थ्य सल्लाहकार' फेला !