काभ्रेको डाँडापारीकी सरु गौतमले पाइन सर्वोत्कृष्ट गायिकाको अवार्ड

काभ्रेको डाँडापारीकी सरु गौतमले पाइन सर्वोत्कृष्ट गायिकाको अवार्ड

रिकेश बिश्वकर्मा(क्षितिज)  |  लोकरञ्जन  |  आश्विन ११, २०८०

काठमाडौँ ।'चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२३' मा सर्वोत्कृष्ट  गायिकाको अवार्ड गायिका सरु गौतमले प्राप्त गरेकी छिन् ।

चर्चित लोक तथा आधुनिक गायिका गौतमले बिहीवार काठमाडौमा सम्पन्न एक कार्यक्रम बिच अवार्ड प्राप्त गरेकी हुन् ।

चलचित्र दिलमायाको  भाग २  'छुट्छ्की साथ' भन्ने बोलको गीतबाट  गौतमले सर्वोत्कृष्ट चलचित्र गीत अवार्ड हाता पारेकी  हुन् ।

'नेपाल म्युजिक एन्ड फेसन अवार्ड टिम्रको आयोजनामा काठमाडौको कमल पोखरी स्थित रसियन हाउसमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो।  

गायिका गौतमको ‘छुट्छ्की साथ ’, ‘यो जुनिमा’, ‘फुल तिमी’  जस्ता चर्चित गीतहरु बजारमा उपलब्ध छन्।

काभ्रेको डाँडापारी स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली आधुनिक तथा लोक दोहोरी क्षेत्रका गीतहरु गाउन प्रख्यात छिन्।
गत हप्ता तीज विशेष कार्यक्रममा युएई पुगेकी गौतमले नेपाल फर्केकै दिन उक्त अवार्ड हाता पारेकी हुन्।